डा. केसीले अनसन तोड्न राखे यस्तो सर्त, ओली प्रचण्ड परे चकित!


नेपालपाना प्रकाशित: २०७५-१०-६ गते
डा. केसीले अनसन तोड्न राखे यस्तो सर्त, ओली प्रचण्ड परे चकित!

काठमाडौं ।  १२ औँ दिनदेखि अनसनरत प्रा.डा. गोविन्द केसीले कम्युनिष्ट सरकारका कमाण्डर प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड सामू पूर्ववर्ति सहमतिलाई नै अघि सरेका छन्।  तीन दिनदेखि शिक्षण अस्पतालको आईसीयू कक्षमा उपचाररत केसीलाई आइतबार आईसीयूबाट जनरल वार्डमा सरेपछि उनले पत्रकार सम्मेलन मार्फत पूर्ववर्ति सहमतिलाई अघि सरेका हुन्।   

आईसीयू कक्षबाट वार्डमा सरे लगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै डाक्टर केसीले आफूसँग गरेको सम्झौता कार्यान्वय गरे तुरुन्तै अनसन तोड्ने बताए । प्रधानमन्त्रीले आफूलाई मात्रै नभई ३ करोड नेपालीलाई धोका दिएको दाबी उनको दाबी छ ।

संसदमा पेस भएको चिकित्सा शिक्षा विधेयक परिमार्जन गर्नुपर्ने र आफूसँग सरकारले गरेको सहमति कार्यान्वयन गर्नुपर्ने लगायत ६ बुँदे माग राखेर १६ औं पटकको अनसनमा रहेका डाक्टर केसीलाई अनसनको दशौं दिन इलामबाट ल्याएर त्रिवि शिक्षण अस्पतालको आईसीयूमा राखिएको थियो ।

अनसनरत डा। केसीले आफ्ना कारण सर्वसाधारणलाई आईसीयू बेड अभाव नहोस् भनेर जनरल वार्डमा सार्न आग्रह गरेका थिए । डा। केसीकै आग्रहमा उनलाई आईसीयूबाट जनरल वार्डमा दिउँसो तीन बजे सारिएको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

यसैबीच राष्ट्रिय आवासीय चिकित्सक संघले अनसनरत डा। केसीका माग सम्बोधन नभए थप आन्दोलन गर्ने चेतावनी दिएको छ । संघले आइतबार एक विज्ञप्ति जारी गरी केसीको अनसनप्रति ऐक्यबद्धता जनाउँदै उनका पूरा गर्न सरकारलाई आग्रह गरेको हो ।

उसले डा। केसीका माग पूरा गराएर अनसन तोडाउने प्रयास नभए आन्दोलन गर्ने चेतावनी पनि सरकारलाई दिएको छ । संघका अध्यक्ष डा। सुमित पाण्डे र सचिव डा। विश्वराज तिमल्सिनाद्वारा संयुक्तरुपमा जारी विज्ञप्तिमा स्वास्थ्य क्षेत्रमा कार्यरत पेसागत स्वास्थ्यकर्मी तथा आमनेपालीको स्वास्थ्य सेवा पहुँचलाई मध्यनजर गर्दै दुर्गमसम्म सेवा पुगोस् भन्ने आसयसहित गरिएको सत्याग्रहमा ऐक्यवद्धता जाहेर गरिएको उल्लेख छ ।

 


विद्यार्थीको पक्षमा कांग्रेसले लियो बोल्ड निर्णय, अब बोर्डिंग स्कुलको दादागिरी नचल्ने, शिक्षामन्त्रीमाथि दबाब
विद्यार्थीको पक्षमा कांग्रेसले लियो बोल्ड निर्णय, अब बोर्डिंग स्कुलको दादागिरी नचल्ने, शिक्षामन्त्रीमाथि दबाब

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले शिक्षाका नाममा भइरहेको लुटतन्त्र अन्त्यका लागि भ्रातृ संगठन नेविसंघलाई परिचालन गरेको छ। पार्टीको निर्देशनअनुसार नेविसंघले निजी श..

नेकपाको सचिवालय बैठक बस्दै
नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्दै छ । पार्टी एकीकरणको बाँकी काम पूरा गर्ने विषयमा छलफल गर्न बैठक बस्न लागेको बताइएको छ ।    प्रधानमन्त्री निवास..

‘प्रचण्ड जुनसुकै बेला प्रधानमन्त्री बन्न सक्छ, बधाई दिने पहिलो व्यक्ति मै हुन्छु’
‘प्रचण्ड जुनसुकै बेला प्रधानमन्त्री बन्न सक्छ, बधाई दिने पहिलो व्यक्ति मै हुन्छु’

काठमाण्डौ । नेपालमा जनवादी कम्युनिष्ट शाषन ल्याउने नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले दावी गरेका छन् । वैद्यले आफूहरुको क्रान्ति जारी रहेको जिकिर गर्दै कम्यु..

प्रतिबन्धित नेकपाका उपत्यका ब्यूरो इञ्चार्ज माइला लामा आधारातमा समातिए 
प्रतिबन्धित नेकपाका उपत्यका ब्यूरो इञ्चार्ज माइला लामा आधारातमा समातिए 

काठमाडौं । वार्ताका लागि कोशिस गरिरहेको जनाएको सत्तारुढ कम्युनिष्ट सरकारले प्रतिबन्धित नेकपाका उपत्यका ब्यूरो इञ्चार्ज माइला लामालाई पक्राउ गरेको छ ।  पुष्पकमल दाहालले..