सचिव कुटपिट प्रकरण : सचिव झामाथि फेरि अर्को थप्पड झै भयो यस्तो घटना, कर्मचारीबीच मच्चयो हलचल!


नेपालपाना प्रकाशित: २०७५-१०-६ गते
सचिव कुटपिट प्रकरण : सचिव झामाथि फेरि अर्को थप्पड झै भयो यस्तो घटना, कर्मचारीबीच मच्चयो हलचल!

काठमाडौं । प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले वन, पर्यटन, वातावरण तथा उद्योग मन्त्रालयका सचिव बिद्यानाथ झालाई गरेको हातपात घटनाको न्यायोचित छानबिन गरि कारबाहीको मागसहित कर्मचारी संगठनहरुले चरणबद्ध रुपमा अनिश्चितकालीन आन्दोलनको घोषणा गरिरहेको बेला सुटुक्क आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएका छन्।घटनाको निष्पक्ष छानबिन हुने आश्वासन पाएको भनाइलाई उदृत गर्दै आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको जनाइको छ । मन्त्री यादवले उद्योग पर्यटन तथा वन मन्त्रालयका सचिव विद्यानाथलाई थप्पड हानेको बहस निकै चल्यो ।

सोही क्रममा  घटना छानबिनको लागि प्रदेश नं। २ कै आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवको सँयोजकत्वमा छानबिन समिति समेत गठन गरिएको छ भने प्रदेश कार्यालयका कर्मचारीहरु समेत छानबिन र न्यायको माग गर्दै आन्दोलित भएका थिए । गत माघ ४ गते उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट जारी गरिएको विज्ञप्तिमा कर्मचारीहरुलाई नियमित झैँ कामकारवाही निरन्तरता दिन अपिल गरिएको छ भने कर्मचारीहरुको मागप्रति साकारात्मक भएको कुरा एक प्रेस विज्ञप्तिमा उल्लेख गरेपछि कर्मचारीहरु आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएका हुन् ।

कर्मचारीहरुको छाता संगठनको रुपमा रहेको निजामति कर्मचारीहरुको अधिकारीक ट्रेड युनियन जिल्ला कार्य समिति धनुषाले समेत शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाको लागि निष्पक्ष छानबिन हुने आश्वासनलाई उदृत गर्दै आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको जनाइको छ ।

 न्यायको अपेक्षा सहित पूर्वाग्रह भएर आउने निर्णयलाई नमान्ने जनाउँदै निष्पक्ष छानबिनको प्रतिवेदनलाई आत्मसात गर्ने समेत जनाउँदै आन्दोलनका कार्यक्रम फिर्ता लिएको बताइएको छ। सचिव झाले विभिन्न आरोप लगाउँदै मन्त्री यादवले आफूलाई थप्पड हानेको भन्दै अभद्र तरिकाले गाली गलौजका साथै अभद्र टिकाटिप्पणी समेत गरिएको एक भिडियोमा देख्न सकिन्छ । मन्त्री यादवले सचिव झालाई थप्पड हानेको कुरालाई ठाडो अस्विकार गरेका छन् भने सचिव झाले आफूलाई मन्त्री यादवले थप्पड हानेको दाबी गर्दै आएका छन् ।

यसैबीच, यस घटना प्रकरणका सचिव झाले समाजिक सँजाल फेसबुक मार्फत आफूलाई मध्यराती पुनः थप्पड हानिएको बताएका छन् । उनले लेखेका छन्

चारैतिर दौडे न्यायको लागि, तर शक्तिको अगाडी निरिह बन्दै गई रहेको छु । मन्त्रीजी मलाई पिटेरै शानसंग हिड्नु भएको छ, आधिकारिक धनुषाको साथिहरु के को लागि आन्दोलन उठान गर्नु भएको थियो र के पाएर सम्झौता गर्नु भो ? मलाई राम्ररी थाहा छ तपाई मध्ये कतिजना म पिटिएकोमा रमाउनु भएको थियो, र त्यसको कारण पनि (अस्ति को सरुवा) । बिज्ञप्तिको भाषा यति कुटिल छ कि तपाईहरु प्रति रहेसहेको सम्मान पनि पखालियो। मेरो र अर्थमन्त्रि बीच को घटना ? २९ गते कै तपाईहरुकै बिज्ञप्तिसंग मेल खादैन। https://www.facebook.com/bidyanathjha/posts/10215233455922581

 


चिकित्सकलाई कारबाहीको माग गर्दै विद्यार्थीहरुले गरे जनकपुरमा विरोध प्रदर्शन
चिकित्सकलाई कारबाहीको माग गर्दै विद्यार्थीहरुले गरे जनकपुरमा विरोध प्रदर्शन

जनकपुरधाम । जनकपुर अञ्चल अस्पतालका चिकित्सकको कारबाहीको माग गर्दै विद्यार्थीहरुले आज विरोध प्रदर्शन गरेका छन् । गत आइतबार चिकित्सक डा. आनन्द झाको लापरबाहीका कारण जनकपुरधामस..

‘नेपाल र भारत दुवैले एक आपसको हित हेर्नुपर्छ, भीख माग्न हुन्न’
‘नेपाल र भारत दुवैले एक आपसको हित हेर्नुपर्छ, भीख माग्न हुन्न’

काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले नेपाल र भारत दुवैले एक आपसको हित हेर्नुपर्छ । डा. दिक्षितले भारतमा नरेन्द्र मोदी र उनको पार्टी भारतीय जनता पार्टीले ब..

आजको मौसम: देशभर सामान्य बदली, यी स्थानमा पानी पर्ने
आजको मौसम: देशभर सामान्य बदली, यी स्थानमा पानी पर्ने

काठमाडौं । मंगलबार देशभरको मौसम सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको मौसमविदले बताएका छन् । मंगलबार दिन..

‘अब आर्थिक उन्नती र विकासको युग सुरु भएको छ, हाम्रो यात्रा सुरु गर्छौं’
‘अब आर्थिक उन्नती र विकासको युग सुरु भएको छ, हाम्रो यात्रा सुरु गर्छौं’

काठमाडौँ । एशिया प्रशान्त क्षेत्रको नागरिक हवाइ नियामक क्षेत्रका महानिर्देशकहरुको ५६ औं सम्मेलनको आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब द्रुतगतिमा आर्थिक..