मोदीविरुद्ध सबै विपक्षी दल उभिए एकै ठाउँमा, अब मोदीको हालत के हुन्छ ?


नेपाल पाना प्रकाशित: २०७५-१०-५ गते
मोदीविरुद्ध सबै विपक्षी दल उभिए एकै ठाउँमा, अब मोदीको हालत के हुन्छ ?

काठमाडौं । भारतमा प्रमुख सत्तारुढ भारतीय जनता पार्टी विरुद्ध सबै विपक्षी दल एक ठाउँमा उभिएका छन् । आज कोलकातामा ४१ वर्षपछि सबै विपक्षी दल एक ठाउँमा उभिन लागेका हुन् ।

यसअघि सन् १९७७ मा ज्योति बसुले कोलकाताबाटै कांग्रेसविरुद्ध विशाल प्रदर्शनको नेतृत्व गरेका थिए । भारतीय जनता पार्टीविरुद्ध शनिबार संयुक्त लडाइँको संकल्प स्वरुप विपक्षीले प्रदर्शनको तयारी गरेका हुन् ।

ठाउँ ठाउँबाट र्यालीसहित आयोजना हुने संयुक्तसभालाई विपक्ष दलका शीर्षनेताले सम्बोधन गर्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यसैवर्ष हुने लोकसभा चुनाव जित्नका लागि विपक्षी २० दलको अगुवाई पश्चिम बंगालकी मुख्यमन्त्री ममत बनर्जीले गरेकी छन् ।

भारतको प्रमुख विपक्षी कांग्रेससहित जेडीएस, एनसीपी, आरजेडी, एसपी, बिएसपी, टिडीपी, आम आद्मीलगायत दलका शीर्ष नेताले कोलकाताको बिग्रेड मैदानमा प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध मोर्चाबन्दीको घोषणा गर्ने छन् ।


नोबल पुरस्कार विजेता बेनर्जीमाथि वामपन्थी झुकावको आरोप
नोबल पुरस्कार विजेता बेनर्जीमाथि वामपन्थी झुकावको आरोप

काठमाडौं । यस वर्षका अर्थशास्त्रका नोबल पुरस्कार विजेता अभिजित बेनर्जीमाथि वामपन्थी झुकावको आरोप लागेको छ । उनलाई भारतका एकजना मन्त्रीले वामपन्थी झुकाव रहेको भन्दै त्यस्तो आर्..

बाढीका कारण दक्षिणी सुडानमा २ लाख नागरिक विस्थापित
बाढीका कारण दक्षिणी सुडानमा २ लाख नागरिक विस्थापित

जुबा । दक्षिणी सुुडानमा आएको बाढीबाट कम्तीमा पनि २ लाख नागरिक विस्थापित भएका छन् । दक्षिणी सुडानका उत्तरपूर्वी क्षेत्रमा आएकोे बाढीमा परी ती नागरिक विस्थापित भएका हुन् । ना..

हात्तीको कारण द्रुत गतिका ट्रेन रोकियो !
हात्तीको कारण द्रुत गतिका ट्रेन रोकियो !

काठमाडौं । वन्य जन्तुहरुको संरक्षण गर्नु हाम्रो दायित्व हो । विभिन्न देशहरुले वन्य जन्तुको संरक्षणको लागि क्षेत्रहरु छुटाएका छन् । त्यस्तै उत्तर बंगालको वन क्षेत्रमा पनि वन..

मस्जिदमा बम बिस्फोट, ६२ जनाको मृत्यु
मस्जिदमा बम बिस्फोट, ६२ जनाको मृत्यु

काठमाडौं । अफगानस्तान एक मस्जिदमा बम बिस्फोट हुँदा ६२ जनाको ज्यान गएको छ । शुक्रबार नमाज पढिरहेका बेला मस्जितमा बम बिस्फोट भएको हो । अफगानी अधिकारीहरुका अनुसार पूर्वी नानगह..