बहुचर्चित वाइड बडी भ्रष्टाचारकाण्डमा मुछिए कांग्रेस सभापति देउवा किन ?


नेपाल पाना प्रकाशित: २०७५-९-२९ गते
बहुचर्चित वाइड बडी भ्रष्टाचारकाण्डमा मुछिए कांग्रेस सभापति देउवा किन ?

काठमाण्डौ । पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा  मुछिएको छ । लेखा समितिले पूर्वमन्त्री जितेन्द्र देवको नाम लिदै कानुनसम्मत कारबाहीका लागि सिफारिस गरेपनि सो ठाँउमा तत्कालिन अवस्थामा देउवा पनि जिम्मेवार हुनुपर्ने कतिपयको तर्क रेहेको छ ।

देउवा प्रधानमन्त्री भएको चार दिनपछि २०७४ जेठ २९ गते वाइडबडी खरिदको रकम भुक्तानीका लागि सटही सिफारिसको निर्णय भएको थियो । त्यसैले जितेन्द्र नारायण देवलाई जिम्मेवार ठह¥याई ‘कानुनसम्मत कारबाही’ का लागि निर्णय भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संसदको सार्वजनिक लेखा समितिलाई २०७४ वैशाख २५ देखि चैत १ सम्म जितेन्द्रनारायण देव उड्डयनमन्त्री रहेको भन्ने जानकारी पठाएपछि उपसमितिले पुर्वमन्त्री देवलाई भ्रष्टाचारी भन्दै कारवाही सिफारिस गरेको हो । तर २०७४ जेठ २९ गते वाइडबडी खरिदको रकम भुक्तानी सटही सिफारिसको निर्णय पुर्वमन्त्री देवले नभई तत्कालिन प्रधानमन्त्री देउवाले नै गरेको खुलेको छ ।

देव तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामासँगै जेठ २३ देखि पदमा थिएनन् । दाहालले राजीनामा दिएपछि जेठ २४ मा देउवाको नेतृत्वमा सरकार गठन भयो । तत्काललाई केही मन्त्री राखेका देउवाले नागरिक उड्डयन मन्त्रालयको नेतृत्व पनि आफै गरे । देउवाकै नेतृत्वमा पाँच दिनपछि मन्त्रालयका सचिव शंकर अधिकारीले पहिलो किस्ता भुक्तानीका लागि नेपाल राष्ट्र बैंकमा सटही सुविधाको चिठी लेखेको थाहा भएको छ । दोस्रो पटक २०७४ साउन ११ गते मात्र आफु मन्त्री नियुक्त भएकोले वाईडबढी खरिदमा आफ्नो कुनै भूमिका नभएको पुर्वमन्त्री देवको भनाइ छ ।

लेखा समितिले आफुलाई दोषि देखाएको प्रतिवेदन संशोधन गरी तत्कालीन पर्यटनमन्त्रीका हैसियतले देउवामाथि समेत ‘कानुनसम्मत कारबाहीका लागि निर्देशन दिनुपर्ने जानकारहरु बताउछन् । तर पुर्वमन्त्री देव भने वाईडबडी खरिदको निर्णय सचिव स्तरको निर्णय भएको भन्दै यसमा प्रधानमन्त्री देउवालाई पनि जोड्न नहुने बताए ।

तत्कालिन समयमा मन्त्री हुदै नभएको व्यक्तिलाई दोषि देखाएकाले लेखा समितिमाथि पनि थुप्रै प्रश्न उठेका छन । यसअघि वाइडबडीबारे विस्तृत अध्ययन नगरी पत्रपत्रिकामा आएको समाचारलाई मात्रै अध्ययन गरेर प्रतिबेदन बनाएको आरोप लागेको थियो । गलत तथ्याङ् भेटिएपछि समितिको अध्ययन र नियतमा पनि आशंका उब्जिएको छ ।







‘आलोपालो प्रधानमन्त्रीको सहमति ईमानदारिताका साथ कार्यान्वयन हुनुपर्छ’
‘आलोपालो प्रधानमन्त्रीको सहमति ईमानदारिताका साथ कार्यान्वयन हुनुपर्छ’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले आलोपालो प्रधानमन्त्रीको सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।..

‘वर्तमान ओली सरकार आफैं ढल्ने सुचना मसँग छ’
‘वर्तमान ओली सरकार आफैं ढल्ने सुचना मसँग छ’

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेशसभा सदस्य मनिष सुमनले वर्तमान सरकार अरु कसैको कारणले नभई आफैं ढल्नेबारे आफूहरुसँग सुचना रहेको खुलासा गरेका छन् ।&nb..

अन्ततः गगनकै बाटोमा हिड्यो ओली सरकार, उपेन्द्रको महत्वपूर्ण भूमिका 
अन्ततः गगनकै बाटोमा हिड्यो ओली सरकार, उपेन्द्रको महत्वपूर्ण भूमिका 

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं लोकप्रिय युवा नेता गगन थापाको अग्रगामी बाटोलाई केपी शर्मा ओली नेतृत्वको ओली सरकारले पनि पछ्याएको छ।  गगनले स्वास्थ्यमन..

‘सरकारले कुनैपनि नयाँ काम गर्न सकेको छैन, सफल मान्न सकिदैन’
‘सरकारले कुनैपनि नयाँ काम गर्न सकेको छैन, सफल मान्न सकिदैन’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले सरकारले यो १७ महिनाको अवधिमा कुनैपनि नयाँ काम गर्न नसकेको आरोप लगाएका छन् ।  उनले भने,‘सरकारले ठ्याक्कै नया..