महिला टी–२० स्म्यास : इन्डोनेसियालाई दियो १२० रनको लक्ष्य


नेपाल पाना प्रकाशित: २०७५-१०-४ गते
महिला टी–२० स्म्यास : इन्डोनेसियालाई दियो १२० रनको लक्ष्य

काठमाडौं । थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास–२०१९ महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले इन्डोनेसियालाई १२० रनको लक्ष्य दिएको छ । नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको थियो ।

नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै ११७ रन बनायो । नवौं ओभरमा टिमको स्कोर ३१ रन हुँदा नेपालले पहिलो विकेट गुमाएको थियो । कजल श्रेष्ठ १४ रन बनाएर क्याचआउट भइन् । त्यसपछि क्रिजमा आएकी इन्दु वर्मा र सीता रानामगरले ७० रनको साझेदारी गर्दै नेपाली टिमलाई तीन अंकको योगफलमा पुर्‍याए ।

ब्यक्तिगततर्फ सीताले अर्धशतक बनाउन दुई रनले चुकिन् । उनी ४८ रनमा रनआउट भएकी थिइन् । त्यसपछि क्रिजमा आएकी नेरी थापा पाँच रनमा क्याचआउट भइन् । इन्दु वर्मा ३७ रनमा अविजित रहिन् ।


मेक्सिकोमा सुरक्षाकर्मीमाथि हमला हुदाँ १५ जनाको मृत्यु
मेक्सिकोमा सुरक्षाकर्मीमाथि हमला हुदाँ १५ जनाको मृत्यु

एजेन्सी । दक्षिणी मेक्सिकोमा सुरक्षाकर्मीमाथि हमला हुदाँ १५ जनाको मृत्यु भएको छ ।  मङ्गलबार मेक्सिको सेना र अज्ञात हतियारधारीबीच भएको गोली हानाहानमा परी कम्तीमा पनि १५..

कालोसूचीबारेको फैसलाअघि नै एक्लियो पाकिस्तान, कालोसूचीमा पर्ने जोखिम बढ्यो
कालोसूचीबारेको फैसलाअघि नै एक्लियो पाकिस्तान, कालोसूचीमा पर्ने जोखिम बढ्यो

काठमाडौं । आतंकवादमा भईरहेको लगानी अन्त्य गर्न भन्दै फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले दिएको निर्देशन कार्यान्वयन गर्न समस्या भोगिरहेको पाकिस्तान फेरि संकटमा फसेको छ..

‘हागिबिस’ आँधीका कारण जापानमा हालसम्म ३५ जनाको मृत्यु
‘हागिबिस’ आँधीका कारण जापानमा हालसम्म ३५ जनाको मृत्यु

टोकियो । जापानको राजधानी टोकियोलगायतका स्थानमा आएको ‘हागिबिस’ नामक तुफानका कारण ज्यान गुमाउनेको सख्या ३५ पुगेको जापानी सञ्चारमाध्यले जनाएको छ । आँधीपछि करिब २० जना..

सिरियामा अमेरिकाको विश्वासघात, आईएस लखेट्ने कुर्दिस लडाकु सिध्याउन टर्कीको प्रयोग
सिरियामा अमेरिकाको विश्वासघात, आईएस लखेट्ने कुर्दिस लडाकु सिध्याउन टर्कीको प्रयोग

काठमाडौं । रुससँगको शीतयुद्धपछि आतंकवाद नियन्त्रणका नाममा विश्वभर युद्ध थोपर्दै आएको अमेरिकाले पछिल्लो पटक सिरियामा असली अनुहार देखाएको छ ।  अमेरिकी अतिक्रमणकै कारण इर..