तरुण दलको चरणबद्ध आन्दोलन आज हेटौडामा, कम्युनिस्ट सरकारविरुद्ध आक्रमक हुँदै यसरी ओर्लियोे सडकमा


नेपालपाना प्रकाशित: २०७५-१०-१० गते
तरुण दलको चरणबद्ध आन्दोलन आज हेटौडामा, कम्युनिस्ट सरकारविरुद्ध आक्रमक हुँदै यसरी ओर्लियोे सडकमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलको प्रदेशब्यापी चरणबद्ध आन्दोलन आज हेटौँडामा भएको छ। तरुण दलका नेताहरु कम्युनिस्ट सरकारविरुद्ध हजारौँको संख्यामा उपस्थित भएर चरणबद्ध आन्दोलनमा होमिएका हुन्। कम्युनिष्ट सरकारको संविधान विरोधी गतिविधि र अधिनायकवादविरुद्ध तरुण दलले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारलाई लक्षित गर्दै प्रदेश ३ मा विरोध र्‍याली र विरोध सभा गरेको हो।

नेपाल तरुण दलको आह्वानमा प्रदेश ३ को अस्थायी राजधानी हेटौँडामा तरुण दलका हजारौँ कार्यकर्ताहरूले ओलीसरकारविरुद्ध नाराबाजी गर्दे प्रदर्शन गरेका हुन् । प्रदर्शनलाई सम्बोधन गर्दै तरुण दलका केन्द्रिय अध्यक्ष जीतजंग बस्नेतले कम्युनिष्ट सरकार दुई तिहाईको दम्भमा संविधान विरोधी काम गर्न आगाडी रहेको बताए। उनले ओली नेतृत्वको सरकार बहुमतको परिहेको आरोप लगाए।

राजनीति क्षेत्रमा स्वच्छ र इमान्दार छवी बनाएका तरुण दलका अध्यक्ष बस्नेतका अनुसार सरकार अधिनायकवादी चरीत्र, भ्रस्टाचार, महङ्गी, मुल्यबृद्धी, वाइडबडी,निर्मला पन्त लगायतका गैरकानुनी र अलोकतान्त्रिक रवैयाको बिरोधमा सातै प्रदेशको राजधानीमा बिरोध कार्यक्रमको पूर्व निर्धारित कार्यक्रमकै योजना अनुरुप आज विराटनगरमा विरोध प्रदर्शन गरिएको हो।

त्यस्तै तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले ओली नेतृत्वको कम्युनिस्ट सरकारले देशमा अधिनायकवाद ल्याउन तल्लिन रहेको बताए। विरोध र्‍यालीपछि आयोजित विरोध सभालाई सम्बोधन गर्नेहरूले राज्यका हरेक अंगमा कम्युनिस्ट सरकारले कम्युनिस्टकरण गरेको भन्दै आपत्ति जनाए ।

तरुण दलका नेताहरूले कम्युनिष्टका नेताहरु निर्वाचन अगाडि बोलेका कुनै पनि कुरा पूरा नगरेको बताए । उनीहरूले निर्वाचनका बेला वृद्ध भत्ता पाँच हजार बनाएर घरघरमा ल्याइदिने भनेर केपी ओलीले सोझो जनतालाई झुक्काएको बताए । निर्मला पन्तका बलात्कारी तथा हत्यारालाई सरकारले संरक्षण गरेपछि उत्पन्न भयावह अवस्था, वाइडबडी विमान खरिद प्रकरणमा संसदीय समितिलाई स्वतन्त्रतापूर्वक छानबिन गर्न नदिन सरकारले लगाएको अंकुशपछि उत्पन्न भ्रष्टाचारको कहालीलाग्दो अवस्था लगायत जल्दाबल्दा समस्या तरूण दलले उठाउँदै आएकोछ ।

त्यस्तै प्रदर्शनमा सहभागीहरुले कांग्रेस नेताको नाम रहेका अस्पताललाई संघीय सरकारमातहत नल्याएसम्म सरकारविरुद्ध आन्दोलनका कार्यक्रम जारी रहने बताए। प्रदर्शनमा सहभागीहरुले कम्युनिस्ट सरकार आउनेवित्तिकै महँगी वृद्धि भएको पनि बताए । सरकार विरुद्धको आन्दोलन अन्तरगत अब माघ ११ गते गण्डकी प्रदेशको पोखरामा आन्दोलन गर्ने भएको छ ।

यस्तै ५ नम्बर प्रदेशको भैरहवामा माघ १२ गते, कर्णाली प्रदेशको सुर्खेतमा माघ १३ गते र सुदूरपश्चिम प्रदेशको धनगढीमा माघ १४ गते आन्दोलन गर्ने निर्णय अनुसार विरोध कार्यक्रमलार्इ अन्तिम रूप दिएको छ। प्रदेश १ को राजधानी विराटनगरदेखि शुरु भएको तरुण दलको विरोध र्‍याली र विरोध प्रदर्शन सातै प्रदेशका राजधानीहरूमा हुनेछ ।

 







राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो
राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो

काठमाडौं । बुधबार प्रतिनिधि सभामा बोल्दै राजपाका नेता लक्ष्मणलाल कर्णले संसद सूरु भएदेखि नै राजपाले उठाएका केही मुद्दाहरुलाई सरकारले सुन्दै नसुनेको आरोप लगाएका छन् । &lsquo..

गुठी विद्येयक फिर्ता भएपनि सरकारविरुद्ध विरोध प्रदर्शन जारी, के छ गुठीयारहरूको माग ?
गुठी विद्येयक फिर्ता भएपनि सरकारविरुद्ध विरोध प्रदर्शन जारी, के छ गुठीयारहरूको माग ?

काठमाडौं । गुठी विद्येयक फिर्ता भए पनि गुठीयारले सरकारविरुद्ध विरोध प्रदर्शन जारी राखेका छन् । गृह, सञ्चार र भूमि सुधारमन्त्रीको राजीनामा माग गर्दै माइतीघर मणडलामा उपत्यक..

कांग्रेसको अवरोधपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्न नपाउदै संसद स्थगित
कांग्रेसको अवरोधपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्न नपाउदै संसद स्थगित

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुको अवरोधका  कारण संसद स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न नपाउदै संसद स्थगित भएको हो ।  प्रधानमन्त्री..

प्रतिनिधिसभाको बैठकमा ओलीको संबोधन, गुठी विधेयकमाथि उठेका तमाम प्रश्नहरुको जवाफ दिने अनुमान
प्रतिनिधिसभाको बैठकमा ओलीको संबोधन, गुठी विधेयकमाथि उठेका तमाम प्रश्नहरुको जवाफ दिने अनुमान

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । पछिल्लो समय निकै विवादमा परेको गुठी विधेयकबारे प्रधानमन्त्री ओलीले संसदमा के धा..