'प्रिपेड घुसखोरी' महेन्द्र यादव राजपाको संयोजक बन्दै


नेपालपाना प्रकाशित: २०७५-१०-४ गते
'प्रिपेड घुसखोरी' महेन्द्र यादव राजपाको संयोजक बन्दै

काठमाडाैं । वि.सं. २०६९ सालमा सिंचाइ मन्त्री हुँदा कर्मचारीको सरूवा र बढुवामा 'प्रिपेड घुस' खाएको आरोप खेपेका महेन्द्र यादवलाइ राजपाले संयोजक बनाउने भएको छ । 

महन्त ठाकुरपछि मंसिर ५ गतेबाट संयोजक रहेका राजेन्द्र महतोको दुइ महिने कार्यकाल सकिएसँगै प्रिपेड घुसवाला यादव राजपाको संयोजक हुन लागेका हुन् । 

यादव राजपाको अध्यक्ष मण्डलका सदस्य हुन् । मधेश केन्द्रित ६ दल गाभिएर बनेको राजपामा अहिलेसम्म पनि ६ जनाकै अध्यक्ष मण्डल कायम छ । पार्टी संयोजक भने म्यादी रूपमा तोक्ने गरिएको छ ।

राजपाको संयोजक चुनिन लागेका यादवले सिंचाइमन्त्री हुँदा इञ्जिनियरहरूको सरूवा बढुवामा प्रिपेड (काम हुनु अगावै) घुस लिएको समाचार सार्वजनिक भएको थियो । आफ्नो इच्छा बमोजिम सरूवा बढुवा नभएको भन्दै उनले त्यतिखेरकी उर्जा सचिव विन्द्रा हाडालाइ दुर्व्यवहार नै गरेका थिए । 


चार हजार धरौटीमा छुटिन् आस्था राउत
चार हजार धरौटीमा छुटिन् आस्था राउत

काठमाडौं । गायिका आस्था राउत धरौटीमा छुटेकी छन् । अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उनलाई चार हजार रूपैयाँ धरौटीमा छाड्ने आदेश ग..

शिक्षालाई रोजगारसँग जोड्न सकेमात्र मुलुकको विकास हुन्छः शिक्षामन्त्री पोखरेल
शिक्षालाई रोजगारसँग जोड्न सकेमात्र मुलुकको विकास हुन्छः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई रोजगारसँग जोड्नुपर्ने बताएका छन् । बालाजु स्कुल अफ इन्जिनीयरिङ एन्ड टेक्नोलोजीको आयोजनामा आजदेखि..

मेयर द्धारिकलाल चौधरीले एकैदिन हटाए १२ जना कर्मचारी
मेयर द्धारिकलाल चौधरीले एकैदिन हटाए १२ जना कर्मचारी

इटहरी । इटहरीका मेयर द्धारिकलाल चौधरीले एकल निणर्य गरी सोमबार १२ जना कर्मचारीलाई निकालिदिएका छन् । चौधरीले करार सम्झौता सकिएको समयमा नवीकरण नगरी इटहरी उपमहानगरपालिकामा कार्यरत..

थुनामा रहेकी गायिका आस्था राउतलाई धरौटीमा छाड्ने तयारी
थुनामा रहेकी गायिका आस्था राउतलाई धरौटीमा छाड्ने तयारी

काठमाडौँ । सोमबारदेखि थुनामा रहेकी गायिका आस्था राउतलाई धरौटीमा छाड्ने तयारी भएको छ। प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा थुनामा रहेकी राउतलाई छाड्ने तयारी गरेको हो । प्र..