‘पार्टीमा अनुशासन समिति बनाएर छाडातन्त्र अन्त्य गरिन्छ’ : सभापति देउवा


नेपाल पाना प्रकाशित: २०७५-१०-६ गते
‘पार्टीमा अनुशासन समिति बनाएर छाडातन्त्र अन्त्य गरिन्छ’ : सभापति देउवा

तनहुँ । तनहुँमा आइतबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्र अनुशासनको खाँचो रहेको बताएका छन् । अनुशासनभन्दा बाहिर गएर कसैले पनि काम गर्न नहुने उनले बताए । 

विशेष अधिवेशनका नाममा फैलाइएको हल्लाको पछाडि नलाग्न आग्रह गर्दै सभापति देउवाले केही गुनासा भए पार्टीभित्र बसेर छलफल गर्न सकिने तर विधि विधानबाहिर गएर सञ्चालन हुने गतिविधि पार्टीलाई मान्य नहुने उल्लेख गरे । उनले एकजुट भएर अगाडि बढे कांग्रेसलाई कसैले पनि पराजित गर्न नसक्ने उल्लेख गर्दै गरे । ’अनुशासन समिति बनाएर छाडातन्त्र अन्त्य गरिन्छ,’ देउवाले भने, ‘एउटा चुनाव हार्दैमा निराश हुनुपर्दैन, आगामी चुनाव जित्ने गरी तयारीमा जुट्नुहोस ।’ 

महासमितिको बैठकबाट पारित पार्टी विधान उत्कृष्ट रहेकोे जिकिर गर्दै देउवाले पार्टीलाई तलदेखि माथिसम्म समावेशी बनाएर लैजान बनेको विधान पार्टीको आत्मविश्वासको प्रतीक भएको स्पष्ट पारे । तनहुँको शुक्लागण्डकीमा रहेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र खारेज हुन नदिने उनले बताए । देउवाले सरकार हत्या, हिंसा र बलात्कारका दोषीलाई कारबाही गर्न असफल भएकोले त्यस विरूद्द आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए । 

महामन्त्री डा। शशांक कोइरालाले आन्तरिक एकता नहुनु नै कांग्रेस हारको मुख्य कारण भएको बताए । कम्युनिस्ट पार्टी मिलेकाले नभई पार्टीभित्र एकता नहुँदा चुनावमा यो अवस्थामा पुगेको उनको भनाई थियो । तनहुँमा पूर्वसहमहामन्त्री गोविन्दराज जोशी पक्षले गर्न लागेको विशेष अधिवेशन विधानअनुसार नभएकाले उनीहरूलाई बोलाएर छलफल गर्नुपर्ने कोइरालाले बताए ।  

केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, रामशरण महत, शङ्कर भण्डारी, प्रदीप पौडेल, जीवन परियार, पूर्वकेन्द्रीय सदस्य कृष्णचन्द्र नेपालीलगायतले पार्टीको जनआधार अहिले पनि बलियो रहेकाले चुनावको नतिजाबाट निराश नहुन कार्यकर्तालाई आग्रह गरे ।


चिकित्सकलाई कारबाहीको माग गर्दै विद्यार्थीहरुले गरे जनकपुरमा विरोध प्रदर्शन
चिकित्सकलाई कारबाहीको माग गर्दै विद्यार्थीहरुले गरे जनकपुरमा विरोध प्रदर्शन

जनकपुरधाम । जनकपुर अञ्चल अस्पतालका चिकित्सकको कारबाहीको माग गर्दै विद्यार्थीहरुले आज विरोध प्रदर्शन गरेका छन् । गत आइतबार चिकित्सक डा. आनन्द झाको लापरबाहीका कारण जनकपुरधामस..

‘नेपाल र भारत दुवैले एक आपसको हित हेर्नुपर्छ, भीख माग्न हुन्न’
‘नेपाल र भारत दुवैले एक आपसको हित हेर्नुपर्छ, भीख माग्न हुन्न’

काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले नेपाल र भारत दुवैले एक आपसको हित हेर्नुपर्छ । डा. दिक्षितले भारतमा नरेन्द्र मोदी र उनको पार्टी भारतीय जनता पार्टीले ब..

आजको मौसम: देशभर सामान्य बदली, यी स्थानमा पानी पर्ने
आजको मौसम: देशभर सामान्य बदली, यी स्थानमा पानी पर्ने

काठमाडौं । मंगलबार देशभरको मौसम सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको मौसमविदले बताएका छन् । मंगलबार दिन..

‘अब आर्थिक उन्नती र विकासको युग सुरु भएको छ, हाम्रो यात्रा सुरु गर्छौं’
‘अब आर्थिक उन्नती र विकासको युग सुरु भएको छ, हाम्रो यात्रा सुरु गर्छौं’

काठमाडौँ । एशिया प्रशान्त क्षेत्रको नागरिक हवाइ नियामक क्षेत्रका महानिर्देशकहरुको ५६ औं सम्मेलनको आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब द्रुतगतिमा आर्थिक..