लक्कीमाथि लागेकाे आरोप टुंगाे नलाग्दै यस कारण पठाइयाे अष्ट्रेलिया, नेकपामा उठ्याे ओलीलाई जेल काेच्नु पर्ने माग


नेपालपाना प्रकाशित: २०७५-१०-७ गते
लक्कीमाथि लागेकाे आरोप टुंगाे नलाग्दै यस कारण पठाइयाे अष्ट्रेलिया, नेकपामा उठ्याे ओलीलाई जेल काेच्नु पर्ने माग

काठमाडाैँ । अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पामाथि उनकै पूर्व कर्मचारीले लगाएको मानव तस्करीको आरोपमा छानबीन गर्न गठित आन्तरिक समितिले क्लीन चिट दिएपछि उनी फेरि अष्ट्रेलिया उडेकी छिन्। स्रोतका अनुसार सत्तारुढ दलका नेकपा द्धय अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई राजदूत शेर्पाले प्रभावमा पारेर यस्तो गम्भीर आरोपबाट उम्कन सफल भएकी छिन्।

समितिले राजदूत शेर्पालाई क्लीन चिट् दिएपछि परराष्टमन्त्री प्रदीप ज्ञवालीको निदेर्शनमा उनलाई राजदूतकै हैसियतमा अष्टेलिया पठाइएको छ। परराष्ट स्रोतका अनुसार राजदूत शेर्पा जनवरी १४ तारेखमा अष्टेलिया उडेकी थिइन्।

तर पूर्व माओवादीबाट नेकपामा केन्द्रीय सदस्य भएका नेता लेखनाथ न्यौपानेले प्रम ओली र प्रचण्डको  राजदूत शेर्पासँग सम्बन्ध कस्तो छ त्यो बारे आफुलाई थाहा नभएपनि छानविन विनै राजदूत शेर्पालाई अष्टेलिया पठाउँदा घटना शंकास्पद भएको छ। उनले केही समयअघि मनाव तस्करीमा मुछिएकी राजदूत शेर्पाले प्रधानमन्त्रीलाई तीन करोड खुवाएको कुरा सत्य हो भने प्रधानमन्त्री ओलीलाई जेल हाल्नु पर्ने धारणा सामाजिक संजालबाट राखेका छन्।

नेता न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो धारणा सार्वजनिक गरेपछि अहिले नेकपामा सनसनी मचिएको छ। उनले सामाजिक सञ्जालमा लेखेका छन्, लक्की शेर्पाले भनेको ‘३ करोड ओलीलाई बुझाएकी हुँ भन्दै सञ्चार माध्यममा सघनतामा समाचार आएको छ । यदि उनले यो बिषय भनेकै हुन् भने उनलाई तुरून्तै समातेर जेल हाल्नु पर्यो । घुस खुवाएर राजदुत बन्ने अपराध सामान्य होइन । उनलाई यो बिषय प्रमाणित गर्न लगाउनुपर्यो । यदि घुस खाएर राजदुत बनाइएको सही हो भने ओलीलाई पनि जेल कोच्नु पर्यो, खुस खाने अपराध गर्ने छुट कसैलाई छैन ।

लक्की शेर्पाले भनेको ‘३ करोड ओलीलाई बुझाएकी हुँ भन्दै सञ्चार माध्यममा सघनतामा समाचार आएको छ । यदि उनले यो बिषय भनेकै हुन् भने उनलाई तुरून्तै समातेर जेल हाल्नु पर्यो । घुस खुवाएर राजदुत बन्ने अपराध सामान्य होइन । उनलाई यो बिषय प्रमाणित गर्न लगाउनुपर्यो । यदि राजदूत लक्कीले यस्तो कुरा भनेकी छैनन् भने पत्रकारलाई पनि कटघराको दयारामा ल्याउने पर्ने उनको माग छ।

दुतावासका पुर्व कर्मचारी वाङ्गछु शेर्पाले राजदुत शेर्पालाई ‘मानव तस्करी’ गरेको आरोप लगाएपछि विपक्षी दल नेपाली कांग्रेसले उनीमाथी छानविन गर्न माग गरेको थियो। अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुले पनि सामाजिक सञ्जालहरुमा सत्यतथ्य छानविन हुनुपर्ने माग गरेका थिए।

अस्ट्रेलिया पठाउने भनेर ठगी गरेको आरोपमा सिआइबीबाट पक्राउ परेकी एक महिलाले राजदूत शेर्पासँगै मिलेर आफूले पैसा उठाएको बयान दिएपछि उनी अनुसन्धानको दायरामा तानिएकी थिइन्।

गत जेठ २ मा पक्राउ परेकी सोलुखुम्बु गोरखानी गाउँपालिका–२ घर भएकी ३० वर्षीया फुल्हम शेर्पाले राजदूत शेर्पासँगै मिलेर आफूले अस्ट्रेलिया पठाउन व्यक्तिहरूसँग पैसा उठाएको बयान दिएकी थिइन् । फुल्हम राजदूत शेर्पाका पूर्वचालक ओङछु शेर्पाकी श्रीमती हुन् । फुल्हमविरुद्ध ठगी आरोपमा सिआइबीले पक्राउ गरी अनुसन्धान गरेपछि श्रीमान् ओङछु र राजदूत  शेर्पाको समेत मिलेमतो रहेको बताएकी थिइन् ।

मनाव तस्करी गरेको सबै तिर चर्चा चलेपछि देखावटीको लागि परराष्ट्र मन्त्रालयले एक पत्र लेखेर दुतावासलाई घटनाको यथार्थ यथासक्दो जानकारी गराउन निर्देशन दिएको स्रोतले बताएको छ। पार्टीभित्रका गलत प्रवृतिको विरुद्ध निर्मम भएर लड्दै आएका प्रभावशाली नेता न्यौपानेको यो कडा प्रतिक्रियासँगै राजनीतिवृतमा तर‌ंग फैलिएको छ । अहिले प्रधानमन्त्री ओलीको बारेमा यसरी बोल्ने हिम्मत गर्नु सामान्य विषय भने होइन । गत हप्ता मात्रै पनि उनले सरकार र नेताको १५ बुँदामा भण्डाफोर गरेका थिए ।


विद्यार्थीको पक्षमा कांग्रेसले लियो बोल्ड निर्णय, अब बोर्डिंग स्कुलको दादागिरी नचल्ने, शिक्षामन्त्रीमाथि दबाब
विद्यार्थीको पक्षमा कांग्रेसले लियो बोल्ड निर्णय, अब बोर्डिंग स्कुलको दादागिरी नचल्ने, शिक्षामन्त्रीमाथि दबाब

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले शिक्षाका नाममा भइरहेको लुटतन्त्र अन्त्यका लागि भ्रातृ संगठन नेविसंघलाई परिचालन गरेको छ। पार्टीको निर्देशनअनुसार नेविसंघले निजी श..

नेकपाको सचिवालय बैठक बस्दै
नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्दै छ । पार्टी एकीकरणको बाँकी काम पूरा गर्ने विषयमा छलफल गर्न बैठक बस्न लागेको बताइएको छ ।    प्रधानमन्त्री निवास..

‘प्रचण्ड जुनसुकै बेला प्रधानमन्त्री बन्न सक्छ, बधाई दिने पहिलो व्यक्ति मै हुन्छु’
‘प्रचण्ड जुनसुकै बेला प्रधानमन्त्री बन्न सक्छ, बधाई दिने पहिलो व्यक्ति मै हुन्छु’

काठमाण्डौ । नेपालमा जनवादी कम्युनिष्ट शाषन ल्याउने नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले दावी गरेका छन् । वैद्यले आफूहरुको क्रान्ति जारी रहेको जिकिर गर्दै कम्यु..

प्रतिबन्धित नेकपाका उपत्यका ब्यूरो इञ्चार्ज माइला लामा आधारातमा समातिए 
प्रतिबन्धित नेकपाका उपत्यका ब्यूरो इञ्चार्ज माइला लामा आधारातमा समातिए 

काठमाडौं । वार्ताका लागि कोशिस गरिरहेको जनाएको सत्तारुढ कम्युनिष्ट सरकारले प्रतिबन्धित नेकपाका उपत्यका ब्यूरो इञ्चार्ज माइला लामालाई पक्राउ गरेको छ ।  पुष्पकमल दाहालले..