काठमाडाैंमा २१ हजार वटा सिसिटीभी जडान गरिँदै


नेपालपाना प्रकाशित: २०७५-१०-१ गते
काठमाडाैंमा २१ हजार वटा सिसिटीभी जडान गरिँदै

काठमाडौं । काठमाडौंं उपत्यकालाई सुरक्षित बनाउन महानगरीय प्रहरी कार्यालय रानीपोखरीले २१ हजार सिसी टिभी क्यामेरा जडान गर्ने कार्य अगाडि बढाएको छ । समाजमा हुने अपराध नियन्त्रण गर्न र हुन सक्ने सम्भावित अपराधलाई रोक्नकालागि ठूलो संख्यामा सिसी टिभी क्यामेरा जडान गर्ने भएको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपाखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापाले उपत्यकालाई प्रविधिको प्रयोग मार्फत अपराधिक क्रियाकलाप नियन्यत्रण गर्न सिसी टिभी क्यामेरा जडान गर्ने कामलाई अगाडि बढाइएको बताए ।

उनका  अनुसार उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा २१ हजार ४ सय ४१ वटा सिसी क्यामेरा आवश्यक रहेको र ती क्षेत्रमा सीसीटिभी जडान गर्ने काम अघि बढेको छ ।

डिआईजी थापाले भने–समाजलाई सुरक्षित बनाउन प्रहरी रातदिन खटिएका छन । प्रहरीले आधुनिक प्रविधिको प्रयोग मार्फत अपराध नियन्त्रण गर्न सक्छ, उपत्यकाभित्र हाल भइरहेको सिसी क्यामेराको संख्या बढाएर २१ हजार पु-याइने छ ।’

प्राथमिकतताको आधारमा क्रमश सिसी क्यामेरा थप्दै जाने बताउदै उनले समुदाय–प्रहरी साझेदारी कार्यक्रमले पनि सिसी क्यामेरा जडान गर्न सहज हुने दावी गरे ।







काम गर्नेभन्दा शक्ति देखाउने मेसो, सिंहदरबारमा भिडियो हेरेर प्रधानमन्त्रीले अनुगमन गर्ने
काम गर्नेभन्दा शक्ति देखाउने मेसो, सिंहदरबारमा भिडियो हेरेर प्रधानमन्त्रीले अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका प्राथमिकता प्राप्त एघार आयोजनाको अनगुमन सीधै आफूले गर्ने भएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सुरु भएको..

गोरेको सुन खाने पाँच न्यायाधीशमाथि कारबाही सिफारिस
गोरेको सुन खाने पाँच न्यायाधीशमाथि कारबाही सिफारिस

काठमाडौं । साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा पाँच न्यायाधीशमाथि कारबाही सिफारिस गरिएको छ । उक्त मुद्दामा न्यायिक विचलन भएको आशंकामा छानबिन ग..

नेपाली सेनाले बनाएको विस्फोटक पानीमुनि समेत परीक्षण
नेपाली सेनाले बनाएको विस्फोटक पानीमुनि समेत परीक्षण

काठमाडौं । जंगी अड्डाले सुनाचुरीबाट उत्पादन हुने विस्फोटक पदार्थको गुणस्तर मापन गरेको छ । केही निजी कम्पनी र ठेकेदारले हेटौंडाको सुनाचुरी उद्योगबाट उत्पादित विस्फोटक पदार्थ कम..

पेट्रोलियम पाईपलाईनमा पानी हालेर सफल परीक्षण, अब पाईपबाटै तेल आउने 
पेट्रोलियम पाईपलाईनमा पानी हालेर सफल परीक्षण, अब पाईपबाटै तेल आउने 

काठमाडौं । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकिएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) का प्राविधिकले मंगलबार पाइपमा पानी पठाएर गरे..