विश्वकै सवैभन्दा बृद्ध मासानो नोनाकाको ११३ बर्षको उमेरमा निधन


रासस प्रकाशित: २०७५-१०-७ गते
विश्वकै सवैभन्दा बृद्ध मासानो नोनाकाको ११३ बर्षको उमेरमा निधन

जापान । विश्वका सवैभन्दा वृद्ध मानिस मासानो नोनाकाको आइतबार निधन भएको छ ।

विमानको आविस्कार गर्ने राइट्स दाजुभाईभन्दा दुई बर्ष पछि जन्मेका नोनाकाको ११३ बर्षको उमेरमा मृत्यु भएको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।

गिनिज वर्ल्ड रेकर्डसका अनुसार नोनाकाको जन्म सन् १९०५ को जुलाईमा भएको थियो । उनको जन्म अल्वर्ट आइन्स्टाइनद्वारा प्रतिपादन गरिएको सापेक्षताको सिद्धान्तको प्रकाशन हुनुभन्दा केही महिना पहिले भएको थियो ।

गत बर्ष स्पानियार्ड फ्रान्सिसको नुनेज ओलिभेराको मृत्यु भएपछि वृद्ध जीवित मानिसहरूमध्ये सबैभन्दा पाका व्यक्तिका रूपमा गिनिजले नोनाकालाई औपचारिक मान्यता दिएको थियो ।

‘हामीलाई विश्व प्रसिद्ध जापानी नागरिक नोनाकाको निधनले दुःखी तुल्याएको छ । उनी शनिबारसम्म सामान्य जीवन विताइरहेका थिए । परिवारका सदस्यलाई समेत कुनै बोझ नबनीकन आइतबार देहत्याग गरेका छन्,’ उनकी नातिनी युकोलाई उद्धृत गर्दै क्योदो समाचार समितिले जनाएको छ । छ भाइ र एक बहीनीकी धनी नोनाकाले सन् १९३१ मा विवाह गरेका थिए । कालान्तरमा उनी ५ सन्तानका बाबु बनेका थिए ।

उनले आफ्नै गाउँमा ‘हट स्प्रिङ इन’ (होटेल) सञ्चालन गरेका थिए। उनकोे जीवनको उत्तराद्र्धमा टेलिभिजनमा कुश्ती हेर्ने र मिठाइ खाने सोख रहेको पारिवारिक स्रोतले बताएको छ ।

सामान्यतया जापानीहरूको दीर्घ जीवन हुने गर्दछ । विश्वका धेरै बर्षसम्म बाँच्ने मानिसहरूको सूचीमा कैयौँ जापानी नागरिकको सूची रहेको बताइने गरिन्छ ।

जापानी नागरिक जिरोमी किमुरा, जसलाई सबैभन्दा धेरै बाँच्नेमध्येका व्यक्तिका रूपमा मानिन्छ, को ११६ बर्षको उमेरमा सन् २०१३ मा निधन भएको थियो ।

प्रमाणित रूपमा इतिहासमा सबैभन्दा धेरै बाँच्ने व्यक्ति फ्रान्सका जेनी लुइस कालमेन्टको सन् १९९७ मा १२२ बर्षको उमेरमा निधन भएको थियो ।


नोबल पुरस्कार विजेता बेनर्जीमाथि वामपन्थी झुकावको आरोप
नोबल पुरस्कार विजेता बेनर्जीमाथि वामपन्थी झुकावको आरोप

काठमाडौं । यस वर्षका अर्थशास्त्रका नोबल पुरस्कार विजेता अभिजित बेनर्जीमाथि वामपन्थी झुकावको आरोप लागेको छ । उनलाई भारतका एकजना मन्त्रीले वामपन्थी झुकाव रहेको भन्दै त्यस्तो आर्..

बाढीका कारण दक्षिणी सुडानमा २ लाख नागरिक विस्थापित
बाढीका कारण दक्षिणी सुडानमा २ लाख नागरिक विस्थापित

जुबा । दक्षिणी सुुडानमा आएको बाढीबाट कम्तीमा पनि २ लाख नागरिक विस्थापित भएका छन् । दक्षिणी सुडानका उत्तरपूर्वी क्षेत्रमा आएकोे बाढीमा परी ती नागरिक विस्थापित भएका हुन् । ना..

हात्तीको कारण द्रुत गतिका ट्रेन रोकियो !
हात्तीको कारण द्रुत गतिका ट्रेन रोकियो !

काठमाडौं । वन्य जन्तुहरुको संरक्षण गर्नु हाम्रो दायित्व हो । विभिन्न देशहरुले वन्य जन्तुको संरक्षणको लागि क्षेत्रहरु छुटाएका छन् । त्यस्तै उत्तर बंगालको वन क्षेत्रमा पनि वन..

मस्जिदमा बम बिस्फोट, ६२ जनाको मृत्यु
मस्जिदमा बम बिस्फोट, ६२ जनाको मृत्यु

काठमाडौं । अफगानस्तान एक मस्जिदमा बम बिस्फोट हुँदा ६२ जनाको ज्यान गएको छ । शुक्रबार नमाज पढिरहेका बेला मस्जितमा बम बिस्फोट भएको हो । अफगानी अधिकारीहरुका अनुसार पूर्वी नानगह..