ओम आयल मिलमा छापा, ८ हजार लिटर तेलमा शिलबन्दी


नेपाल पाना प्रकाशित: २०७५-१०-६ गते
ओम आयल मिलमा छापा, ८ हजार लिटर तेलमा शिलबन्दी

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ललितपुरको सुनाकोठीमा रहेको ओम आयल मिलमा रहेको ८ हजार २ सय ५० लिटर तेलमा शिलबन्दी गरेको छ ।

मिलमा रहेको त्रिवेणी ब्राण्डका १ र आधा लिटरका गरी २ हजार ९ सय ५० लिटर र किसान ब्राण्डको ५ हजार ३ सय लिटर तोरीको तेल शिलबन्दी गरिएको हो ।

उजुरीका आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी बिट चापागाउँको संयुक्त टोलीले आइतबार छापा मारेको हो ।

अनुगमनका क्रममा तोरीको तेल र प्याकिङ गर्ने मेशिन भेटिएको तर तोरी पेल्ने मिल नपाइएको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी दिए ।

भाँडोमा पकाउँदै गरेको २० लिटर अखाद्य रङ तथा आयल ग्रीन नामको धुलो रङ समेत बरामद गरिएको प्रवक्ता वस्तीको भनाइ छ । उनले थप अनुसन्धानका लागि तेलका नमूना तथा रंगका नमूना संकलन गरिएको बताए ।


 लाखौँ भारतीय रुपैयाँसहित पाँच जना पक्राउ
 लाखौँ भारतीय रुपैयाँसहित पाँच जना पक्राउ

दाङ । स्रोत नखुलेको लाखौँ भारतीय रुपैयाँसहित पाँच जना पक्राउ परेका छन् ।  ईलाका प्रहरी कार्यालय अमेलियाले स्रोत नखुलेको भारतीय रकमसहित दुई जना महिला र तीन जना पुरुष गर..

फ्याक्ट्रीमा भीषण आगलागी, अझै आगो नियन्त्रणमा आएन
फ्याक्ट्रीमा भीषण आगलागी, अझै आगो नियन्त्रणमा आएन

ललितपुर । गोदावरी नगरपालिकाको वडा नं.१३, झरुवाराशीमा रहेको गुराया फूड प्रोडक्टको फ्याक्ट्रीमा भीषण आगलागी भएको छ ।  चिजबल कारखानामा मंगलबार साढे ११ बजेबाट भीषण आगलागी..

चट्याङ्ग लागेर एक बालिकाको ज्यान गयो
चट्याङ्ग लागेर एक बालिकाको ज्यान गयो

उदयपुर । त्रियुगा नगरपालिका-१५ खाँबुमा चट्याङ्ग लागेर एक बालिकाको ज्यान गएको छ । त्रियुगा नगरपालिका-१५ खाँबुका १३ बर्षीय निर्मला मगरको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहर..

प्रहरीको हतियार लुटी गोली प्रहार गरेर फरार अभियुक्त पक्राउ 
प्रहरीको हतियार लुटी गोली प्रहार गरेर फरार अभियुक्त पक्राउ 

रौतहट । प्रहरीको हतियार लुटी गोली प्रहार गरेर फरार रहेका एक जना अभियुक्त सोमबार साँझ पक्राउ परेको छ ।  जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले झाँझ पुलबाट गरुडा नगरपालिक..