राजपा संयोजकको जिम्मेवारी यादवलाई


नेपाल पाना प्रकाशित: २०७५-१०-६ गते
राजपा संयोजकको जिम्मेवारी यादवलाई

काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपालले अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी महेन्द्रराय यादवलाई दिने निर्णय गरेको छ । 

पार्टी केन्द्रीय कार्यालय बबरमहलमा आज बसेको बैठकले चक्रीय प्रणालीअनुसार यही माघ ६ गतेदेखि अध्यक्ष मण्डलका सदस्य यादवलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले जानकारी दिए ।

बैठकले शहीद परिवारलाई सहयोग गर्न शहीदको सम्मानस्वरुप बलिदानी दिवसका अवसर पारेर ‘शहीद कल्याण कोष’ स्थापना गर्ने निर्णय गरेको छ । त्यसैगरी यही माघ १६ गते केन्द्रीय पर्यवेक्षकको उपस्थितिमा जिल्ला सदरमुकाममा सदस्यता अभियानको समीक्षा बैठक गर्ने निर्णयसमेत गरेको छ ।


 लाखौँ भारतीय रुपैयाँसहित पाँच जना पक्राउ
 लाखौँ भारतीय रुपैयाँसहित पाँच जना पक्राउ

दाङ । स्रोत नखुलेको लाखौँ भारतीय रुपैयाँसहित पाँच जना पक्राउ परेका छन् ।  ईलाका प्रहरी कार्यालय अमेलियाले स्रोत नखुलेको भारतीय रकमसहित दुई जना महिला र तीन जना पुरुष गर..

फ्याक्ट्रीमा भीषण आगलागी, अझै आगो नियन्त्रणमा आएन
फ्याक्ट्रीमा भीषण आगलागी, अझै आगो नियन्त्रणमा आएन

ललितपुर । गोदावरी नगरपालिकाको वडा नं.१३, झरुवाराशीमा रहेको गुराया फूड प्रोडक्टको फ्याक्ट्रीमा भीषण आगलागी भएको छ ।  चिजबल कारखानामा मंगलबार साढे ११ बजेबाट भीषण आगलागी..

चट्याङ्ग लागेर एक बालिकाको ज्यान गयो
चट्याङ्ग लागेर एक बालिकाको ज्यान गयो

उदयपुर । त्रियुगा नगरपालिका-१५ खाँबुमा चट्याङ्ग लागेर एक बालिकाको ज्यान गएको छ । त्रियुगा नगरपालिका-१५ खाँबुका १३ बर्षीय निर्मला मगरको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहर..

प्रहरीको हतियार लुटी गोली प्रहार गरेर फरार अभियुक्त पक्राउ 
प्रहरीको हतियार लुटी गोली प्रहार गरेर फरार अभियुक्त पक्राउ 

रौतहट । प्रहरीको हतियार लुटी गोली प्रहार गरेर फरार रहेका एक जना अभियुक्त सोमबार साँझ पक्राउ परेको छ ।  जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले झाँझ पुलबाट गरुडा नगरपालिक..