जनकपुर बम विस्फोटका नाइके सञ्जय टकलालाई जेलमुक्त गर्न उपेन्द्र यादवले ठेक्का लिए


टकलाको पुरै 'ग्याङ' फोरममा विलय
नेपालपाना प्रकाशित: २०७५-९-२९ गते
जनकपुर बम विस्फोटका नाइके सञ्जय टकलालाई जेलमुक्त गर्न उपेन्द्र यादवले ठेक्का लिए

काठमाडौँ । २०६८ बैशाख १८ गते जनकपुरमा ६ जनाको ज्यान जानेगरि गराइएको बम विस्फोट काण्डका मुख्य नाइके सञ्जय शाह 'टकला' लाई छुटाउने ठेक्का उपेन्द्र यादवले लिएका छन् । 

संघीय समाजवादी फोरमका अध्यक्ष एवं के.पी.ओली क्याबिनेटमा उपप्रधान/स्वास्थ्य मन्त्री रहेका यादवले टकलालाई जसरी पनि जेलमुक्त गर्ने आश्वासन  दिएपछि टकलाको तथाकिथत मधेश क्रान्ति फोरम समाजवादी फोरममा विलय समेत गराइएको छ ।

सामान्य ठेक्कापट्टाबाट एकाएक खतरानाक गुण्डा बनेका टकलाले दर्जनाैं नागरिकको हत्या, अपहरणलगायत आपराधिक कार्यमा रेकर्ड नै तोडेका थिए । 

पहिलो संविधानसभा चुनावमा टकलाले उपेन्द्रको फोरमबाटै टिकट लिइ चुनाव जितेका थिए । त्यसपछि विजयकुमार गच्छदारले फोरम फुटाउँदा उनी त्यतै लागेका थिए ।

राजेन्द्र महतोको सद्भावना पार्टीबाट दोस्रो संविधानसभा चुनाव जितेका टकला हत्या र भ्रष्टाचार अभियोगमा पक्राउ परेका थिए । त्यसपछि टकलाको धन्दा उनकै विश्वासपात्र नवीन यादवले सम्हाल्दै आएका छन् ।

प्रतिनीधिसभा निर्वाचनमा टकलाले राजपा नेपालबाट टिकटको अपेक्षा गरेका थिए । तर राजपाले टिकट नदिएपछि उनले विमलेन्द्र निधीलाई सघाएका थिए । राजेन्द्र महतोको बिरूद्धमा निधीलाई टकलाले सघाएपनि पराजित भएका थिए । 

टकलाको साथ पाएसँगै उपेन्द्र यादवले जनकपुरमा आपराधिक पृष्ठभूमी र त्यसले प्रभाव पार्ने भोटमा कब्जा जमाएको अनुमान गरिएको छ । धनुषामा उपेन्द्रको फोरमलाई सञ्जय टकलाले सघाउने र टकलालाई जेलमुक्त गर्न यादवले सक्दो कोशिस गर्ने भित्री सहमति भएको टकलानिटक व्यक्तिहरूले नेपालपानालाई जानकारी दिएका छन् । 


वार्तापूर्व नै शर्त, सरकार–विप्लव वार्ता हल्ला मात्रै !
वार्तापूर्व नै शर्त, सरकार–विप्लव वार्ता हल्ला मात्रै !

काठमाडौं । विप्लव नेतृत्वको प्रतिबन्धित नेकपासँग सरकारले वार्ताको प्रयास गरेको छ । पछिल्लो पटक विप्लव समुह र प्रहरीविचको मुठभेडमा प्रहरीकै मृत्यु भएको घटनापछि सरकार गंम्भिर बन..

साउनमै मन्त्रिमण्डल हेरफेर गर्ने तयारी, कस्लाई के जिम्मेवारी दिने ? अधिकांश मन्त्रिहरुको पद धरापमा !
साउनमै मन्त्रिमण्डल हेरफेर गर्ने तयारी, कस्लाई के जिम्मेवारी दिने ? अधिकांश मन्त्रिहरुको पद धरापमा !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीको महत्वपूर्ण विभागहरुमा भागवण्डाको सहमति बनाउँदै गर्दा मन..

लोकसेवाको विज्ञापन विरुद्ध माइतीघर मण्डलामा प्रदर्शन
लोकसेवाको विज्ञापन विरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं । लोकसेवाको विज्ञापन विरुद्ध आदिवासी जनजातिहरुले लोकसेवा विज्ञापन खारेज गर जस्ता नारा लगाउँदै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।  संविधानमा व्यवस्था भएको स..

कांग्रेसका सांसदहरुले संसदीय समितिको बैठक स्थगित गर्न गरे माग
कांग्रेसका सांसदहरुले संसदीय समितिको बैठक स्थगित गर्न गरे माग

काठमाडौं । संसदीय समितिको बैठक स्थगित गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले माग गरेका छन् । नेपाली कांग्रेसका प्रतिनिधिसभाका सांसदद्वय डा। डिला संग्रौला र द..