‘न मनमा नापिन्छ माया, न तुलोमा जोखिन्छ माया’ भन्दै बजारमा आए बालगायक प्रिन्स (भिडियोसहित)


नेपाल पाना प्रकाशित: २०७५-१०-६ गते
‘न मनमा नापिन्छ माया, न तुलोमा जोखिन्छ माया’ भन्दै बजारमा आए बालगायक प्रिन्स (भिडियोसहित)

काठमाडौं । चितवनको सौराहा घर भई हाल काठमाडौँ बस्दै आएका ११ वर्षीय बालगायक प्रिन्स सिलवालको पहिलो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उनकै स्वर रहेको ‘न मनमा नापिन्छ माया, न तुलोमा जोखिन्छ माया’ को म्यूजिक भिडियो बजारमा आएको हो ।

पर्यटकीय क्षेत्र सौराहामा छायाङ्कन गरिएको भिडियोमा मौलिक पोशाकमा सजिएका थारू युवतीको कोरस नृत्य अगाडि प्रिन्सको मोडलिङ छ । उनले किशोरी निशा पाण्डे र जेनी धमलासँग मोडलिङमा रोमान्स गरेका छन् ।

उनी गोल्डेन होराइजन एकाडेमी काठमाडौँमा कक्षा ५ मा पढ्दै छन् । यस भिडियोका निर्देशक सञ्जय पाण्डे हुन् । गीतमा वसन्त वित्यासी थापाको शब्द र अशोक लोहारुङ राईको सङ्गीत रहेको छ । उक्त म्युजिक भिडियोलाई ‘वेष्ट टोन म्युजिक’ले युट्युवमा ल्याएको छ ।


‘आ है तीज आयो’ बोलको गीत बजारमा (भिडियोसहित)
‘आ है तीज आयो’ बोलको गीत बजारमा (भिडियोसहित)

काठमाडौं । गायिका मीना निरौलाले  ‘आ है तीज आयो’ बोलको गीत बजारमा ल्याएकी छिन् । गीतमा सुष्मा महराले शब्द लेखेकी छिन् । यस्तै गीतको भिडियोमा नीता ढुंगना र स..

नेपालको 'अमिताभ बच्चन' भन्दै भारतमा महानायक राजेशको चर्चा, शाहरुखसँग पनि मिल्यो केमेस्ट्री
नेपालको 'अमिताभ बच्चन' भन्दै भारतमा महानायक राजेशको चर्चा, शाहरुखसँग पनि मिल्यो केमेस्ट्री

काठमाडाैं। नेपालका महानायक राजेश हमाल भारतीय मिडियामा छाएका छन्। भारतको प्रमुख सञ्चारमाध्यम आजतकको अनलाइन संस्करणले ‘ये हैं नेपाली सिनेमा के ‘अमिताभ बच्चन&rsq..

‘लभ डायरीज’को ‘सुन्यौ कि सुनेनौ तिमीले ?’ सार्वजनिक
‘लभ डायरीज’को ‘सुन्यौ कि सुनेनौ तिमीले ?’ सार्वजनिक

काठमाडौं । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘लभ डायरीज’को प्रचारको पहिलो थालनी ‘सुन्यौ कि सुनेनौ तिमीले ?’ गीतबाट गरेको छ ।  अर्जुन..

उदित नारायण झालाई पछिल्लो एक महिनादेखि ज्यान मार्ने धम्की
उदित नारायण झालाई पछिल्लो एक महिनादेखि ज्यान मार्ने धम्की

काठमाडौं । भारतीय मिडियाका अनुसार पछिल्लो एक महिनादेखि गायक उदित नारायण झालाई ज्यान मार्ने धम्की आएको छ ।   झाले पछिल्लो एक महिनादेखि कोही व्यक्तिले फोनमा हानी नोक्सान..