१० दिनदेखि अनसनमा रहेका डा. केसी शिक्षण अस्पतालमा भर्ना


नेपाल पाना प्रकाशित: २०७५-१०-४ गते
१० दिनदेखि अनसनमा रहेका डा. केसी शिक्षण अस्पतालमा भर्ना

काठमाण्डौ । डाक्टर गोविन्द केसीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको छ । स्वास्थ्य अवस्था गम्भीर भएपछि अनसनको दशौं दिन शुक्रबार बिहान ३ बजेतिर उनलाई हेलिकप्टरबाट काठमाण्डौ ल्याएर शिक्षण अस्पतालको आईसीयूमा भर्ना गरिएको हो । 

मुटुको चाल अस्थिर भएकाले जुनसुकै बेला जे पनि हुनसक्ने डाक्टरको चेतावनीपछि उनलाई इलामबाट भद्रपुरसम्म एम्बुलेन्समा र भद्रपुरबाट नेपाली सेनाको नाइटभिजन हेलिकप्टरबाट काठमाण्डौ ल्याइएको उनका सहयोगी डाक्टर अभिषेक सिंहले जानकारी दिए ।

१६ औं पटकको १० दिनदेखि अनसनमा रहेका डाक्टर केसीको अवस्था बुझ्न र समर्थन गर्न बिहीबार पूर्व प्रधानन्यायाधीश सुशिला कार्की, पूर्व सभामुख दमननाथ ढुंगाना, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक केदारभक्त माथेमालगायत इलाम पुगेको थियो । 

उनीहरुकै अनुरोधमा डाक्टर केसीलाई काठमाण्डौ आउन मनाइएको र नेपाली सेनाको हेलिकप्टर मगाएर काठमाण्डौ ल्याइएको डाक्टर सिंहले जानकारी दिए । सुरुमा केसी काठमाण्डौ आउन तयार नभए पनि प्राध्यापक माथेमाको आग्रहपछि आउन तयार भएको उनले बताए । 


 लाखौँ भारतीय रुपैयाँसहित पाँच जना पक्राउ
 लाखौँ भारतीय रुपैयाँसहित पाँच जना पक्राउ

दाङ । स्रोत नखुलेको लाखौँ भारतीय रुपैयाँसहित पाँच जना पक्राउ परेका छन् ।  ईलाका प्रहरी कार्यालय अमेलियाले स्रोत नखुलेको भारतीय रकमसहित दुई जना महिला र तीन जना पुरुष गर..

फ्याक्ट्रीमा भीषण आगलागी, अझै आगो नियन्त्रणमा आएन
फ्याक्ट्रीमा भीषण आगलागी, अझै आगो नियन्त्रणमा आएन

ललितपुर । गोदावरी नगरपालिकाको वडा नं.१३, झरुवाराशीमा रहेको गुराया फूड प्रोडक्टको फ्याक्ट्रीमा भीषण आगलागी भएको छ ।  चिजबल कारखानामा मंगलबार साढे ११ बजेबाट भीषण आगलागी..

चट्याङ्ग लागेर एक बालिकाको ज्यान गयो
चट्याङ्ग लागेर एक बालिकाको ज्यान गयो

उदयपुर । त्रियुगा नगरपालिका-१५ खाँबुमा चट्याङ्ग लागेर एक बालिकाको ज्यान गएको छ । त्रियुगा नगरपालिका-१५ खाँबुका १३ बर्षीय निर्मला मगरको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहर..

प्रहरीको हतियार लुटी गोली प्रहार गरेर फरार अभियुक्त पक्राउ 
प्रहरीको हतियार लुटी गोली प्रहार गरेर फरार अभियुक्त पक्राउ 

रौतहट । प्रहरीको हतियार लुटी गोली प्रहार गरेर फरार रहेका एक जना अभियुक्त सोमबार साँझ पक्राउ परेको छ ।  जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले झाँझ पुलबाट गरुडा नगरपालिक..