ट्रम्पलाई दवाब दिन न्यूयोर्कमा प्रदर्शन, हजारौं महिलाहरुको सहभागी


नेपाल पाना प्रकाशित: २०७५-१०-६ गते
ट्रम्पलाई दवाब दिन न्यूयोर्कमा प्रदर्शन, हजारौं महिलाहरुको सहभागी

न्यूयोर्क । दशौँ हजार महिलाले अमेरिकाको न्यूयोर्कमा बृहत प्रदर्शन गरेका छन् । चिसो हावाको चुनौती सहँदै महिला अधिकार र लैङ्गिक असमानता अन्त्यलगायतका माग राख्दै उनीहरुले शनिबार प्रदर्शन गरेको समाचारमा जनाइएको छ । वार्षिक देशव्यापी कार्यक्रम अन्तर्गत उनीहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शन गर्नुपूर्व उनीहरु स्थानीय समयानुसार बिहान ११ बजेको आसपासमा म्यानह्याटनको पश्चिमतर्फ भेला भएका थिए ।  प्रदर्शनमा सहभागी हजारौँले आफैँ बनाएका फरक(फरक पोस्टर तथा ब्यानरहरु प्रदर्शन गर्नुका साथै विभिन्न नारा लगाएका थिए । 

उनीहरुले व्यानर, पोष्टर र नारामा लैङ्गिकतासम्बन्धी र मुलुकमा भइरहेको अन्याय सम्बन्धी विषयलाई उठाएका थिए ।  ‘महिलाहरुको नयाँ अवस्था र भविष्यका लागि म प्रदर्शनमा सहभागी भएको हुँ,’ १७ वर्षीया इमिली बाल्टरले भनिन् । 

स्थानीय जेनिफर एडिसनले पनि महिला अधिकारका लागि आफूहरु सङ्घर्षमा रहेको बताइन् । म्यानह्याटनबाट सुरु भएको प्रदर्शनमा एक हजार पाँच सय सहभागी भएका थिए । 

सन् २०१७ को जनवरीमा पहिलो महिला ¥याली आयोजना गरिएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथग्रहण समारोह भइरहेका बेला दबाब दिनका लागि त्यतिबेला पहिलो पटक महिलाहरुले र्यालीको आयोजना गरेका थिए ।


कश्मीर मामिला : मोदी र ट्रम्पले टेलिफोनमा आधाघण्टासम्म के कुरा गरे ?
कश्मीर मामिला : मोदी र ट्रम्पले टेलिफोनमा आधाघण्टासम्म के कुरा गरे ?

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीर मामिलाबारे पहिलोपटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन कुराकानी गरेका छन् । जम्मु–कश्मीरलाई लिएर भा..

अत्याधिक वर्षासँगै आएको बाढिपहिरोका कारण भारतमा ४१ जनाको मृत्यु
अत्याधिक वर्षासँगै आएको बाढिपहिरोका कारण भारतमा ४१ जनाको मृत्यु

काठमाडौं । अत्याधिक वर्षासँगै आएको बाढिपहिरोका कारण भारतमा ४१ जनाको मृत्यु बाढिका कारण भारतको उत्तराखण्डमा १७ जनाको मृत्यु भएको छ भने हिमाचलमा पहिरो जाँदा २४ जनाको मृत्यु भ..

भारतको परमाणु हतियारलाई लिएर पाकिस्तानी प्रधानमन्त्री 'त्रस्त' !
भारतको परमाणु हतियारलाई लिएर पाकिस्तानी प्रधानमन्त्री 'त्रस्त' !

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँग भएको परमाणु हतियारबारे त्रस्त हुँदै अन्तर्राष्ट्रिय समुदायसँग गुहार मागेका छन् ।  विधुतीय सामाजिक सञ्जाल ट्वीट..

आत्मघातीले विवाह मण्डप नै उडाइदिँदा काबुलमा ठूलो मानवीय हताहती
आत्मघातीले विवाह मण्डप नै उडाइदिँदा काबुलमा ठूलो मानवीय हताहती

अफगानिस्तान । राजधानी काबुलमा भईरहेको एक विवाह समारोहमा आत्मघाती बम आक्रमण भएको छ । अफगानिस्तानको गृह मन्त्रालयले पछिल्लो हमलामा कैयौं मानिसको ज्यान गएको जनाएको छ । ..