ओलीको निर्देशनमा चिकित्सा शिक्षा विधेयक पारित हुन थालेपछि काँग्रेसले लियो यस्तो एक्सन, संसदमा खैलाबैला(फाेटाेसहित)


नेपालपाना प्रकाशित: २०७५-१०-८ गते
ओलीको निर्देशनमा चिकित्सा शिक्षा विधेयक पारित हुन थालेपछि काँग्रेसले लियो यस्तो एक्सन, संसदमा खैलाबैला(फाेटाेसहित)

काठमाडाैँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष प्रचण्डको अप्रत्यक्ष निर्देशनमा संसदले माफिया पोस्ने चिकित्सा शिक्षा विद्येयक पारित गर्न लागेकोमा प्रमुख प्रतिपक्षी दल नेपाली नेपाली काँग्रेसले संसद अवरुद्ध गर्दै आपत्ति जनाएको छ। दुई पटक संसद अवरुद्ध गर्दै आपत्ति जनाएपछि सभामुख कृष्णबहादुर महराले संसद स्थगित गरेका छन्। 

चिकित्सा शिक्षा विधेयक र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताको नाममा रहेका अस्पताललाई वेवास्ता गरेको विषयमा प्रतिनिधिसभाको मंगलवारको बैठकमा सांसदहरुबीच घम्साघम्सी नै भएको छ। कांग्रेसले आफ्ना नेताको नाम रहेको अस्पताललाई संघीय सरकारमातहत नल्याएसम्म सदन चल्न नदिने अडान राख्दै अवरोध कायम राखेको छ भने अर्कोतिर सभामुख कृष्णबहादुर महरा पेलेरै चिकित्सा शिक्षा विधेयक अगाडि बढाउने प्रयासमा छन्। जसका कारण संसदमा घम्साघम्सीको अवस्था सिर्जना भएको हो।

कांग्रेस सांसदहरु बैठक बसेलगत्तै आफ्नो सिटबाट उठेर रोष्टम घेराउ गर्दै आएका छन्। यही बीचमा आजको दोस्रो बैठकमा सभामुखले जबरजस्ती चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्न शिक्षा मन्त्री गिरिराजमणी पोखरेललाई समय दिएपछि कांग्रेस सांसद आक्रामक रुपमा प्रस्तुत भए। उनीहरुले शिक्षा मन्त्रीलाई घेरा हालेर रोष्टमै जान दिएनन। अन्ततः सभामुख दोस्रो बैठक पनि स्थगित गर्न बाध्य भए।  गोविन्द केसीको मागबमोजिम नै विद्येयक पारित गर्नुपर्ने भन्दै हालको प्रतिपक्षी कांग्रेस संसदमा लडिरहेको छ ।

 







राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो
राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो

काठमाडौं । बुधबार प्रतिनिधि सभामा बोल्दै राजपाका नेता लक्ष्मणलाल कर्णले संसद सूरु भएदेखि नै राजपाले उठाएका केही मुद्दाहरुलाई सरकारले सुन्दै नसुनेको आरोप लगाएका छन् । &lsquo..

गुठी विद्येयक फिर्ता भएपनि सरकारविरुद्ध विरोध प्रदर्शन जारी, के छ गुठीयारहरूको माग ?
गुठी विद्येयक फिर्ता भएपनि सरकारविरुद्ध विरोध प्रदर्शन जारी, के छ गुठीयारहरूको माग ?

काठमाडौं । गुठी विद्येयक फिर्ता भए पनि गुठीयारले सरकारविरुद्ध विरोध प्रदर्शन जारी राखेका छन् । गृह, सञ्चार र भूमि सुधारमन्त्रीको राजीनामा माग गर्दै माइतीघर मणडलामा उपत्यक..

कांग्रेसको अवरोधपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्न नपाउदै संसद स्थगित
कांग्रेसको अवरोधपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्न नपाउदै संसद स्थगित

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुको अवरोधका  कारण संसद स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न नपाउदै संसद स्थगित भएको हो ।  प्रधानमन्त्री..

प्रतिनिधिसभाको बैठकमा ओलीको संबोधन, गुठी विधेयकमाथि उठेका तमाम प्रश्नहरुको जवाफ दिने अनुमान
प्रतिनिधिसभाको बैठकमा ओलीको संबोधन, गुठी विधेयकमाथि उठेका तमाम प्रश्नहरुको जवाफ दिने अनुमान

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । पछिल्लो समय निकै विवादमा परेको गुठी विधेयकबारे प्रधानमन्त्री ओलीले संसदमा के धा..