सुदुरपश्चिमका प्रदेश प्रमुख मल्ल बैंकको कालोसूचीमा, २८ बर्षअघि लिएको ऋण तिरेनन्


नेपालपाना प्रकाशित: २०७५-१०-१ गते
सुदुरपश्चिमका प्रदेश प्रमुख मल्ल बैंकको कालोसूचीमा, २८ बर्षअघि लिएको ऋण तिरेनन्

काठमाडौँ  । सुदूरपश्चिमका प्रदेश प्रमुख (गभर्नर) मोहनराज मल्ल २८ वर्षदेखि कालोसूचीका ऋणी भएको खुल्न आएको छ । मल्लले तीन दशकअघि लिएको ऋण नतिरेपछि २०४७ सालदेखि कालोसूचीमा राखिएको नेपाल बैंकले जनाएको छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

मल्ल, उनका भाइ मदनबहादुर लगायत मल्ल समूहले २०४१ र ०४२ सालमा नेपाल बैंकबाट ९८ लाख ५३ हजार रुपैयाँ ऋण लिएका थिए । ऋण लिएको तीन वर्षपछिबाट यो समूहले साँवाब्याज केही पनि भुक्तानी नगरेपछि २०४७ कात्तिक ३० देखि कालोसूचीमा राखिएको हो ।

यस आधारमा मल्ल प्रदेश प्रमुख हुन अयोग्य रहेको कानुनविद्हरूले प्रतिक्रिया दिए । तर उनी एक वर्षदेखि प्रदेश प्रमुखका रूपमा कार्य गरिरहेका छन् । संविधानको धारा १६४ मा प्रदेश प्रमुखको योग्यता स्पष्ट रूपमा उल्लेख भएको र सो व्यवस्थाअनुसार कालोसूचीमा रहेको व्यक्ति प्रदेश प्रमुख बन्न नपाउने संविधानविद् भीमार्जुन आचार्यले बताए ।







काम गर्नेभन्दा शक्ति देखाउने मेसो, सिंहदरबारमा भिडियो हेरेर प्रधानमन्त्रीले अनुगमन गर्ने
काम गर्नेभन्दा शक्ति देखाउने मेसो, सिंहदरबारमा भिडियो हेरेर प्रधानमन्त्रीले अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका प्राथमिकता प्राप्त एघार आयोजनाको अनगुमन सीधै आफूले गर्ने भएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सुरु भएको..

गोरेको सुन खाने पाँच न्यायाधीशमाथि कारबाही सिफारिस
गोरेको सुन खाने पाँच न्यायाधीशमाथि कारबाही सिफारिस

काठमाडौं । साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा पाँच न्यायाधीशमाथि कारबाही सिफारिस गरिएको छ । उक्त मुद्दामा न्यायिक विचलन भएको आशंकामा छानबिन ग..

नेपाली सेनाले बनाएको विस्फोटक पानीमुनि समेत परीक्षण
नेपाली सेनाले बनाएको विस्फोटक पानीमुनि समेत परीक्षण

काठमाडौं । जंगी अड्डाले सुनाचुरीबाट उत्पादन हुने विस्फोटक पदार्थको गुणस्तर मापन गरेको छ । केही निजी कम्पनी र ठेकेदारले हेटौंडाको सुनाचुरी उद्योगबाट उत्पादित विस्फोटक पदार्थ कम..

पेट्रोलियम पाईपलाईनमा पानी हालेर सफल परीक्षण, अब पाईपबाटै तेल आउने 
पेट्रोलियम पाईपलाईनमा पानी हालेर सफल परीक्षण, अब पाईपबाटै तेल आउने 

काठमाडौं । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकिएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) का प्राविधिकले मंगलबार पाइपमा पानी पठाएर गरे..