दक्षिण अमेरिकी राष्ट्र चिलीमा गयो ६.७ म्याग्नीच्यूडको भूकम्प


नेपाल पाना प्रकाशित: २०७५-१०-६ गते
दक्षिण अमेरिकी राष्ट्र चिलीमा गयो ६.७ म्याग्नीच्यूडको भूकम्प

चिली । दक्षिण अमेरिकी राष्ट्र चिलीको उत्तरी भेगमा ६ दशमलब ७ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । 
a
अमेरिकी सर्भेका अनुसार जमिनबाट करिब ५३ किलोमिटर गहिराईमा रहेको उक्त भूकम्पको केन्द्रविन्दु चिलीको कोकिम्बो शहरबाट करिब १५ किलोमिटर दक्षिण पश्चिममा रहेको थियो ।

भूकम्पको अनुभव चिलीका भालपाराइसो, हिग्गीन्स र राजधानी सान्टियागोका साथै अटाकामा र कोकिम्बोमा गरिएको थियो । भूकम्पपछि हजारौं घरमा विद्युत सेवा अबरुद्ध भएको थियो ।

राष्ट्रिय विपद कार्यालयका रिकार्डो टोरोका अनुसार भूकम्पबाट जनमानसमा त्रास फैलिएको थियो । तर, भूकम्पबाट जनधनको क्षति भएको विवरण प्राप्त नभएको रिकार्डोले बताए । चिली विश्वमै भूकम्पीय जोखिमयुक्त राष्ट्र हो ।

सन् १९६० मा चिलीको भाल्डीभियामा गएको भूकम्प सबैभन्दा ठूलो मानिन्छ । अमेरिकी सर्भेका अनुसार त्यसबखत ९ दशमलब ५ म्याग्नीच्यूडको भूकम्प गएको थियो ।


कश्मीर मामिला : मोदी र ट्रम्पले टेलिफोनमा आधाघण्टासम्म के कुरा गरे ?
कश्मीर मामिला : मोदी र ट्रम्पले टेलिफोनमा आधाघण्टासम्म के कुरा गरे ?

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीर मामिलाबारे पहिलोपटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन कुराकानी गरेका छन् । जम्मु–कश्मीरलाई लिएर भा..

अत्याधिक वर्षासँगै आएको बाढिपहिरोका कारण भारतमा ४१ जनाको मृत्यु
अत्याधिक वर्षासँगै आएको बाढिपहिरोका कारण भारतमा ४१ जनाको मृत्यु

काठमाडौं । अत्याधिक वर्षासँगै आएको बाढिपहिरोका कारण भारतमा ४१ जनाको मृत्यु बाढिका कारण भारतको उत्तराखण्डमा १७ जनाको मृत्यु भएको छ भने हिमाचलमा पहिरो जाँदा २४ जनाको मृत्यु भ..

भारतको परमाणु हतियारलाई लिएर पाकिस्तानी प्रधानमन्त्री 'त्रस्त' !
भारतको परमाणु हतियारलाई लिएर पाकिस्तानी प्रधानमन्त्री 'त्रस्त' !

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँग भएको परमाणु हतियारबारे त्रस्त हुँदै अन्तर्राष्ट्रिय समुदायसँग गुहार मागेका छन् ।  विधुतीय सामाजिक सञ्जाल ट्वीट..

आत्मघातीले विवाह मण्डप नै उडाइदिँदा काबुलमा ठूलो मानवीय हताहती
आत्मघातीले विवाह मण्डप नै उडाइदिँदा काबुलमा ठूलो मानवीय हताहती

अफगानिस्तान । राजधानी काबुलमा भईरहेको एक विवाह समारोहमा आत्मघाती बम आक्रमण भएको छ । अफगानिस्तानको गृह मन्त्रालयले पछिल्लो हमलामा कैयौं मानिसको ज्यान गएको जनाएको छ । ..