शिंहदरबारमा थन्किएका गाडी अब प्रदेश र स्थानीयतहलाई


नेपालपाना प्रकाशित: २०७५-१०-१ गते
शिंहदरबारमा थन्किएका गाडी अब प्रदेश र स्थानीयतहलाई

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सिंहदरबारभित्र लामो समयदेखि थन्किएका करिब २ सय गाडीको उपयोग गर्ने भएको छ । ती गाडीलाई प्रदेश, स्थानीय तह तथा सीसीभीटीलगायतका निकायमा पठाइने गृहकार्य अघि बढाइएको हो । राजधानी दैनिकमा खबर छ ।

प्रधानमन्त्री कार्यालयले अब सिंहदरबारभित्र पुराना गाडी डम्प गरेर राख्न निषेध गरेको छ । मर्मत गरेर प्रयोग गर्न मिल्नेलाई प्रयोग गर्ने र नमिल्नेलाई तत्काल लिलाम गर्नसमेत प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयलाई निर्देशन दिएको छ ।

यस्तै प्रावधान देशभरका सरकारी निकायमा समेत लागू गरिने भएको छ । प्रधानमन्त्री कार्यालयले विभिन्न मन्त्रालयमा डम्प गरेर राखिएका र मर्मत गर्न नमिल्ने गाडीलाई क्रेन लगाएर हटाउने अभियानसमेत थालेको छ ।

डम्प गरेर महिनौंसम्म गाडी राख्ने निकायलाई कारबाहीसमेत गरिने भएको छ । सिंहदरबारभित्र विभिन्न मन्त्रालय र निकायमा अर्बौं मूल्यका झन्डै २५० गाडी लामो समयदेखि उपयोगविहीन अवस्थामा राखिँदै आएका छन् । कतिपय मर्मत गरेर चालू अवस्थामा आउन सक्ने खालका छन् भने कतिपय गाडी कवाडीमा बिक्री गर्नुपर्ने अवस्थाका छन् ।

मर्मत गरेर चलाउन सकिने झन्डै २ सय वटा गाडीको व्यवस्थापन गर्न थालिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिए । कुँवरका अनुसार चालू अवस्थामा आउन सक्ने गाडीहरू छनोट गरी प्रदेश, स्थानीय तह तथा अन्य सरकारी निकायमा पठाउने क्रम थालिएको छ ।







काम गर्नेभन्दा शक्ति देखाउने मेसो, सिंहदरबारमा भिडियो हेरेर प्रधानमन्त्रीले अनुगमन गर्ने
काम गर्नेभन्दा शक्ति देखाउने मेसो, सिंहदरबारमा भिडियो हेरेर प्रधानमन्त्रीले अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका प्राथमिकता प्राप्त एघार आयोजनाको अनगुमन सीधै आफूले गर्ने भएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सुरु भएको..

गोरेको सुन खाने पाँच न्यायाधीशमाथि कारबाही सिफारिस
गोरेको सुन खाने पाँच न्यायाधीशमाथि कारबाही सिफारिस

काठमाडौं । साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा पाँच न्यायाधीशमाथि कारबाही सिफारिस गरिएको छ । उक्त मुद्दामा न्यायिक विचलन भएको आशंकामा छानबिन ग..

नेपाली सेनाले बनाएको विस्फोटक पानीमुनि समेत परीक्षण
नेपाली सेनाले बनाएको विस्फोटक पानीमुनि समेत परीक्षण

काठमाडौं । जंगी अड्डाले सुनाचुरीबाट उत्पादन हुने विस्फोटक पदार्थको गुणस्तर मापन गरेको छ । केही निजी कम्पनी र ठेकेदारले हेटौंडाको सुनाचुरी उद्योगबाट उत्पादित विस्फोटक पदार्थ कम..

पेट्रोलियम पाईपलाईनमा पानी हालेर सफल परीक्षण, अब पाईपबाटै तेल आउने 
पेट्रोलियम पाईपलाईनमा पानी हालेर सफल परीक्षण, अब पाईपबाटै तेल आउने 

काठमाडौं । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकिएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) का प्राविधिकले मंगलबार पाइपमा पानी पठाएर गरे..