झापामा खुल्यो स्लीपवेलको नयाँ सोरूम ! अत्याधुनिक मेट्रेस, सिरक र सिरानी खरिद गर्न सकिने


नेपालपाना प्रकाशित: २०७५-१०-४ गते
झापामा खुल्यो स्लीपवेलको नयाँ सोरूम ! अत्याधुनिक मेट्रेस, सिरक र सिरानी खरिद गर्न सकिने

बिर्तामोड । प्रदेश नं. १ स्थित झापाको विर्तामोडमा स्लीपवेलले अत्याधुनिक मेट्रेस, सिरक र सिरानीको बिक्री केन्द्र खोलेको छ । स्लीपवेल शयनकक्षका लागि अत्यन्तै सुविधायुक्त र आरामदायी सामग्रीहरू उत्पादन गर्ने ख्यातीप्राप्त ब्राण्ड हो । 

सेरावली होम डेकोरेशन बिर्तामोडमा खुलेको स्लीपवेलको दोस्रो बिक्री केन्द्रबाट ग्राहकहरूले स्लीपवेलका उत्पादन खरिद गर्न सक्नेछन् । निकै लामो समयदेखि बिर्तामोडमा घरायसी सजावट (होम डेकोरेशन) का सामग्री ब्यापार गर्दै आएका मनोज देउकीले यो सोरूम सञ्चालनमा ल्याएका हुन् । यो सोरूम बिर्तामोडस्थित नेपाल बैंक लिमिटेडको शाखा नजिकै रहेको छ । 

स्लीपवेल कम्पनी नेपालका म्यानेजर प्रविन श्रीवास्तवले स्लीपवेलका उत्पादनहरू अत्यन्तै सुविधायुक्त र आरामदायी रहेको बताए । बिर्तामोडको सरावली होम डेकोरेशनमा जर्मनी पार्केटिक, कोरियन पि. भी. सि. पार्केटिक इम्पोर्टेड गलैजा, इम्पोर्टेड फर्निचर कपडा तथा जुटका कार्पेटहरू, होटलमा आवश्यक पर्ने बेडसेट, सिरक, टावेल, पर्दाका कपडाहरूका साथै फ्लोर फर्निसिङ तथा फर्निचरका आईटमहरू उपलब्ध छन् ।


अमेरिका आर्थिक मन्दीमा फस्दै !
अमेरिका आर्थिक मन्दीमा फस्दै !

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका व्यावसायिक क्षेत्रमा आवद्ध अर्थशास्त्रीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कतिपय आर्थिक नीतिहरुका कारण सन् २०२१ को अन्त्यसम्ममा आर्थिक..

विदेशबाट पठाएको रकम लिँदै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर  
विदेशबाट पठाएको रकम लिँदै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर  

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि प्रतिअमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११४ रुपैयाँ १५ पैसा तोकेको छ ।  साउदी रियाल १ को खरिददर ३० रु..

२ अर्बको ट्रेजरी बिल बेच्दै राष्ट्र बैंक
२ अर्बको ट्रेजरी बिल बेच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) २ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको छ ।  बोलकबोल प्रकृयाबाट बेच्न लागिएको पछिल्लो ट्रेजरी बिल ९१ दिनमा पर..

सुनचाँदीको भाउ घट्यो, कति छ आजको भाउ ?
सुनचाँदीको भाउ घट्यो, कति छ आजको भाउ ?

काठमाडौं । सुनको भाउ आइतबार तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ७१ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदी तोलामा १० रुपैयाँ घटेर तोल..