केसीलाई आइसियुमा राख्न विशेषज्ञको सुझाव


नेपालपाना प्रकाशित: २०७५-१०-३ गते
केसीलाई आइसियुमा राख्न विशेषज्ञको सुझाव

इलाम । विगत आठ दिनदेखि सत्याग्रहमा रहेका डा। गोविन्द केसीलाई आइसियु (इन्टेन्सिभ केयर युनिट) मा राख्न विशेषज्ञ टोलीले सुझाव दिएको छ। नागरिक दैनिकमा खबर छापिएको छ ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आएको विशेषज्ञ टोलीले बुधबार अपराह्न ३ः५० बजे इलाम अस्पतालमा डा। केसीको स्वास्थ्य परीक्षण गरेको थियो।

उनको स्वास्थ्य अवस्था अत्यन्त जटिल देखिएकाले आइसियुमा राख्न टोलीले सुझाव दिएको हो। डा। केसीको शरीरमा अक्सिजनको मात्रा ८० प्रतिशतसम्म कम हुँदै गएको, श्वासप्रश्वासमा समस्या रहेको र मुटुको चाल ३५ देखि दुई सयसम्म पुगेको टोली प्रमुख तथा प्रतिष्ठानका सहनिर्देशक डा। विकास साहले जानकारी दिए।

‘डा। केसीको शरीरमा ग्लुकोजको मात्रा पटकपटक कम भएर ५० भन्दा तल पुगेको छ,’ उनले भने, ‘तर डा।केसीले ग्लुकोज लिन अस्वीकार गर्नुभएको छ।’ डा। केसीलाई जुनसुकै बेला जे पनि हुनसक्ने भएकाले तत्काल आइसियु भएको सुविधासम्पन्न अस्पतालमा लैजानु आवश्यक देखिएको उनले बताए ।


हिटर बालेर सुतेकाहरू उठेनन्
हिटर बालेर सुतेकाहरू उठेनन्

काठमाडौँ । नेपाल घुम्न भारतको केरलाबाट आएको १५ जनाको टोली पोखराबाट हेटौंडा हुँदै रिजर्भ गाडी लिएर सोमबार दामन सिमभन्ज्याङ आइपुगेको थियो ।  मकवानपुरको थाहा नपा–४..

एकीकृत नमुना बस्ती त ठडियो तर पुनर्निर्माणले पूर्णता पाएन
एकीकृत नमुना बस्ती त ठडियो तर पुनर्निर्माणले पूर्णता पाएन

काठमाडौँ । धार्चे गाउँपालिका–४ लाप्राकस्थित गुप्सीपाखामा एकीकृत नमुना बस्ती त ठडियो तर पुनर्निर्माणले पूर्णता पाएको छैन । शौचालय र तलामा काठ छाप्ने काम बाँकी नै छ । दुई..

बाह्रविसे बजार तीन दिनदेखि अशान्त
बाह्रविसे बजार तीन दिनदेखि अशान्त

सिन्धुपाल्चोक । राजमार्गको क्षेत्र मिचेर बनाइएका घर, टहरालगायत अस्थायी संरचना भत्काएको विषयमा व्यापारिक केन्द्र बाह्रविसे बजार तीन दिनदेखि अशान्त छ। शान्ति भड्किन नदिँन स्थानी..

मूल्यवृद्धि नियन्त्रणबाहिर, महँगिएको तथ्य सार्वजनिक 
मूल्यवृद्धि नियन्त्रणबाहिर, महँगिएको तथ्य सार्वजनिक 

काठमाडौं । भारतमा चर्किएको मूल्यवृद्धिले नेपाली उपभोक्ताको भान्सा महँगिएको तथ्य राष्ट्र बैंकले सार्वजनिक गरेको छ।  गएको मंसिरमा नेपाली बजारमा तरकारीको भाउ औसत ४२ प्रति..