कोलम्बियाको राजधानी बोगोटा रक्ताम्य, ९ जना मारिए, ३८ जना घाइते


नेपालपाना प्रकाशित: २०७५-१०-४ गते
कोलम्बियाको राजधानी बोगोटा रक्ताम्य, ९ जना मारिए, ३८ जना घाइते

एजेन्सी । कोलम्बियाको राजधानी बोगोटा शहरको दक्षिणी भागमा कार बम विस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् ।

बोगोटा शहरको दक्षिणी भागमा एक पुलिस क्याडेट स्कूलको बाहिर उक्त विस्फोट भएको हो । त्यहाँको रक्षा मन्त्रालयले विदेशी नागरिकहरू पनि पछिल्लो विस्फोटमा परेको जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार एक कार स्कूल बाहिर तिब्र गतिमा आएको थियो । चेकप्वाइन्टमा रहेका सुरक्षाकर्मीले त्यस कारलाई रोक्ने कोसिस गरेका थिए ।

तर, ड्राइभरले कारको गति झन तिब्र गतिमा बढायो जसका कारण कार पर्खालमा ठोक्कियो । कार ठोक्किने बित्तिकै ठूलो आवाजमा विस्फोट भयो । 

दुर्घटनामा कार ड्राइभरको मृत्यु भएको आशंका गरिएको छ । कोलम्बियाका राष्ट्रपति इवान ड्युकले उक्त हमलालाई गम्भीर भएको बताएका छन् । 







बेलायती ट्यांकरसहित समातिएका नागरिक रिहा गर्न इरानलाई भारतको आग्रह  
बेलायती ट्यांकरसहित समातिएका नागरिक रिहा गर्न इरानलाई भारतको आग्रह  

नयाँ दिल्ली । बेलायती ट्याङ्करसँगै नियन्त्रणमा लिइएका भारतीय नागरिकलाई रिहा गर्न नयाँ दिल्लीले इरानसँग आग्रह गरेको छ। इरानी सामुद्रिक गार्डले बेलायती ध्वजाबाहक ट्याङ्करलाई..

ईरानले बेलायती तेल ट्यांकर कब्जा ग-यो, खाडी क्षेत्र थप तनावग्रस्त !
ईरानले बेलायती तेल ट्यांकर कब्जा ग-यो, खाडी क्षेत्र थप तनावग्रस्त !

काठमाडौं । ईरानी रिभोल्युसनरी गार्डले होरमुजको खाडीबाट स्टेना इम्पेरो नामक बेलायती तेल ट्यांकर कब्जामा लिएको छ ।  ईरानले तत्काल आफ्नो तेल ट्यांकर नछोडेमा उसले गम्भीर न..

अमेरिका जाँदै हुनुहुन्छ ? बेरोजगारी दर बढ्यो
अमेरिका जाँदै हुनुहुन्छ ? बेरोजगारी दर बढ्यो

वासिङ्टन । संयुक्तराज्य अमेरिकामा गत साताको बेरोजगारी दरमा सामान्य वृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ। जुलाई १३ मा बेरोजगार भत्ताका लागि दाबी गर्ने अमेरिकीहरूको संख्..

जब बाढीले बगाएकी बाघिनी मानिसको ओछ्यानमा आएर सुतिन्...
जब बाढीले बगाएकी बाघिनी मानिसको ओछ्यानमा आएर सुतिन्...

एजेन्सी । भारत आसामको काजीरंगा राष्ट्रिय पार्कमा आएको बाढीले बगाएकी एक बाघिनीले स्थानीय मानिसको घरमा शरण लिएको खबर चर्चित बनेको छ ।  भारतको बन्यजन्तु कोषका अनुसार यी ब..