अमेरिकी डलरको भाउ ११४ रूपैयाँ नाघ्यो, हेर्नुहोस विनिमयदर


नेपालपाना प्रकाशित: २०७५-१०-५ गते
अमेरिकी डलरको भाउ ११४ रूपैयाँ नाघ्यो, हेर्नुहोस विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आईतबार (माघ ६) का लागि एक अमेरीकी डलरको खरिददर ११३ रुपैयाँ ६० पैसा र बिक्रीदर ११४ रुपैयाँ २० पैसा तोकेको छ । यस्तै, एक युरोको खरिददर १२९ रुपैयाँ ५९ पैसा र बिक्रिदर १३० रुपैयाँ २७ पैसा तोकिएको केन्द्रीय बैंकले जनाएको छ ।

बेलायती पाउण्ड स्ट्रलिङको खरिददर १४७ रुपैयाँ १६ पैसा र बिक्रिदर १४७ रुपैयाँ ९४ पैसा, जापानी १० यनको खरिददर १० रुपैयाँ ३८ पैसा र बिक्रिदर १० रुपैयाँ ४३ पैसा तोकिएको छ ।

यस्तै, कतारी एक रियालको खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३६ पैसा तथा कुवेती एक दिनारको खरिददर ३७४ रुपैयाँ ६० पैसा र बिक्रिदर ३७६ रुपैयाँ ५७ पैसा तोकेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले तोकेको खुला बजार विनिमयदर भने फरक हुन सक्ने राष्ट्र बैंकले जनाएको छ । 


अमेरिका आर्थिक मन्दीमा फस्दै !
अमेरिका आर्थिक मन्दीमा फस्दै !

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका व्यावसायिक क्षेत्रमा आवद्ध अर्थशास्त्रीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कतिपय आर्थिक नीतिहरुका कारण सन् २०२१ को अन्त्यसम्ममा आर्थिक..

विदेशबाट पठाएको रकम लिँदै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर  
विदेशबाट पठाएको रकम लिँदै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर  

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि प्रतिअमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११४ रुपैयाँ १५ पैसा तोकेको छ ।  साउदी रियाल १ को खरिददर ३० रु..

२ अर्बको ट्रेजरी बिल बेच्दै राष्ट्र बैंक
२ अर्बको ट्रेजरी बिल बेच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) २ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको छ ।  बोलकबोल प्रकृयाबाट बेच्न लागिएको पछिल्लो ट्रेजरी बिल ९१ दिनमा पर..

सुनचाँदीको भाउ घट्यो, कति छ आजको भाउ ?
सुनचाँदीको भाउ घट्यो, कति छ आजको भाउ ?

काठमाडौं । सुनको भाउ आइतबार तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ७१ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदी तोलामा १० रुपैयाँ घटेर तोल..