ओलीको राष्ट्रवादले चिनीमा कालोबजारी, अब किन्न नसक्ने गरी भाउ बढ्ने


नेपालपाना प्रकाशित: २०७५-९-३० गते
ओलीको राष्ट्रवादले चिनीमा कालोबजारी, अब किन्न नसक्ने गरी भाउ बढ्ने

काठमाडौँ । स्वदेशी उद्योग प्रर्बद्धन गर्न भन्दै दसैंको मुखमा चिनी आयात बन्द गराएको ओली सरकारले फेरि उद्योगीहरूलाइ मनमाैजी भाउ बढाउन दिन लागेको छ ।  कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

व्यवसायीले चिनीको मूल्य बढाउन फेरि चलखेल सुरु गरेका हुन् । उनीहरूले आफ्नो लागत प्रतिकिलो ७८ रुपैयाँ १० पैसा पर्ने भन्दै राष्ट्रिय योजना आयोग, अर्थ, उद्योग र कृषि मन्त्रालयमा विवरण बुझाइसकेका छन् । यही मूल्य कार्यान्वयन भए उपभोक्ताले किलोमा सय रुपैयाँ तिर्न बाध्य हुने जानकारहरू बताउँछन् ।

‘उद्योगीहरूले कारखाना मूल्य बढाएर ६० रुपैयाँ पुर्‍याएका छन् । थप बढाएर ७८ रुपैयाँ १० पैसा पुर्‍याउन सुझाव दिएका छन्,’ वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले भने, ‘वर्षभरिको घाटा पूर्ति गर्न खोजेको देखिन्छ ।’

आयातीत चिनीका कारण उद्योग र किसानलाई मर्का परेको दाबी गर्दै सरकारले वैशाखको पहिलो सातामा भन्सार बढाएको थियो ।


विप्लवका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक छलफल 
विप्लवका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक छलफल 

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक औपचारिक छलफल भएको छ ।  गत आइतबार भक्तपुर र काभ्रेको सीमानजिकको..

कार्य समयमै सम्पन्न नगर्ने कर्मचारीलाई कारबाही गरिने
कार्य समयमै सम्पन्न नगर्ने कर्मचारीलाई कारबाही गरिने

काठमाडौं । उद्यमी व्यवसायीको कार्य समयमै सम्पन्न नगर्ने राष्ट्रसेवक कर्मचारीलाई कारबाही गरिने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बताएका छन् ।  विद्..

श्रीमानसँग मिलेर पूर्वप्रेमीको हत्या, दम्पती पक्राउ
श्रीमानसँग मिलेर पूर्वप्रेमीको हत्या, दम्पती पक्राउ

कैलाली । चुरे गाउँपालिका–६ मड्डमा श्रीमान–श्रीमती मिलेर एक जनाको हत्या गरेको छ। गुल्मी घर भई हाल मजदुरी गर्दै आएका ३५ वर्षीय कमल कुँवरको हत्या गरी गाडेको अवस्था..

मन्त्रीहरूबीच मतभेद चुलिँदै, कतिपयको बोलचाल नै छैन
मन्त्रीहरूबीच मतभेद चुलिँदै, कतिपयको बोलचाल नै छैन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारका मन्त्रीहरु मतभेद बढ्दै गएको छ ।  सरकार गठन भएको डेढ बर्षको अवधिमा सरकारका मन्त्रीहरूबीच समन्वय हुन नसक्दा मतभेद चु..