त्रिवि विद्यार्थी भर्नामा अनियमितता, मेरिटकै विद्यार्थीले पढ्न पाएनन्


नेपालपाना प्रकाशित: २०७५-१०-१ गते
त्रिवि विद्यार्थी भर्नामा अनियमितता, मेरिटकै विद्यार्थीले पढ्न पाएनन्

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको बीएससी इन एग्रिकल्चर (बीएससी एजी) भर्ना प्रक्रियामा व्यापक अनियमितता भएको छ । त्रिविले मेरिट लिस्टको रोलक्रम मिच्दै पछाडि रोलक्रम रहेका विद्यार्थीलाई भर्ना लिएपछि अनियमितता देखिएको हो ।

५५७ नम्बर रोलक्रमका विद्यार्थीले भर्ना पाउँदा १९९ मेरिट लिस्टमा नाम निस्किएका विद्यार्थी भरत अधिकारी भर्ना हुन पाएनन् । अधिकारीले भने, ‘न्यायसंगत आधारमा भर्ना गरिएको छैन । अब मेरो भविष्य के हुने रु यसको जवाफ कसले दिन्छ रु’ राजधानी दैनिकमा खबर छापिएको छ ।

अधिकारीको नाम दुर्गमबाट एक नम्बरमा निस्किएको छ । महोत्तरीका अजितप्रसाद यादवले मधेसी कोटामा आफू दुई नम्बरमा पर्दा पनि भर्ना हुन नपाएको गुनासो गरे । उनले भने, ‘आइतबार म शैक्षिक प्रमाणपत्र लगेर कार्यालय पुगेको थिएँ । तर, मलाई त्यत्तिकै फिर्ता गरियो ।’

मेरिट लिस्टमा यादवको नाम १६२ नम्बरमा भए पनि ३० पुसमा ५५८ नम्बरपछिका आरक्षण कोटाका लागि रोलक्रमका आधारमा भर्ना प्रक्रिया अघि बढाएको थियो । मेरिट लिस्टका आधारमा १०६ देखि ५५५ रोलक्रममा परेका विद्यार्थी भर्ना हुनबाट प्रभावित भएको देखिएको छ ।

मुस्लिम कोटामा एक नम्बरमा नाम निस्केका बाराका खुर्सिद अहमदले पनि त्रिविले खेल रचेर आफूलाई भर्ना हुन वञ्चित गराएको बताए । २९ पुससम्म मेरिट लिस्टमा परेका विद्याथी भर्ना भइसक्नुपर्ने समयावधि तोकिएको थियो । अपारदर्शी तवरले मेरिट लिस्टमा ५५७ नम्बरसम्ममा रहेकालाई भर्ना गरिएको विद्यार्थीको आरोप छ ।







काम गर्नेभन्दा शक्ति देखाउने मेसो, सिंहदरबारमा भिडियो हेरेर प्रधानमन्त्रीले अनुगमन गर्ने
काम गर्नेभन्दा शक्ति देखाउने मेसो, सिंहदरबारमा भिडियो हेरेर प्रधानमन्त्रीले अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका प्राथमिकता प्राप्त एघार आयोजनाको अनगुमन सीधै आफूले गर्ने भएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सुरु भएको..

गोरेको सुन खाने पाँच न्यायाधीशमाथि कारबाही सिफारिस
गोरेको सुन खाने पाँच न्यायाधीशमाथि कारबाही सिफारिस

काठमाडौं । साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा पाँच न्यायाधीशमाथि कारबाही सिफारिस गरिएको छ । उक्त मुद्दामा न्यायिक विचलन भएको आशंकामा छानबिन ग..

नेपाली सेनाले बनाएको विस्फोटक पानीमुनि समेत परीक्षण
नेपाली सेनाले बनाएको विस्फोटक पानीमुनि समेत परीक्षण

काठमाडौं । जंगी अड्डाले सुनाचुरीबाट उत्पादन हुने विस्फोटक पदार्थको गुणस्तर मापन गरेको छ । केही निजी कम्पनी र ठेकेदारले हेटौंडाको सुनाचुरी उद्योगबाट उत्पादित विस्फोटक पदार्थ कम..

पेट्रोलियम पाईपलाईनमा पानी हालेर सफल परीक्षण, अब पाईपबाटै तेल आउने 
पेट्रोलियम पाईपलाईनमा पानी हालेर सफल परीक्षण, अब पाईपबाटै तेल आउने 

काठमाडौं । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकिएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) का प्राविधिकले मंगलबार पाइपमा पानी पठाएर गरे..