राजधानीको होटलमा आत्मघाती बम विष्फोट १४ जनाको मृत्यु


नेपाल पाना प्रकाशित: २०७५-१०-३ गते
राजधानीको होटलमा आत्मघाती बम विष्फोट १४ जनाको मृत्यु

केन्या । केन्याको राजधानी नैरोबीस्थित एक होटल परिसरमा आत्मघाती बम आक्रमण र गोली हानाहानमा १४ जनाको मृत्यु भएको छ । एक सय एक कोठा, रेस्टुरन्ट, कार्यालय भवन र स्वास्थ्य केन्द्रसमेत रहेको होटल परिसरमा मंगलबार अपराह्न आतंककारी संगठन अल–शबाबले आक्रमण गरको हो ।

उक्त समूहले होटललाई २० घण्टासम्म कब्जामा लिएका थिए । विस्फोटक पदार्थ बोकेका एक आत्मघाती आक्रमणकारी होटलमा छिरेपछि बन्दुकधारीले गोली प्रहार गर्न सुरु गरेका थिए । राष्ट्रपति उहुरु केन्याताले दुसित कम्प्लेक्स ९होटल भवन० को सुरक्षा कारबाही सफल भएको र त्यहाँ फसेका करिब ७ सय व्यक्तिलाई उद्धार गरिएको जानकारी दिए ।

राष्ट्रपतिले जानकारी दिने क्रममा गोली प्रहार र विस्फोटका आवाज सुनिएका थिए । उक्त घटनामा मारिने एक अमेरिकी र एक बेलायतीको पहिचान भएको छ । होटलमा फसेका केही व्यक्ति स्थानीय समयअनुसार बिहान साढे ३ बजे बिहान भाग्न सफल भएको जनाइएको छ । 


मेक्सिकोमा सुरक्षाकर्मीमाथि हमला हुदाँ १५ जनाको मृत्यु
मेक्सिकोमा सुरक्षाकर्मीमाथि हमला हुदाँ १५ जनाको मृत्यु

एजेन्सी । दक्षिणी मेक्सिकोमा सुरक्षाकर्मीमाथि हमला हुदाँ १५ जनाको मृत्यु भएको छ ।  मङ्गलबार मेक्सिको सेना र अज्ञात हतियारधारीबीच भएको गोली हानाहानमा परी कम्तीमा पनि १५..

कालोसूचीबारेको फैसलाअघि नै एक्लियो पाकिस्तान, कालोसूचीमा पर्ने जोखिम बढ्यो
कालोसूचीबारेको फैसलाअघि नै एक्लियो पाकिस्तान, कालोसूचीमा पर्ने जोखिम बढ्यो

काठमाडौं । आतंकवादमा भईरहेको लगानी अन्त्य गर्न भन्दै फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले दिएको निर्देशन कार्यान्वयन गर्न समस्या भोगिरहेको पाकिस्तान फेरि संकटमा फसेको छ..

‘हागिबिस’ आँधीका कारण जापानमा हालसम्म ३५ जनाको मृत्यु
‘हागिबिस’ आँधीका कारण जापानमा हालसम्म ३५ जनाको मृत्यु

टोकियो । जापानको राजधानी टोकियोलगायतका स्थानमा आएको ‘हागिबिस’ नामक तुफानका कारण ज्यान गुमाउनेको सख्या ३५ पुगेको जापानी सञ्चारमाध्यले जनाएको छ । आँधीपछि करिब २० जना..

सिरियामा अमेरिकाको विश्वासघात, आईएस लखेट्ने कुर्दिस लडाकु सिध्याउन टर्कीको प्रयोग
सिरियामा अमेरिकाको विश्वासघात, आईएस लखेट्ने कुर्दिस लडाकु सिध्याउन टर्कीको प्रयोग

काठमाडौं । रुससँगको शीतयुद्धपछि आतंकवाद नियन्त्रणका नाममा विश्वभर युद्ध थोपर्दै आएको अमेरिकाले पछिल्लो पटक सिरियामा असली अनुहार देखाएको छ ।  अमेरिकी अतिक्रमणकै कारण इर..