खड्ग ओलीको सुशासन : जनताको कर लुट्न मेयरलाई फुक्काफाल !


नेपालपाना प्रकाशित: २०७५-१०-६ गते
खड्ग ओलीको सुशासन : जनताको कर लुट्न मेयरलाई फुक्काफाल !

धरान । धरान उपमहानगरपालिकाले सिक्किमको गान्तोक नगरपालिकासँग भगिनी सम्बन्ध गाँस्ने प्रस्ताव गर्यो । छलफल गर्न गान्तोकले धरानका पदाधिकारीलाई निम्त्यायो । बैठकले सात जना गान्तोक जाने सिफारिस गर्यो । कार्यवाहक मेयर मञ्जु भण्डारी भने ३० जनाको टोली लिएर गइन् । तर, उनीहरु पदाधिकारीको जन्मदिन र व्यवसायीको वैवाहिक वर्षगाँठ मनाउन व्यस्त छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

धरान उपमहानगरपालिकामा केही समययता बजेट दुरुपयोग बढेको समाचार आइरहेका छन् । त्यसैलाई पुष्टि गर्नेगरी वरिष्ठ प्रशासकीय अधिकृत खगेन्द्र खतिवडाको जन्मदिन गान्तोकमा मनाइएको छ । उनले जन्मदिन मनाएको तस्बिर फेसबुकमा राखेका थिए । 

कार्यवाहक मेयर भण्डारीको नेतृत्वमा बुधबार धरानबाट हिँडेको टोलीमा प्रशासकीय अधिकृत खतिवडा, अन्य जनप्रतिनिधि, यातायात व्यवसायी, कलाकार र पत्रकारसमेत छन् । 

गान्तोकसँग भगिनी सम्बन्ध कायम गर्न गएको टोली जन्मदिन मनाउन व्यस्त भएको खबरपछि तीव्र आलोचना भइरहेको छ ।


मेट्रो रेलमा भारतीय र चिनीयाँ कम्पनीबीच प्रतिस्पर्धा सुरु 
मेट्रो रेलमा भारतीय र चिनीयाँ कम्पनीबीच प्रतिस्पर्धा सुरु 

काठमाडौँ । काठमाडौँ उपत्यकामा मेट्रो रेल निर्माण र सञ्चालन गर्न विस्तृत सम्भाव्यता अध्ययन (डिपीआर) का लागि भारत र चिनियाँ कम्पनीबीच प्रतिस्पर्धा सुरु भएको छ ।  लगानी ब..

वर्षमा दुईथरी दूधको मूल्य निर्धारण गरिने
वर्षमा दुईथरी दूधको मूल्य निर्धारण गरिने

काठमाडौं । दूधको उत्पादन दरअनुसार वर्षमा दुईथरी मूल्य निर्धारण गरिने भएको छ ।  कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गठन गरेको कार्यदलले दूध बढी उत्पादन हुने सिजनमा र क..

नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठकमा पुरानै एजेन्डा
नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठकमा पुरानै एजेन्डा

काठमाडौं । परराष्ट्रमन्त्री स्तरमा बुधबार सुरु हुने नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठकमा प्रबुद्ध व्यक्ति समूह९इपिजी०ले यसअघि सम्बोधन गरेकै मुद्दा तथा सुल्झन नसकेका द्..

निगमले आफ्नै ब्रान्डका ग्यास सिलिन्डर उत्पादन गर्ने
निगमले आफ्नै ब्रान्डका ग्यास सिलिन्डर उत्पादन गर्ने

काठमाडौं । नेपाल आयल निगमले आफ्नै ब्रान्डमा खाना पकाउने ग्यासका सिलिन्डर उत्पादन गर्ने भएको छ । निगमले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममार्फत तीन स्थानमा ग्यासको भण्डा..