जीतजंगको नेतृत्वमा कम्युनिष्ट सरकारविरुद्ध उत्रियो तरुण दल, ओलीलाई घेर्ने यस्तो छ भयंकर तयारी


नेपाल पाना प्रकाशित: २०७५-१०-६ गते
जीतजंगको नेतृत्वमा कम्युनिष्ट सरकारविरुद्ध उत्रियो तरुण दल, ओलीलाई घेर्ने यस्तो छ भयंकर तयारी

काठमाडाैँ । पछिल्लो समय देशमा बढिरहेको बेतिथी, भ्रष्टाचार लगायत कम्युनिष्ट सरकारको संविधान विरोधी गतिविधिमाथि एक्सन लिन प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुणदलले विशेषा योजना अनुरुप सातै प्रदेशमा कार्यकर्ताहरुलाई तयारी अवस्थामा राखेको छ।

राजनीति क्षेत्रमा स्वच्छ र इमान्दार छवी बनाएका तरुण दलका अध्यक्ष जीत जंग बस्नेतका अनुसार सरकार अधिनायकवादी चरीत्र, भ्रस्टाचार, महङ्गी, मुल्यबृद्धी, वाइडबडी,निर्मला पन्त लगायतका गैरकानुनी र अलोकतान्त्रिक रवैयाको बिरोधमा सातै प्रदेशको राजधानीमा बिरोध कार्यक्रम गर्न लागिएको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओली नेतृत्वको सरकारविरूद्ध तरुण दलले सातै प्रदेशका केन्द्रमा आगामी ८ गतेदेखि शसक्त रुपमा आन्दोलन गर्न लागेको हो। तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले शनिबार निकालेको प्रेस विज्ञप्तिमा माघ ८ देखि १४ गतेसम्म प्रदेशका केन्द्रमा विरोध कार्यक्रम तय गरेको उल्लेख छ।

निर्मला पन्तका बलात्कारी तथा हत्यारालाई सरकारले संरक्षण गरेपछि उत्पन्न भयावह अवस्था, वाइडबडी विमान खरिद प्रकरणमा संसदीय समितिलाई स्वतन्त्रतापूर्वक छानबिन गर्न नदिन सरकारले लगाएको अंकुशपछि उत्पन्न भ्रष्टाचारको कहालीलाग्दो अवस्था लगायत जल्दाबल्दा समस्या तरूण दलले उठाउँदै आएकोछ ।

यसैगरी, संघीयतालाई धराप पार्ने किसिमले ल्याइएका विधेयक तथा सरकारका गतिविधि, गरिब जनताको ढाड सेक्ने गरी वृद्धि गरिएको कर, मधेसी तथा जनजाति समुदायको माग सम्बोधन हुने गरी संविधान संशोधन विधेयक ल्याउन प्रति चासो नदेखाएको, डा।गोविन्द केसीका माग पूरा गर्ने गरी विधेयक ल्याउन गरिएको ढिलासुस्ती, कर्मचारी समायोजनका सन्दर्भमा ल्याइएको विभेदकारी हस्तक्षेप, नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनका नाममा २३ अर्ब रुपैयाँ हिनामिना गर्न लागिएको प्रकरणलगायतका मुद्दालार्इ लाक्षित गरी तरूण दलले विरोध कार्यक्रम आयोजना गरेको हो।

अध्यक्ष बस्नेतले भने,'गत बिहीबार बुटवलमा  कांग्रेसका युवा नेताहरुले सरकारविरूद गरेको शक्ति प्रर्दशन जस्तै आन्दोलनको रूपमा रहेनेछ।' अध्यक्ष बस्नेतले सकेसम्म सर्वसाधारणको जनजीवनमा असर नपर्ने सरकारिवरूद विरोध कार्यकम गरिने बताए। सरकार विरुद्धको आन्दोलन अन्तरगत प्रदेश राजधानीहरुमातरुण दलले माघ ८ गते १ नम्बर प्रदेशको विराटनगरमा, माघ ९ गते २ नम्बर प्रदेशको जनकपुरमा, माघ १० गते ३ नम्बर प्रदेशको हेटौडामा र माघ ११ गते गण्डकी प्रदेशको पोखरामा आन्दोलन गर्ने भएको छ ।

यस्तै ५ नम्बर प्रदेशको भैरहवामा माघ १२ गते, कर्णाली प्रदेशको सुर्खेतमा माघ १३ गते र सुदूरपश्चिम प्रदेशको धनगढीमा माघ १४ गते आन्दोलन गर्ने निर्णय अनुसार विरोध कार्यक्रमलार्इ अन्तिम रूप दिएको छ।

 

 


तरकारीमा लुटतन्त्र - सिंहदरबारमा निर्णय, सिमानामा भ्रष्टाचार, भान्सामा निस्तो गाँस !
तरकारीमा लुटतन्त्र - सिंहदरबारमा निर्णय, सिमानामा भ्रष्टाचार, भान्सामा निस्तो गाँस !

काठमाडौं । व्यापारीहरुले मौसमी तरकारीहरु समेत किन्नै नसकिनेगरी मूल्य बढाउँदा मौन बसेको सरकारले गत असार २ गते यस्तो निर्णय ग-यो : जसले स्वदेशी कृषकहरुलाई होईन, उल्टै तस्कर..

सिमामा नेपालीलाई दुःख नदिन उत्तरप्रदेशका मुख्यमन्त्री योगीको निर्देशन, आफैंले अनुगमन गर्ने
सिमामा नेपालीलाई दुःख नदिन उत्तरप्रदेशका मुख्यमन्त्री योगीको निर्देशन, आफैंले अनुगमन गर्ने

लखनउ । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल–भारत सिमानामा नेपालीहरुलाई कुनै पनि हालतमा दुःख नदिन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् ।  नेपाल फ..

अटोलाई जेसिबीले दियाे ठक्कर, यस्ताे छ अवस्था 
अटोलाई जेसिबीले दियाे ठक्कर, यस्ताे छ अवस्था 

भीमदत्तनगर । शुक्रबार बिहान भएको दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।  कञ्चनपुरको भीमदत्तनगरपालिका–६ वनगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा गड..

विदेशी टिभी च्यानल हेर्न नपाउने कानुन ल्याउँदै ओली सरकार, करोडौंको राजस्व गुम्ने
विदेशी टिभी च्यानल हेर्न नपाउने कानुन ल्याउँदै ओली सरकार, करोडौंको राजस्व गुम्ने

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारले नयाँ विज्ञापन नीति ल्याउँदै छ । देशमा सञ्चालित विदेशी टेलिभिजन च्यानलहरु बन्द गर्नेगरी आउन लागेको नियमका कारण अब नेपाली..