हिउँ परेर लुगलुग काँपिरहेको बेला अष्ट्रेलियामा भने हपहपी गर्मी !


नेपाल पाना प्रकाशित: २०७५-१०-५ गते
हिउँ परेर लुगलुग काँपिरहेको बेला अष्ट्रेलियामा भने हपहपी गर्मी !

अष्ट्रेलिया । नेपालमा अहिले लुगलुग कँपाउने जाडो छ । हिउँ खेलाएजस्तै चिसो छ । तर नेपालीसहित संसारका धेरै देशका मान्छे बसोबास गर्ने अष्ट्रेलियामा भने हपहपी गर्मी छ ।

मध्य जनवरीको मंगलबार विश्वभरीका मौसम विभागहरुले तापमानको एउटा चित्र निकाले, जसमा संसारका ताता १५ क्षेत्रहरुको चर्चा गरिएको थियो । चर्को गर्मीले आक्रान्त पारेको ती १५ क्षेत्र सबै अष्ट्रेलियाको नक्सामा थिए ।

बुधबार तथा बिहीबार तास्मानिया समुद्रको पानीले बाफिलो तथा रापिलो हावाको बहाव अष्ट्रेलियाको सतहतिर फैलिरहेको जानकारी आयो । मौसमका विभिन्न रेखाचित्रहरुले पनि अष्ट्रेलियाको अधिकांस क्षेत्रमा तातो हावा बहने पक्का गर्यो ।

मौसम विभागले जनवरी १६ मा निकालेको रेखाचित्र

बुधबार अष्ट्रृलियाका सञ्चारमाध्यममा एउटा भिडियो ुभाइरलु भयो । भिडियोमा एडिलेडका केही युवाले कारको छत खोलेर गाडीभित्र पानी भरेका थिए । पोखरी जस्तो बनेको कारमा चोपलिएर सडकमा गुडाउन थालेपछि धेरैलाई रमिता भयो । चर्को गर्मीबाट बच्न आफुहरुले त्यसो गरेको उनीहरुको दावी थियो ।

कारभित्रको पौडी पोखरी गर्मीलाई व्यंग्य ( एडिलेड

सिड्नीको मुख्य शहरबाट ५० किलोमिटर टाढाको पेनरिथमै शुक्रबार ४१ डिग्री तापक्रम मापन भयो । पछिल्लो बुधबार, बिहीबार र शुक्रबार अष्ट्रेलियामा भुङ्रोमा परेको अनुभव भैरहेको छ । राजधानी क्यानबेरा पनि उच्च तातो हवामा रापिएको छ । घाममा निस्किँदा गर्मीमा डँढोलो तापेजस्तो लाग्छ । मध्यरातमा पनि एसी नभएको ठाउँ अथवा घर बाहिरको हावाले हपहपी तातो अनुभव हुन्छ ।

दक्षिण अष्ट्रेलियामा त तापक्रम अझ उच्च छ । मान्छे छत बाहिर घाममा निस्कन सक्ने अवस्था नै छैन । साउथ अष्ट्रेलिया राज्यको ट्राकूलामा तापक्रम गएको मंगलबार ४९।९ डिग्री मापन गरियो जुन अष्ट्रेलियाभरिकै सबैभन्दा रापिलो अवस्था हो । मध्य दिनमा लामा राजमार्गमा गाडीका टायर र पीचसमेत पग्लिन थालेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । न्यु साउथवेल्स राज्यको ओक्सले राजमार्ग दिउँसो मध्यान्हमा पग्लने गरेको स्थानीयले फेसबुकमा पोष्ट गरेका छन् ।

स्थानीयको फेसबुकबाट ( बाटो पग्लेको जानकारी

तातो हावा अष्ट्रेलियाको धेरै घातक प्राकृतिक विपत्ति हो । यस्तो उच्चस्तरको तातो हावाले बुढाबुढी, बालबालिका र बिरामीलाई चाँडो असर गर्छ । तातो हावाका कारण समुद्रको पानीमा उच्च दबाब पर्छ र आकाश खुलेर उच्च तापक्रमका साथ घाम लागेको बेला झन घातक तातो हावा बहन्छ । तास्मानिया आसपास र भिक्टोरिया, राजधानी क्षेत्र, दक्षिण अष्ट्रेलिया र न्यु साउथ वेल्स राज्यका विभिन्न भागमा त्यस्तो खतरनाक तातो हावाको समस्या छ ।

अष्ट्रेलियाको मौसम विभागका मौसमविद सराह फिटनले पत्रकारहरुलाई भने, ुपोर्ट अगस्टा क्षेत्रमा पनि यसपालि लगभग ५० डिग्रीको हाराहारीमा तापक्रम पुगेको छ र यो सुरुवाती अवस्था हो यसमा यसै बढोत्तरी पनि हुनसक्छ ।ु विज्ञहरुले ६ वर्ष अघिको जस्तो उग्ररुपमा तातो हावा चल्ने अवस्था रहेकोले विशेष सावधानीका साथ आफ्नो दैनिक योजना बनाउन र परिवारका पुरै सदस्यका लागि सतर्कता अपनाउन भनेका छन् ।

गर्मीबाट बच्ने सरकारी सन्देश

अष्ट्रेलियामा तातो हावासँगै झाडीहरुमा डढेलोको खतरा हुन्छ । अनि असिना वर्षिने र रुख लडाउने गरी हावा र पानी समेत आउन सक्छ । गम्भीर प्रकृतिको चट्याङ पनि पर्न सक्ने खतरा छ । समुद्रबाट आउने आँधीको खतरा त हुने नै भयो । गर्मीसँगैको हावा र पानीबाट बच्न भिक्टोरिया राज्य सरकारले आफ्ना गाडीहरु छतमुनी मात्रै पार्किङ् गर्न अनुरोध गरेको छ । रुख मुनी,, बिजुलीको पोलहरुको नजिक र छतहरु उडाउने ठाउँ आसपासमा नरोक्न भनेको छ ।

गर्मीको बेला यहाँका स्थानीय सरकारले त्यो दिनको तापक्रमको पूर्वानुमान गरेर आगो बाल्न पूर्ण प्रतिबन्ध लगाउँछन् । हरेक प्रचण्ड गर्मीको दिन बिहान ११ बजेदेखि ३ बजेसम्म आगो नबाल्न सरकारहरुले सूचना जारी गरेको छ । विद्युतीय चुल्हो र माइक्रो वेभमा खाना पकाएर खान सकिन्छ । भिक्टोरिया, एसिटीका सरकारले गर्मीका दिनहरुमा आगो बाल्न नै प्रतिबन्ध लगाउने गरेका छन् ।

बुस फायर अर्थात् झाडीको डढेलोबाट बच्न सरकारको आग्रह

अष्ट्रेलियाका आठवटै राज्य सरकार र संघीय तथा स्थानीय सरकारहरुले पनि पर्याप्त पानी पिउन, पार्किङ् गरेको कारमा एक्लै कसैलाई नछोड्न, चिसो पारेको ठाउँमा बस्न, तातोबाट बच्ने पूर्व तयारी गर्न र अरुलाई पनि सहयोग गर्न विशेषा अनुरोध गरेका छन् ।

स्थानीय प्रसारणहरु सुन्न, मौसमको पूर्वजानकारी राख्न र आपत परेमा तुरुन्त इमरजेन्सी नम्बरहरुमा फोन गर्न अनुरोध गरिएको छ।

हिन्द तथा प्रशान्त महासागर बीचको संसारको सबैभन्दा ठूलो टापु महादेश हो अष्ट्रेलिया । संसारका अधिकांस देशका मान्छे हिउँ परेर लुगलुग काँपिरहेको बेला अष्ट्रेलियामा भने हपहपी गर्मी हुन्छ ।


अभिनेता अक्षयकुमारले बाढीपीडितलाई गरे ३ करोड सहयोग
अभिनेता अक्षयकुमारले बाढीपीडितलाई गरे ३ करोड सहयोग

मुम्बई । बलिउड अभिनेता अक्षय कुमारले भारतको असम राज्यका बाढी पीडितलाई दुई करोड भारु सहयोग गरेका छन्। उनले आफ्नो औपचारिक ट्वीटरमार्फत असम राज्यका बाढी पीडितलाई दुई करोड भारु सह..

बम विस्फोटमा १८ जनाको मृत्यु, आठ जना घाइते, विस्फोटको अनुसन्धान जारी
बम विस्फोटमा १८ जनाको मृत्यु, आठ जना घाइते, विस्फोटको अनुसन्धान जारी

अफगानिस्तान । राजधानी काबुलस्थित काबुल विश्वविद्यालमा आज भएको बम विस्फोटमा परी १८ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । स्थानीय समयाअनुसार शुक्रबार बिहान ७ बजेर १..

के पाकिस्तानमा भ्रष्टहरूको मात्रै शासन छ ?  पूर्वप्रधानमन्त्री अब्बासी पनि समातिए !
के पाकिस्तानमा भ्रष्टहरूको मात्रै शासन छ ? पूर्वप्रधानमन्त्री अब्बासी पनि समातिए !

काठमाडौं । पूर्व राष्ट्रपति आसिफ अली जर्दारी र पूर्व प्रधानमन्त्री नवाज सरिफपछि पाकिस्तानमा अर्का पूर्व प्रधानमन्त्री शाहीद खकान अब्बासी पनि भ्रष्टाचार आरोपमा पक्राउ परेका छन्..

झ्याप भएकी युवतीले पुलबाट हाम्फालेपछि...
झ्याप भएकी युवतीले पुलबाट हाम्फालेपछि...

काठमाडौं । रक्सीको नसामा रहेकै बेला एक युवतीले नाङ्गै भएर १५० फीट आग्लो पुलबाट हाम्फालेकी छन् ।  पोर्चुगलमा झ्याप भएकी एक महिला पर्यटक सर्वांग नांगो भएर १५० फीट अग्लो पुल..