'वैध' उपराष्ट्रपति पुनले गरे 'अवैध' भवनको शिलान्यास


नेपालपाना प्रकाशित: २०७५-१०-३ गते
'वैध' उपराष्ट्रपति पुनले गरे 'अवैध' भवनको शिलान्यास

कास्की । मापदण्डविपरीत पोखरामा बनेको भवनमा सुरु भएको होटेलको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन् । महानगरपालिकाको मापदण्डविपरीत पोखरा–१० बुद्धचोकमा बनेको सो भवनमा सञ्चालित होटेल टास्क इन्टरनेसनलको उपराष्ट्रपतिले बुधबार उद्घाटन गरेका हुन् ।

साढे तीनतले भवन निर्माणका लागि पोखरा महानगरपालिकाबाट अनुमति लिए पनि घरधनी मीन गुरुङले १० तलाको बनाएका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ । 

सो अवसरमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ पनि सहभागी थिए । भवन उद्घाटनमा सहभागी हुन मेयर मानबहादुर जिसीसहित पदाधिकारीलाई निमन्त्रणा गरिए पनि मापदण्डविपरीबनेको संरचनामा सञ्चालित होटेल भन्दै महानगरको तर्फबाट कोही पनि उपस्थित भएनन् ।  


हिटर बालेर सुतेकाहरू उठेनन्
हिटर बालेर सुतेकाहरू उठेनन्

काठमाडौँ । नेपाल घुम्न भारतको केरलाबाट आएको १५ जनाको टोली पोखराबाट हेटौंडा हुँदै रिजर्भ गाडी लिएर सोमबार दामन सिमभन्ज्याङ आइपुगेको थियो ।  मकवानपुरको थाहा नपा–४..

एकीकृत नमुना बस्ती त ठडियो तर पुनर्निर्माणले पूर्णता पाएन
एकीकृत नमुना बस्ती त ठडियो तर पुनर्निर्माणले पूर्णता पाएन

काठमाडौँ । धार्चे गाउँपालिका–४ लाप्राकस्थित गुप्सीपाखामा एकीकृत नमुना बस्ती त ठडियो तर पुनर्निर्माणले पूर्णता पाएको छैन । शौचालय र तलामा काठ छाप्ने काम बाँकी नै छ । दुई..

बाह्रविसे बजार तीन दिनदेखि अशान्त
बाह्रविसे बजार तीन दिनदेखि अशान्त

सिन्धुपाल्चोक । राजमार्गको क्षेत्र मिचेर बनाइएका घर, टहरालगायत अस्थायी संरचना भत्काएको विषयमा व्यापारिक केन्द्र बाह्रविसे बजार तीन दिनदेखि अशान्त छ। शान्ति भड्किन नदिँन स्थानी..

मूल्यवृद्धि नियन्त्रणबाहिर, महँगिएको तथ्य सार्वजनिक 
मूल्यवृद्धि नियन्त्रणबाहिर, महँगिएको तथ्य सार्वजनिक 

काठमाडौं । भारतमा चर्किएको मूल्यवृद्धिले नेपाली उपभोक्ताको भान्सा महँगिएको तथ्य राष्ट्र बैंकले सार्वजनिक गरेको छ।  गएको मंसिरमा नेपाली बजारमा तरकारीको भाउ औसत ४२ प्रति..