जनमुक्ति सेनाले माघ १० गते ‘कालो दिन’ मनाउने, किन ?


नेपाल पाना प्रकाशित: २०७५-१०-६ गते
जनमुक्ति सेनाले माघ १० गते ‘कालो दिन’ मनाउने, किन ?

काठमाडौँ । बहिर्गमित जनमुक्ति सेना नेपालले यही माघ १० गतेलाई कालो दिनको रुपमा मनाउने भएको छ । उसले अयोग्यको बिल्ला भिराउँदै घर पठाएको भन्दै २०६६ माघ १० गतेको सम्झनामा विरोधका विभिन्न कार्यक्रम गर्ने भएको छ ।

संगठनका उपाध्यक्ष प्रदिप कार्कीले माघ १० गते माइतीघरमा विरोध प्रर्दशनको कार्यक्रम राखिएको जानकारी दिए । उनले विरोध प्रदर्शनपछि विभिन्न कार्यक्रम पनि आयोजना गरिएको बताए ।

अर्का उपाध्यक्ष केबी रम्तेललका अनुसार माघ १० देखि १३ गतेसम्म विरोध प्रदर्शनदेखि बृहत अन्तरक्रियाका कार्यक्रम आयोजना गरिएको बताएका छन् । उनका अनुसार ११ गते केन्द्रीय कमिटीको बैठक तथा छलफल, १२ गते बृहत अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

त्यसैगरी माघ १३ गते विभिन्न राजनीतिक पार्टी, नेता र मन्त्रीको आफ्ना मुद्दाबारे ध्यानाकर्षण गराउने कार्यक्रम पनि आयोजना गरिएको रम्तेलले जानकारी दिए । उक्त कार्यक्रमको लागि संगठनले माघ ९ गते साँझ सम्पर्क दिइएको छ ।

शान्तिप्रक्रियासँगै सेना समायोजनामा ४ हजार १ पूर्वजनमुक्ति सेनालाई अयोग्य भन्दै शिबिरबाट घर फर्काइएको थियो । उनीहरुले संगठन खोलेर आफ्नो अधिकारको लागि भन्दै संघर्ष गर्दै आएका छन् तर अहिलेसम्म सरकारले उनीहरुका मागको सम्बोधन गरेको छैन ।

केही समयअघि सरकारले गठन गरेको वार्ता टोलीले पहिलो चरणको वार्ता गरेको थियो । त्यसपछि मागहरुको बेवास्ता गरेरपछि वार्ता भंग भएको थियो । लडाइँमा आदेश दिने कमाण्डर सरकारमा भएपनि आफूहरुको मागप्रति बेवास्ता गरिनु बिडम्बना भएको रम्तेलले बताए । आदेश दिने योग्य हुने र लड्ने अयोग्‍य हुन नसक्ने उनले बताए ।

शान्तिपूर्ण रुपमा आफूहरुले समस्या समाधान खोजेपनि सरकार उदासिन भएको भन्दै बहिर्गमित जनमुक्ति सेनाले आपत्ति जनाउँदै आएको छ  ।


चिकित्सकलाई कारबाहीको माग गर्दै विद्यार्थीहरुले गरे जनकपुरमा विरोध प्रदर्शन
चिकित्सकलाई कारबाहीको माग गर्दै विद्यार्थीहरुले गरे जनकपुरमा विरोध प्रदर्शन

जनकपुरधाम । जनकपुर अञ्चल अस्पतालका चिकित्सकको कारबाहीको माग गर्दै विद्यार्थीहरुले आज विरोध प्रदर्शन गरेका छन् । गत आइतबार चिकित्सक डा. आनन्द झाको लापरबाहीका कारण जनकपुरधामस..

‘नेपाल र भारत दुवैले एक आपसको हित हेर्नुपर्छ, भीख माग्न हुन्न’
‘नेपाल र भारत दुवैले एक आपसको हित हेर्नुपर्छ, भीख माग्न हुन्न’

काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले नेपाल र भारत दुवैले एक आपसको हित हेर्नुपर्छ । डा. दिक्षितले भारतमा नरेन्द्र मोदी र उनको पार्टी भारतीय जनता पार्टीले ब..

आजको मौसम: देशभर सामान्य बदली, यी स्थानमा पानी पर्ने
आजको मौसम: देशभर सामान्य बदली, यी स्थानमा पानी पर्ने

काठमाडौं । मंगलबार देशभरको मौसम सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको मौसमविदले बताएका छन् । मंगलबार दिन..

‘अब आर्थिक उन्नती र विकासको युग सुरु भएको छ, हाम्रो यात्रा सुरु गर्छौं’
‘अब आर्थिक उन्नती र विकासको युग सुरु भएको छ, हाम्रो यात्रा सुरु गर्छौं’

काठमाडौँ । एशिया प्रशान्त क्षेत्रको नागरिक हवाइ नियामक क्षेत्रका महानिर्देशकहरुको ५६ औं सम्मेलनको आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब द्रुतगतिमा आर्थिक..