हाइड्रो एक्स्पो आजदेखि, उपराष्ट्रपतिले उद्घाटन गर्दै


नेपालपाना प्रकाशित: २०७५-१०-४ गते
हाइड्रो एक्स्पो आजदेखि, उपराष्ट्रपतिले उद्घाटन गर्दै

काठमाडाैं । निजी क्षेत्रका स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेण्ट मेनेजमेण्ट सर्भिसेज प्रालिले संयुक्त रुपमा आजदेखि हाइड्रो एक्स्पो आयोजना गर्न लागेका छन् । 

उपराष्ट्रपति नन्दबहादुर पुनले अहिले सो एक्स्पोको उद्घाटन गर्दैछन् । एक्स्पोमा ८५ भन्दा बढी प्रदर्शकहरूले स्टल राखेका छन् । 

१ लाख भन्दा बढी नागरिकले अवलोकन गर्ने दाबी गरिएको यो एक्स्पोमा जलविद्युत प्रवर्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक तथा वीमा लगायत जलविद्युतमा नयाँप्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रको सहभागिता रहने आयोजकले दाबी गरेको छ । 

यो एक्स्पोमा चीन, भारत, अष्ट्रिया, कोरीया, स्वीडेन, जर्मनी, बुल्गेरिया तथा बेलायत लगायत मुलुकका जलविद्युत क्षेत्रसँग सम्बन्धित कम्पनीहरु एक्स्पोमा सहभागी हुँदैछन् ।


अमेरिका आर्थिक मन्दीमा फस्दै !
अमेरिका आर्थिक मन्दीमा फस्दै !

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका व्यावसायिक क्षेत्रमा आवद्ध अर्थशास्त्रीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कतिपय आर्थिक नीतिहरुका कारण सन् २०२१ को अन्त्यसम्ममा आर्थिक..

विदेशबाट पठाएको रकम लिँदै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर  
विदेशबाट पठाएको रकम लिँदै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर  

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि प्रतिअमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११४ रुपैयाँ १५ पैसा तोकेको छ ।  साउदी रियाल १ को खरिददर ३० रु..

२ अर्बको ट्रेजरी बिल बेच्दै राष्ट्र बैंक
२ अर्बको ट्रेजरी बिल बेच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) २ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको छ ।  बोलकबोल प्रकृयाबाट बेच्न लागिएको पछिल्लो ट्रेजरी बिल ९१ दिनमा पर..

सुनचाँदीको भाउ घट्यो, कति छ आजको भाउ ?
सुनचाँदीको भाउ घट्यो, कति छ आजको भाउ ?

काठमाडौं । सुनको भाउ आइतबार तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ७१ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदी तोलामा १० रुपैयाँ घटेर तोल..