ओलीका कारिन्दा मुख्यमन्त्री पोखरेलका कारण बदनाम भए प्रदेश सांसद, कांग्रेस नेता पोखरेलद्धारा गाडी फिर्ता


नेपालपाना प्रकाशित: २०७५-१०-४ गते
ओलीका कारिन्दा मुख्यमन्त्री पोखरेलका कारण बदनाम भए प्रदेश सांसद, कांग्रेस नेता पोखरेलद्धारा गाडी फिर्ता

रुपन्देही -  प्रधानमन्त्री केपी ओलीका कारिन्दा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलकै संलग्नतामा खरिद गरिएको गाडीको विषय अहिले सबैको लागि चर्चाको विषय बनेको छ। उक्त प्रदेशमा प्रदेशसभाका विभिन्न सभापातिहरु, दलका नेताहरुका लागि गरिएको गाडी खरिद प्रकरणमा भएको अनियमतिताबारे विभिन्न संचारमाध्यममा समाचार प्रकाशित वा प्रसारीत भएपछि अहिले प्रदेशसभाले छानविन उपसमिति गठन गरेर काम सुरु गरेको छ  भने उता, सांसदहरुले एकपछि अर्को गाडी फिर्ता गरिरहेका छन् ।

गत पुस २७ गते सार्वजिक लेखा समितिका सभापति डिल्ली चौधरीले गाडी फिर्ता गरेका थिए भने शुक्रबार नेपाली काँग्रेस ससदीय दलका नेता वलदेव शर्मा पोखरेलले गाडी फिर्ता गरेका छन् । उनले प्रदेशसभाले उपव्ध गराएको लू १ झ ४४७ नम्बरको गाडी फिर्ता गरेका हुन् । प्रदेशसभाका लागि खरिद भएका १३ वटा मध्ये ११ वटा गाडीवटा अनियमितता भएको आशंका रहेको छ ।

संसदीय दलका नेता शर्माले गाडीको चाबी र बिलबुक प्रदेशसभा सचिव दुर्लभ कुमार पुनलाई  सञ्चारकर्मीहरुको उपस्थितिमा बुझाएका थिए । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले आफूले चढ्दै आएको गाडी संसदलाई नै फिर्ता गरेका छन्।

 प्रदेशसभाका जेष्ठ सदस्य समेत रहेका पोखरेलले सार्वजनिक लेखा समितिले आफूले चढेको गाडीमा आर्थिक अनियमितताको आशंकामा छानबिन भइरहेकाले विवादस्पद गाडी चढ्न उपयुक्त नभएकाले फिर्ता गरेको बताए। ‘नैतिकताको आधारमा गाडी फिर्ता गरेको हुँ’ नेता पोखरेलले भने।

प्रदेशसभा सचिवालयले विभिन्न समितिका सभापति, दलका मुख्य सचेतक, प्रदेशसभा सचिवलगायतलाई भन्दै हालै ११ वटा ९टाटा स्ट्रोम० गाडी खरिद गरेको थियो।

 


विद्यार्थीको पक्षमा कांग्रेसले लियो बोल्ड निर्णय, अब बोर्डिंग स्कुलको दादागिरी नचल्ने, शिक्षामन्त्रीमाथि दबाब
विद्यार्थीको पक्षमा कांग्रेसले लियो बोल्ड निर्णय, अब बोर्डिंग स्कुलको दादागिरी नचल्ने, शिक्षामन्त्रीमाथि दबाब

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले शिक्षाका नाममा भइरहेको लुटतन्त्र अन्त्यका लागि भ्रातृ संगठन नेविसंघलाई परिचालन गरेको छ। पार्टीको निर्देशनअनुसार नेविसंघले निजी श..

नेकपाको सचिवालय बैठक बस्दै
नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्दै छ । पार्टी एकीकरणको बाँकी काम पूरा गर्ने विषयमा छलफल गर्न बैठक बस्न लागेको बताइएको छ ।    प्रधानमन्त्री निवास..

‘प्रचण्ड जुनसुकै बेला प्रधानमन्त्री बन्न सक्छ, बधाई दिने पहिलो व्यक्ति मै हुन्छु’
‘प्रचण्ड जुनसुकै बेला प्रधानमन्त्री बन्न सक्छ, बधाई दिने पहिलो व्यक्ति मै हुन्छु’

काठमाण्डौ । नेपालमा जनवादी कम्युनिष्ट शाषन ल्याउने नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले दावी गरेका छन् । वैद्यले आफूहरुको क्रान्ति जारी रहेको जिकिर गर्दै कम्यु..

प्रतिबन्धित नेकपाका उपत्यका ब्यूरो इञ्चार्ज माइला लामा आधारातमा समातिए 
प्रतिबन्धित नेकपाका उपत्यका ब्यूरो इञ्चार्ज माइला लामा आधारातमा समातिए 

काठमाडौं । वार्ताका लागि कोशिस गरिरहेको जनाएको सत्तारुढ कम्युनिष्ट सरकारले प्रतिबन्धित नेकपाका उपत्यका ब्यूरो इञ्चार्ज माइला लामालाई पक्राउ गरेको छ ।  पुष्पकमल दाहालले..