हुन्डी कारोबारमा संलग्न तीन जना विराटनगरबाट पक्राउ


नेपालपाना प्रकाशित: २०७५-९-३० गते
हुन्डी कारोबारमा संलग्न तीन जना विराटनगरबाट पक्राउ

विराटनगर । हुण्डी कारोवारमा संलग्न रहेको आरोपमा मोरङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । 

आस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष विराटनगर–७ का ३२ वर्षीय राजेश हेडा, विराटनगर–११ का २५ बर्षीय सुमित साह र विराटनगर–१२ का ४१ वर्षीय दीपककुमार कर्णलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

पक्राउ परेकाको साथबाट प्रहरीले ६९ लाख ५७ हजार ६ रूपैयाँ नगद बरामद गरेको छ । प्रहरीले विराटनगर–७ स्थित आस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबाट हुण्डीको कारोबार भइरहेको सूचना प्राप्त गरेको थियो । त्यसलगत्तै प्रहरीले हुन्डी कारोबार गर्नेमाथि अनुसन्धान अघि बढाएको थियो । 

पक्राउ परेका तीन जनालाइ थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाउन लागिएको छ ।







सुनको भाउ बढ्यो, कति छ आजको भाउ ?
सुनको भाउ बढ्यो, कति छ आजको भाउ ?

काठमाडौं । बुधबार तोलामा ६३ हजारमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार बढेर ६४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यस्तै तेजावी सुन..

कोरियन वनको भाउ बढ्यो, हेर्नुहोस आजका लागि तोकिएको विनिमयदर (तालिकासहित)
कोरियन वनको भाउ बढ्यो, हेर्नुहोस आजका लागि तोकिएको विनिमयदर (तालिकासहित)

काठमाडौं । आज बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ २० पैसा र बिक्रीदर १११ रुपैयाँ ८० पैसा तोकेको छ । हिजो डलरको खरिददर १११ रुपैयाँ २३ पैसा र..

रेमिट्यान्स २० प्रतिशतले बढ्यो
रेमिट्यान्स २० प्रतिशतले बढ्यो

काठमा‍डौं । वैदेशिक रोजगारीमा जाने क्रममा कमी देखिए पनि विप्रेषण आप्रवाह भने उल्लेख्य रुपमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष..

अधिकांश विदेशी मुद्राको भाउ घट्यो, हेर्नुहोस विनिमयदर
अधिकांश विदेशी मुद्राको भाउ घट्यो, हेर्नुहोस विनिमयदर

काठमाडौं । आज बुधबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ २३ पैसा र बिक्रीदर १११ रुपैयाँ ८३ पैसा तोकेको छ । हिजो डलरको खरिददर १११ रुपैयाँ ५५ पैसा र..