यतिसम्म गर्छन् ओलीका अर्थमन्त्री खतिवडा, पूर्व मूख्यसचिव कोइराला बर्खास्तीमा


नेपालपाना प्रकाशित: २०७५-१०-७ गते
यतिसम्म गर्छन् ओलीका अर्थमन्त्री खतिवडा, पूर्व मूख्यसचिव कोइराला बर्खास्तीमा

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाको दबाबमा पूर्वाधार विकास बैंकका अध्यक्ष डा. विमल कोइरालालाई बर्खास्त गरिएको छ । बैंक स्थापनाका लागि सबै प्रक्रिया पूरा भएर राष्ट्र बैंकबाट अनुमति लिने क्रममा रहेका बेला कोइरालालाई पदबाट हटाइएको हो । गत बुधबारको सञ्चालक समिति बैठकले उनलाई हटाउने निर्णय गरेको थियो । बैंकका अध्यक्षमा अनुज अग्रवाल नियुक्त भएका छन् । 

बैंक स्थापना गर्ने काममा अहोरात्र खट्दा पनि आफूलाई हटाइने कोइरालाले बताए । ‘करिब साढे तीन वर्षसम्म बैंक स्थापना गर्न मेहनत गरें । तर त्यो मेहनतको कुनै अर्थ भएन,’ पूर्व मुख्यसचिवसमेत रहेका कोइरालाले भने, ‘यसबारे उपयुक्त समयमा बोल्नेछु ।’ कांग्रेस नेतृत्वको सरकारले कोइरालालाई अध्यक्षमा नियुक्ति गरेको थियो। नागरिक दैनिकमा खबर छ ।

सरकारको १० प्रतिशत सेयर र निजी क्षेत्रबाट ९० प्रतिशत लगानी जुटाउने गरी दर्ता भएको पूर्वाधार विकास बैंकलाई सरकारले आफू अनुकूल व्यक्तिलाई नियुक्त गरेको छ।







राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो
राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो

काठमाडौं । बुधबार प्रतिनिधि सभामा बोल्दै राजपाका नेता लक्ष्मणलाल कर्णले संसद सूरु भएदेखि नै राजपाले उठाएका केही मुद्दाहरुलाई सरकारले सुन्दै नसुनेको आरोप लगाएका छन् । &lsquo..

गुठी विद्येयक फिर्ता भएपनि सरकारविरुद्ध विरोध प्रदर्शन जारी, के छ गुठीयारहरूको माग ?
गुठी विद्येयक फिर्ता भएपनि सरकारविरुद्ध विरोध प्रदर्शन जारी, के छ गुठीयारहरूको माग ?

काठमाडौं । गुठी विद्येयक फिर्ता भए पनि गुठीयारले सरकारविरुद्ध विरोध प्रदर्शन जारी राखेका छन् । गृह, सञ्चार र भूमि सुधारमन्त्रीको राजीनामा माग गर्दै माइतीघर मणडलामा उपत्यक..

कांग्रेसको अवरोधपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्न नपाउदै संसद स्थगित
कांग्रेसको अवरोधपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्न नपाउदै संसद स्थगित

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुको अवरोधका  कारण संसद स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न नपाउदै संसद स्थगित भएको हो ।  प्रधानमन्त्री..

प्रतिनिधिसभाको बैठकमा ओलीको संबोधन, गुठी विधेयकमाथि उठेका तमाम प्रश्नहरुको जवाफ दिने अनुमान
प्रतिनिधिसभाको बैठकमा ओलीको संबोधन, गुठी विधेयकमाथि उठेका तमाम प्रश्नहरुको जवाफ दिने अनुमान

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । पछिल्लो समय निकै विवादमा परेको गुठी विधेयकबारे प्रधानमन्त्री ओलीले संसदमा के धा..