लोग्नेलाई सँगै सुत्न नदिने श्रीमतीलाई ६ वर्ष जेल !


नेपाल पाना प्रकाशित: २०७५-१०-३ गते
लोग्नेलाई सँगै सुत्न नदिने श्रीमतीलाई ६ वर्ष जेल !

इटली । युरोपेली मुलुक इटलीमा अनैठो घटना भएको छ । आफूलाई खाना पकाएर नखुवाएको र घरधन्दा पनि राम्रोसँग नगरेको भन्दै एक जना पुरुषले आफ्नी श्रीमती विरुद्ध अदालतमा मुद्दा हालेका छन् । 

मध्य दक्षिण इटालीको लाजियोमा बस्ने एक महिलामाथि आफ्नै लोग्नेले घरपरिवारलाई बेवास्ता गरेको आरोपमा मुद्दा हालेका हुन् । उनले आफ्नी श्रीमती विरुद्ध दिएको उजुरीमा श्रीमतीले घर सफा नगरेर परिवारलाई अपहेलना गरेको तथा परिवारप्रति श्रीमतीको दुव्र्यवहार पछिल्लो दुई वर्षसम्म जारी रहेको उल्लेख छ ।

साथै ती ४७ वर्षका पुरुषले आफ्नी श्रीमतीकै त्यस्तो व्यवहारका कारण आफू निकै फोहोर अवस्थामा बस्न बाध्य भएको गुनासो गरेका छन् । आफूले पकाउनका लागि विभिन्न खानेकुरा किनेर ल्याउने गरे पनि श्रीमतीले नपकाउने र कुहाएर टोकरीमा फ्याँक्ने गरेको उनको आरोप छ ।

उनको अर्को आरोप झनै गम्भीर छ । आफू श्रीमतीसँग एउटै ओछ्यानमा सुत्न नपाएको र सँगै सुत्न खोज्दा लात्ताले हिर्काएर घचेटेको उनको गुनासो छ । यदि वादीको दाबी पुगेमा ती महिलालाई ६ वर्षसम्मको जेल सजायँ हुनसक्ने कानुनी व्यवस्था रहेको छ ।







बेलायती ट्यांकरसहित समातिएका नागरिक रिहा गर्न इरानलाई भारतको आग्रह  
बेलायती ट्यांकरसहित समातिएका नागरिक रिहा गर्न इरानलाई भारतको आग्रह  

नयाँ दिल्ली । बेलायती ट्याङ्करसँगै नियन्त्रणमा लिइएका भारतीय नागरिकलाई रिहा गर्न नयाँ दिल्लीले इरानसँग आग्रह गरेको छ। इरानी सामुद्रिक गार्डले बेलायती ध्वजाबाहक ट्याङ्करलाई..

ईरानले बेलायती तेल ट्यांकर कब्जा ग-यो, खाडी क्षेत्र थप तनावग्रस्त !
ईरानले बेलायती तेल ट्यांकर कब्जा ग-यो, खाडी क्षेत्र थप तनावग्रस्त !

काठमाडौं । ईरानी रिभोल्युसनरी गार्डले होरमुजको खाडीबाट स्टेना इम्पेरो नामक बेलायती तेल ट्यांकर कब्जामा लिएको छ ।  ईरानले तत्काल आफ्नो तेल ट्यांकर नछोडेमा उसले गम्भीर न..

अमेरिका जाँदै हुनुहुन्छ ? बेरोजगारी दर बढ्यो
अमेरिका जाँदै हुनुहुन्छ ? बेरोजगारी दर बढ्यो

वासिङ्टन । संयुक्तराज्य अमेरिकामा गत साताको बेरोजगारी दरमा सामान्य वृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ। जुलाई १३ मा बेरोजगार भत्ताका लागि दाबी गर्ने अमेरिकीहरूको संख्..

जब बाढीले बगाएकी बाघिनी मानिसको ओछ्यानमा आएर सुतिन्...
जब बाढीले बगाएकी बाघिनी मानिसको ओछ्यानमा आएर सुतिन्...

एजेन्सी । भारत आसामको काजीरंगा राष्ट्रिय पार्कमा आएको बाढीले बगाएकी एक बाघिनीले स्थानीय मानिसको घरमा शरण लिएको खबर चर्चित बनेको छ ।  भारतको बन्यजन्तु कोषका अनुसार यी ब..