सरकारद्धारा गठित ५ वटा आयोगमा परिषद्ले गर्यो पाँचै जनाको नाम सिफारिस, को कुन आयोगमा भए सिफारिस?


नेपालपाना प्रकाशित: २०७५-१०-६ गते
सरकारद्धारा गठित ५ वटा आयोगमा परिषद्ले गर्यो पाँचै जनाको नाम सिफारिस, को कुन आयोगमा भए सिफारिस?

काठमाडौं । केही समयअघि सरकारले गठन गरेको ५ वटा आयोगमा संवैधानिक परिषद्ले अध्यक्षको नाम सिफारिस गरेको छ। परिषद्ले कानून बमोजिमा उनीहरुलाई आयोगको अध्यक्षमा पदमा सिफारिस गरेको हो। परिषद्को आइतबार बसेको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, समावेशी आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगमा अध्यक्षको हैसियतमा नाम सिफारिस गरेको हो।

परिषद्ले पूर्वसचिव बालानन्द पौडेललाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा सिफारिस गरेको छ।यस्तै समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदी, मधेसी आयोगको अध्यक्षमा डा। विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्षमा समिम अन्यारीलाई सिफारिस गरेको छ ।

सरकारले आयोगमा यसअघि नै सचिव तोके पनि पदाधिकारी नियुक्त नहुँदा काम गर्न सकेको थिएन । प्रदेशहरुले धेरै पहिलेदेखि वित्त आयोग गठनको माग गर्दै आएका थिए । सरकारले पुस मसान्तभित्र आयोग गठन गर्ने वचन दिएको थियो । तर एक हप्ता ढिला गरी आयोगको अध्यक्ष सिफारिस गरेको हो ।


प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक शुरु
प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक शुरु

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को सचिवालय बैठक शुरु भएको छ । बैठकमा पार्टी एकताका बाँकी काम टुंगो लगाइने अपेक्ष..

विद्यार्थीको पक्षमा कांग्रेसले लियो बोल्ड निर्णय, अब बोर्डिंग स्कुलको दादागिरी नचल्ने, शिक्षामन्त्रीमाथि दबाब
विद्यार्थीको पक्षमा कांग्रेसले लियो बोल्ड निर्णय, अब बोर्डिंग स्कुलको दादागिरी नचल्ने, शिक्षामन्त्रीमाथि दबाब

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले शिक्षाका नाममा भइरहेको लुटतन्त्र अन्त्यका लागि भ्रातृ संगठन नेविसंघलाई परिचालन गरेको छ। पार्टीको निर्देशनअनुसार नेविसंघले निजी श..

नेकपाको सचिवालय बैठक बस्दै
नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्दै छ । पार्टी एकीकरणको बाँकी काम पूरा गर्ने विषयमा छलफल गर्न बैठक बस्न लागेको बताइएको छ ।    प्रधानमन्त्री निवास..

‘प्रचण्ड जुनसुकै बेला प्रधानमन्त्री बन्न सक्छ, बधाई दिने पहिलो व्यक्ति मै हुन्छु’
‘प्रचण्ड जुनसुकै बेला प्रधानमन्त्री बन्न सक्छ, बधाई दिने पहिलो व्यक्ति मै हुन्छु’

काठमाण्डौ । नेपालमा जनवादी कम्युनिष्ट शाषन ल्याउने नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले दावी गरेका छन् । वैद्यले आफूहरुको क्रान्ति जारी रहेको जिकिर गर्दै कम्यु..