सिभिल लघुवित्तले शेयरधनीलाई शतप्रतिशत हकप्रद दिने पक्कापक्की


नेपालपाना प्रकाशित: २०७५-९-३० गते
सिभिल लघुवित्तले शेयरधनीलाई शतप्रतिशत हकप्रद दिने पक्कापक्की

काठमाडाैं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई बोनस र हकप्रद जारी गरेपछि कायम हुने चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर दिने प्रस्ताव पारित गरेको छ । हिजो पुस २९ गते बसेको संस्थाको साताैं बार्षिक साधारणसभाले यस्तो प्रस्ताव पारित गरेको हो । 

साधारणसभाले शेयरधनीलाइ गत आर्थिक वर्षको नाफाबाट चुक्ता पूँजीको ४% बोनस शेयर र ३.८९४% नगद लाभांश एवं बोनस पश्चात कायम पूँजीको शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको हो ।

बोनस शेयर जारी पश्चात कायम हुने जारी तथा चुक्ता पूँजी ११ करोड ४१ लाख १४ हजारको १००% अर्थात १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले मर्जर तथा प्राप्ति सम्वन्धी कार्यको लागि सञ्चालक समितिअधिकार प्रत्यायोजन गर्ने विशेष प्रस्ताव पारित गर्नुको साथै संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने लगायतका प्रस्तावहरु समेत पारित गरेको छ ।







सुनको भाउ बढ्यो, कति छ आजको भाउ ?
सुनको भाउ बढ्यो, कति छ आजको भाउ ?

काठमाडौं । बुधबार तोलामा ६३ हजारमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार बढेर ६४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यस्तै तेजावी सुन..

कोरियन वनको भाउ बढ्यो, हेर्नुहोस आजका लागि तोकिएको विनिमयदर (तालिकासहित)
कोरियन वनको भाउ बढ्यो, हेर्नुहोस आजका लागि तोकिएको विनिमयदर (तालिकासहित)

काठमाडौं । आज बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ २० पैसा र बिक्रीदर १११ रुपैयाँ ८० पैसा तोकेको छ । हिजो डलरको खरिददर १११ रुपैयाँ २३ पैसा र..

रेमिट्यान्स २० प्रतिशतले बढ्यो
रेमिट्यान्स २० प्रतिशतले बढ्यो

काठमा‍डौं । वैदेशिक रोजगारीमा जाने क्रममा कमी देखिए पनि विप्रेषण आप्रवाह भने उल्लेख्य रुपमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष..

अधिकांश विदेशी मुद्राको भाउ घट्यो, हेर्नुहोस विनिमयदर
अधिकांश विदेशी मुद्राको भाउ घट्यो, हेर्नुहोस विनिमयदर

काठमाडौं । आज बुधबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ २३ पैसा र बिक्रीदर १११ रुपैयाँ ८३ पैसा तोकेको छ । हिजो डलरको खरिददर १११ रुपैयाँ ५५ पैसा र..