काँग्रेसको मागमा ऐक्यबद्धता जनाउँदै सभामुख महराले सरकारलाई दिए यस्तो निर्देशन, ओली प्रचण्ड परे चकित!


नेपालपाना प्रकाशित: २०७५-१०-७ गते
काँग्रेसको मागमा ऐक्यबद्धता जनाउँदै सभामुख महराले सरकारलाई दिए यस्तो निर्देशन, ओली प्रचण्ड परे चकित!

काठमाडौँ ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष प्रचण्डले माफिया पोस्ने चिकित्सा शिक्षा विद्येयक पारित गर्न लागेकोमा प्रमुख प्रतिपक्षी दल नेपाली नेपाली काँग्रेसले संसद अवरुद्ध गर्दै आपत्ति जनाएको छ। दुई पटक संसद अवरुद्ध गर्दै आपत्ति जनाएपछि सभामुख कृष्णबहादुर महराले काङ्ग्रेसले उठाएको विषयलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको पहिलो बैठकमा काङ्ग्रेसले आफ्ना नेताका नाममा स्थापना भएका अस्पतालको बारेमा निर्णय नभएको भन्दै आपत्ति जनाएको थियो। काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले गत पुस १९ गतेको मन्त्रिपरिषद्को बैठकले देशका अन्य अस्पतालको विषयमा निर्णय गरे पनि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका बारेमा कुनै निर्णय नगरिएकामा गुनासो गरेका थिए।

प्रतिनिधिसभाको सोमवारको दोस्रो बैठक शुरु हुनेबित्तिकै काङ्ग्रेसका सांसदले पुनः बैठक अवरुद्ध गरेपछि सभामुख महराले प्रतिपक्षीको मागमा आफू पनि सकारात्मक रहेको बताउँदै बैठक अवरुद्ध नगर्न पटक पटक आग्रह गरेपनि काङ्ग्रेसले आशनबाट उठेर विरोध जनाएको थियो। विरोधका कारण सभामुखले बैठक मङ्गलबार अपराह्न ३ बजेसम्मका लागि स्थगन भएको जानकारी दिए।

त्यस्तै सरकारले प्रतिनिधिसभा बैठकबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने प्रक्रिया थाल्ने वित्तिकै पनि काँग्रेसले अवरोध गरेको थियो। डा। गोविन्द केसीको मागबमोजिम नै विद्येयक पारित गर्नुपर्ने भन्दै हालको प्रतिपक्षी कांग्रेस संसदमा लडिरहेको छ । सरकारले  पेलेरै विद्येयक पास गर्न लागेको प्रतिपक्षीको भनाई छ ।







राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो
राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो

काठमाडौं । बुधबार प्रतिनिधि सभामा बोल्दै राजपाका नेता लक्ष्मणलाल कर्णले संसद सूरु भएदेखि नै राजपाले उठाएका केही मुद्दाहरुलाई सरकारले सुन्दै नसुनेको आरोप लगाएका छन् । &lsquo..

गुठी विद्येयक फिर्ता भएपनि सरकारविरुद्ध विरोध प्रदर्शन जारी, के छ गुठीयारहरूको माग ?
गुठी विद्येयक फिर्ता भएपनि सरकारविरुद्ध विरोध प्रदर्शन जारी, के छ गुठीयारहरूको माग ?

काठमाडौं । गुठी विद्येयक फिर्ता भए पनि गुठीयारले सरकारविरुद्ध विरोध प्रदर्शन जारी राखेका छन् । गृह, सञ्चार र भूमि सुधारमन्त्रीको राजीनामा माग गर्दै माइतीघर मणडलामा उपत्यक..

कांग्रेसको अवरोधपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्न नपाउदै संसद स्थगित
कांग्रेसको अवरोधपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्न नपाउदै संसद स्थगित

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुको अवरोधका  कारण संसद स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न नपाउदै संसद स्थगित भएको हो ।  प्रधानमन्त्री..

प्रतिनिधिसभाको बैठकमा ओलीको संबोधन, गुठी विधेयकमाथि उठेका तमाम प्रश्नहरुको जवाफ दिने अनुमान
प्रतिनिधिसभाको बैठकमा ओलीको संबोधन, गुठी विधेयकमाथि उठेका तमाम प्रश्नहरुको जवाफ दिने अनुमान

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । पछिल्लो समय निकै विवादमा परेको गुठी विधेयकबारे प्रधानमन्त्री ओलीले संसदमा के धा..