ओली प्रचण्डकोे निर्देशनमा महरा संसदमा बोलेको यस्तो कुराबाट हटेपछि, शिक्षामन्त्री परे काँग्रेसको निशानामा


नेपालपाना प्रकाशित: २०७५-१०-८ गते
ओली प्रचण्डकोे निर्देशनमा महरा संसदमा बोलेको यस्तो कुराबाट हटेपछि, शिक्षामन्त्री परे काँग्रेसको निशानामा

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष प्रचण्डको नेतृत्वको सरकारले नेपाली काँग्रेसका नेताहरुको नाममा खोलिएका अस्पताललाई खारेजी प्रक्रियामा लगेपछि उनीहरु आक्रोशित भएका छन्। काँग्रेसले उक्त विषय उठाउँदै सोमबार बसेको संसद बैठकलाई अवरुद्ध पार्दै आपत्ति जनाएपछि सभामुख कृष्ण बहादु महरा सकारात्मक देखिएका थिए। उनले सोमबारको संसदलाई स्थागित गर्दै काङ्ग्रेसले उठाएको विषयलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए थिए। तर उक्त विषयको बारेमा मंगलबारको संसद बैठकमा सभामुख महराले केही नबोलेपछि संसदमै सांसदहरुबीच घम्साघम्सी भएको थियो।

कांग्रेसका सांसदहरु मंगलबार दोस्रो संसद बैठक सुरु नहुँदै रोष्टम घेराउ गर्न पुगे, ताकि शिक्षामन्त्रीलाई रोक्न सकियोस्। नेकपाका सांसदहरुले पनि शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई रोष्टममा पठाउने प्रयास गरे । तर, कांग्रेसका सांसदहरुले मन्त्रीलाई निशानामा राखेर रोष्टममा जान दिएनन् । जसकारण संसद केही समयको लागि अस्तब्यस्त बनेको थियो।

स्रोतका अनुसार ओली प्रचण्डको निर्देशनमा सभामुख महराले सोमबारको बैठकमो बोलेको केही कुरा नै नगरी सरासर संसद चलाउँन ब्यस्त थिए। सोमबारको संसद बैठकमा काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले गत पुस १९ गतेको मन्त्रिपरिषद्को बैठकले देशका अन्य अस्पतालको विषयमा निर्णय गरे पनि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका बारेमा कुनै निर्णय नगरिएकामा गुनासो गरेका थिए।

 पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खोलिएका अस्पताललाई कम्युनिस्ट सरकारले खारेज प्रक्रियामा लगेपछि आक्रोशित बनेको नेपाली कांग्रेसले अबरोध गरेपछि संसदको बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ ।

मंगलबार दुई पटकसम्म चलेको संसद बैठकमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खुलेका अस्पतालहरू खारेज गर्न नहुने माग गर्दै सदनमा आवरोध गरेको थियो । सदन अवरोध गर्न खोज्दा कांग्रेस र सत्तारुढ दल नेकपाका सांसदहरूबीच धकेलाधकेल भएको थियो ।

कांग्रेसको अवरोध हुँदा पनि सभामुख कृष्णबहादुर महराले पेलेरै संसदको बैठक अगाडि बढाउन खोजेका थिए । दोस्रो बैठकमा महराले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई समय दिएपछि तनावको स्थिति उत्पन्न भएको थियो । त्यसपछि नेपाली कांग्रेसका सांसदहरूले महरामाथि औँला उठाउँदै प्रमुख प्रतिपक्षलाई पेलेरै लैजान खोजेको भनेर आलोचना गरेका थिए ।

कांग्रेसको अवरोधपछि सभामुख महराले दुई पटकसम्म १५–१५ मिनटका लागि संसद बैठक रोकेका थिए । तेस्रो पटक पनि नेपाली कांग्रेसले संसद चल्न नदिने भन्दै सभामुख महराकै कार्यकक्षमा पुगेर घेराउ गरेपछि शुक्रबार बिहान ११ बजेसम्मका लागि संसद बैठक स्थगित गरिएको छ । सभामुख महराको निर्देशनमा संसद सचिवालयले सूचना टाँसेर संसद बैठक शुक्रबारसम्म स्थगित गरेका हुन् ।







काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन
काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन

काठमाडौं । गुठी विधेयकले धर्म, संस्कृति र सम्पदा धराशयी बनाउँछ र गुठीका जग्गा हडप्न खोज्ने ‘भू–माफिया’ हरूको स्वार्थसिद्ध गर्छ भन्दै वसन्तपुरमा विशाल जुलुस न..

‘गुठी विधेयक खारेज नगरे कडा आन्दोलन गर्ने’
‘गुठी विधेयक खारेज नगरे कडा आन्दोलन गर्ने’

काठमाडौं । ज्यापु महागुठीले आज काठमाडौमा प्रदर्शन गरेको छ । सरकारले अघि बढाएको गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शन गरेको हाे । काठमाडौंको बसन्तपुरबाट ज्यापु म..

दलहरुमा बर्षौंदेखि एकै व्यक्तिको हैकम 
दलहरुमा बर्षौंदेखि एकै व्यक्तिको हैकम 

काठमाडौं । कम्युनिस्ट नेता मोहनविक्रम सिंह ८५ वर्षका भए । उनी यसै साता नेकपा मसालको महासचिवमा चयन भएका छन् । काठमाडौँ थानकोटस्थित ग्रिन पार्टी प्यालेसमा भूमिगत शैलीमा सम्पन..

संसदीय समितिले गुठी विधेयकका सम्बन्धमा विज्ञसँग सामूहिक छलफल गर्ने
संसदीय समितिले गुठी विधेयकका सम्बन्धमा विज्ञसँग सामूहिक छलफल गर्ने

काठमाडौं । संसदीय समितिले गुठी विधेयकका सम्बन्धमा विज्ञसँग सामूहिक छलफल गर्ने भएको छ ।  संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबार बसेको बैठकले गुठ..