प्रदेश २ को नाम ‘मधेश प्रदेश’ घोषणा


नेपाल पाना प्रकाशित: २०७५-१०-६ गते
प्रदेश २ को नाम ‘मधेश प्रदेश’ घोषणा

सिरहा । प्रदेश २ मा प्रदेश सरकारले नामांकन लागि सुझाव संकलन गरिरहेको बेला संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रदेश २ को नाम चाडै नै ‘मधेस प्रदेश’ हुने बताएका छन्।

उनले प्रदेश २ का सरकारले सिरहाको लहानमा आयोजना गरेको १२ औँ बलिदानी दिवसको कार्यक्रममा यस्तो बताएका हुन् । स्वास्थ्य मन्त्री यादवले संघीयता, गणतन्त्र र समावेशिता कांग्रेस(कम्युनिस्टले नपचाइरहेको आरोप पनि लगाए।

‘उनीहरुलाई संघीय प्रणाली टाउँकोमा लादेको महसुस भइरहेको छ,’ उनले भने, ‘आफैंले बनाएको संविधानमा इमानदारिता देखाउँदैन।’ संविधानमा सबै वर्ग समुदायको चेहरा देख्ने गरी संविधान संशोधन गर्नुपर्ने उनको भनाइ छ। संविधान संसोधन नभए संघर्षमा जाने उनले बताए।

मन्त्री यादवले सरकारमा गएको विषयमा समेत बोले । ‘धेरैले भन्ने गर्छ सरकारमा गयो, तर आफूहरु संविधान संशोधनकै लागि मत दिएको र सरकारमा गएका छौँ,’ उनले भने,‘मतले दुई तिहाइको सरकार बनेको छ, संविधान संशोधनका लागि पनि दुई तिहाई चाहिन्छ, त्यसैले सरकारमा गएका छौँ।’

संघीयता भाड्ने षडयन्त्र भइरहेको उनको भनाइ  छ। अहिले प्राप्त अधिकारलाई संस्थागत गर्दै बाँकी अधिकार प्राप्तीका लागि संघर्ष गर्दै जाने उनले बताए।

‘प्रदेश सरकारसँग अधिकार, जनशक्ति र स्रोतसाधन सिमित छ, कसरी काम गर्छ ?,’ उनले भने,‘प्रदेशलाई अधिकार दिनुपर्छ, प्रदेश २ अगाडि बढेमात्रै संघीय गणतन्त्र संस्थागत हुन्छ।’ सबैको आशा र भरोसा प्रदेश २ माथि रहेको उनले बताए।


मेट्रो रेलमा भारतीय र चिनीयाँ कम्पनीबीच प्रतिस्पर्धा सुरु 
मेट्रो रेलमा भारतीय र चिनीयाँ कम्पनीबीच प्रतिस्पर्धा सुरु 

काठमाडौँ । काठमाडौँ उपत्यकामा मेट्रो रेल निर्माण र सञ्चालन गर्न विस्तृत सम्भाव्यता अध्ययन (डिपीआर) का लागि भारत र चिनियाँ कम्पनीबीच प्रतिस्पर्धा सुरु भएको छ ।  लगानी ब..

वर्षमा दुईथरी दूधको मूल्य निर्धारण गरिने
वर्षमा दुईथरी दूधको मूल्य निर्धारण गरिने

काठमाडौं । दूधको उत्पादन दरअनुसार वर्षमा दुईथरी मूल्य निर्धारण गरिने भएको छ ।  कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गठन गरेको कार्यदलले दूध बढी उत्पादन हुने सिजनमा र क..

नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठकमा पुरानै एजेन्डा
नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठकमा पुरानै एजेन्डा

काठमाडौं । परराष्ट्रमन्त्री स्तरमा बुधबार सुरु हुने नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठकमा प्रबुद्ध व्यक्ति समूह९इपिजी०ले यसअघि सम्बोधन गरेकै मुद्दा तथा सुल्झन नसकेका द्..

निगमले आफ्नै ब्रान्डका ग्यास सिलिन्डर उत्पादन गर्ने
निगमले आफ्नै ब्रान्डका ग्यास सिलिन्डर उत्पादन गर्ने

काठमाडौं । नेपाल आयल निगमले आफ्नै ब्रान्डमा खाना पकाउने ग्यासका सिलिन्डर उत्पादन गर्ने भएको छ । निगमले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममार्फत तीन स्थानमा ग्यासको भण्डा..