अख्तियारका कर्मचारीलाई १००% भत्ता, भ्रष्ट जोगाउने काईदा त होइन ?


नेपालपाना प्रकाशित: २०७५-१०-६ गते
अख्तियारका कर्मचारीलाई १००% भत्ता, भ्रष्ट जोगाउने काईदा त होइन ?

काठमाडौं । सरकारले आफैंले घोषणा गरेको मितव्ययी नीतिविपरीत अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी र कर्मचारी सबैलाई यसै महिनादेखि सय प्रतिशत प्रोत्साहन भत्ता दिने भएको छ। यो समाचार आजको कान्तिपुर दैनिकमा छ । 

मन्त्रिपरिषदको पछिल्लो बैठकले अख्तियारका प्रस्तावमा माघ १ देखि लागू हुने गरी पदाधिकारी र कर्मचारीलाई मासिक खाइपाई आएको तलव बराबर प्रोत्साहन भत्ता दिने निर्णय गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ। 

अघिल्लो आर्थिक वर्ष २०७४र७५  सम्म दुई दर्जनभन्दा बढी कार्यालयका कर्मचारीले ५०, ८० र १०० प्रतिशतका दरले प्रोत्साहन भत्ता पाउँदै आएका थिए। अघिल्लो वर्ष प्रोत्साहन भत्तामा मात्र साढे पाँच अर्ब रुपैयाँ खर्च भएको थियो। अर्थमन्त्री युवराज खतिवडाले यस वर्षको बजेटमा मितव्ययी र अनुशासित अर्थनीति अख्तियार गरी सबै कार्यालयको प्रोत्साहन भत्ता बन्द गरेका थिए।

विभिन्न कार्यालयका काम कार्मचारीबाट प्रोत्साहन भत्ता दिन दबाब बढ्दै गएपछि सरकार मितव्ययी आर्थिक नीतिमा सम्झौता गर्न बाध्य भएको अर्थ स्रोतले जनाएको छ। 


मेट्रो रेलमा भारतीय र चिनीयाँ कम्पनीबीच प्रतिस्पर्धा सुरु 
मेट्रो रेलमा भारतीय र चिनीयाँ कम्पनीबीच प्रतिस्पर्धा सुरु 

काठमाडौँ । काठमाडौँ उपत्यकामा मेट्रो रेल निर्माण र सञ्चालन गर्न विस्तृत सम्भाव्यता अध्ययन (डिपीआर) का लागि भारत र चिनियाँ कम्पनीबीच प्रतिस्पर्धा सुरु भएको छ ।  लगानी ब..

वर्षमा दुईथरी दूधको मूल्य निर्धारण गरिने
वर्षमा दुईथरी दूधको मूल्य निर्धारण गरिने

काठमाडौं । दूधको उत्पादन दरअनुसार वर्षमा दुईथरी मूल्य निर्धारण गरिने भएको छ ।  कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गठन गरेको कार्यदलले दूध बढी उत्पादन हुने सिजनमा र क..

नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठकमा पुरानै एजेन्डा
नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठकमा पुरानै एजेन्डा

काठमाडौं । परराष्ट्रमन्त्री स्तरमा बुधबार सुरु हुने नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठकमा प्रबुद्ध व्यक्ति समूह९इपिजी०ले यसअघि सम्बोधन गरेकै मुद्दा तथा सुल्झन नसकेका द्..

निगमले आफ्नै ब्रान्डका ग्यास सिलिन्डर उत्पादन गर्ने
निगमले आफ्नै ब्रान्डका ग्यास सिलिन्डर उत्पादन गर्ने

काठमाडौं । नेपाल आयल निगमले आफ्नै ब्रान्डमा खाना पकाउने ग्यासका सिलिन्डर उत्पादन गर्ने भएको छ । निगमले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममार्फत तीन स्थानमा ग्यासको भण्डा..