हात मिलाउनेहरू होसियार ! नमस्कार गरे ज्यान जोगिन्छ


नेपालपाना प्रकाशित: २०७५-१०-३ गते
हात मिलाउनेहरू होसियार ! नमस्कार गरे ज्यान जोगिन्छ

काठमाडौँ । खोकी लागिरहेको छ ? ३८ डीग्री सेल्सियसभन्दा बढी ज्वरोका साथै घाँटी पनि दुखेका व्यक्ति भेटिए अलि टाढै रहनुस् । चिकित्सकहरुको सुझाव छ – ‘भरसक हात नमिलाउनुस् । नमस्कार गर्नुहोस् ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

श्वासप्रश्वास प्रणालीमा भाइरसबाट लाग्ने संक्रामक रोग (मौसमी रुघाखोकी) का बिरामी अस्पतालमा आउने क्रम बढेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गत मंसीरदेखि पुस २६ सम्म ३ सय ३४ जना बिरामीको घाँटीको -याल परीक्षण गर्दा १ सय ६८ जनामा एन्फ्लुएन्जा पाइएको थियो ।

खोक्दा वा हाच्छिउँ गर्दा यो रुघाखोकी एक व्यक्तिबाट अर्कोमा सर्न सक्छ । सुरुमा सामान्य रुघाखोकी जस्तो देखिएपनि रोग प्रतिरोधात्मक क्षमता बढी भएका आफैं निको हुने चिकित्सक बताउँछन् ।

प्रतिरोधात्मक क्षमता न्यून भएका बालबालिका र ज्येष्ठ नागरिकमा भने जटिलता देखिन सक्छ । जोखिम बढी भएका व्यक्तिको मृत्यु हुने सम्भावना पनि बढी हुन्छ । 


हिटर बालेर सुतेकाहरू उठेनन्
हिटर बालेर सुतेकाहरू उठेनन्

काठमाडौँ । नेपाल घुम्न भारतको केरलाबाट आएको १५ जनाको टोली पोखराबाट हेटौंडा हुँदै रिजर्भ गाडी लिएर सोमबार दामन सिमभन्ज्याङ आइपुगेको थियो ।  मकवानपुरको थाहा नपा–४..

एकीकृत नमुना बस्ती त ठडियो तर पुनर्निर्माणले पूर्णता पाएन
एकीकृत नमुना बस्ती त ठडियो तर पुनर्निर्माणले पूर्णता पाएन

काठमाडौँ । धार्चे गाउँपालिका–४ लाप्राकस्थित गुप्सीपाखामा एकीकृत नमुना बस्ती त ठडियो तर पुनर्निर्माणले पूर्णता पाएको छैन । शौचालय र तलामा काठ छाप्ने काम बाँकी नै छ । दुई..

बाह्रविसे बजार तीन दिनदेखि अशान्त
बाह्रविसे बजार तीन दिनदेखि अशान्त

सिन्धुपाल्चोक । राजमार्गको क्षेत्र मिचेर बनाइएका घर, टहरालगायत अस्थायी संरचना भत्काएको विषयमा व्यापारिक केन्द्र बाह्रविसे बजार तीन दिनदेखि अशान्त छ। शान्ति भड्किन नदिँन स्थानी..

मूल्यवृद्धि नियन्त्रणबाहिर, महँगिएको तथ्य सार्वजनिक 
मूल्यवृद्धि नियन्त्रणबाहिर, महँगिएको तथ्य सार्वजनिक 

काठमाडौं । भारतमा चर्किएको मूल्यवृद्धिले नेपाली उपभोक्ताको भान्सा महँगिएको तथ्य राष्ट्र बैंकले सार्वजनिक गरेको छ।  गएको मंसिरमा नेपाली बजारमा तरकारीको भाउ औसत ४२ प्रति..