काँग्रेसले एक्सन लिएपछि प्रधानमन्त्रीले संसदमा बोलेको यस्तो झुठको भयाे पर्दाफास, अन्तत: अख्तियारले सावित गर्यो गैरकानुनी


नेपालपाना प्रकाशित: २०७५-१०-१० गते
काँग्रेसले एक्सन लिएपछि प्रधानमन्त्रीले संसदमा बोलेको यस्तो झुठको भयाे पर्दाफास, अन्तत: अख्तियारले सावित गर्यो गैरकानुनी

काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको लागि  ‘वार रुम’ को ‘भिडियो कन्फेरेन्सिङ सिस्टम’ खरिदको ठेक्काको विषयमा संसदमा बोलेको कुरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सहयोगमा गैरकानुनी सावित गरेको छ। गत पुस २२ गते संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हुवावेसँग गरिएको  ‘वार रुम’ को ‘भिडियो कन्फेरेन्सिङ सिस्टम’ खरिदको ठेक्का सम्झौता प्रतिस्पर्धाबाट भएको दाबीसमेत गरेलगत्तै काँग्रेसले थप खोजी गरी ठेक्का गैरकानुनी रहेको खुलासा गरेको हो

‘डिजिटल एक्सन रुमका सम्बन्धमा केही अफवाहपूर्ण मात्र होइन, भ्रमपूर्ण मात्र होइन, असभ्य तरिकाका प्रस्तुति पनि मैले सुनेको छु। यस सम्बन्धमा कानुनी ढंगले प्रतिस्पर्धाका माध्यमबाट अगाडि बढाउने काम भएको छ। यसमा कुनै त्रुटि भएको छैन’, ओलीले संसदमा भनेका थिए। उनको यो बोली ठेक्का सम्झौता रद्ध भएपछि झुठो सावित भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘वार रुम’ को ‘भिडियो कन्फेरेन्सिङ सिस्टम’ निर्माण गर्ने ठेक्का रद्द भएको हो। सरकारले सिस्टम निर्माणको ठेक्का बिनाप्रतिस्पर्धा चिनियाँ कम्पनी हुवावेलाई दिएको दिएको खुलासा भएपछि अख्तियारले अनुसन्धान थालेको थियो।

अख्तियारले गैरकानुनी रूपमा अख्तियार दुरुपयोग गर्दै हुवावेलाई ठेक्का दिएको भन्दै उक्त कार्यमा संलग्न अधिकारीलाई छानबिन गरी कानुनबमोजिम कारबाही गर्ने प्रक्रिया सुरु गरेपछि हुवावेसँगको ठेक्का रद्द गरिएको स्रोतले बताएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोद कुँवरले हुवावेलाई दिएको ठेक्का रद्द गरिएको पुष्टि गरे।

अख्तियारको छानबिन र सोधपुछपछि सम्भावित कारबाहीबाट जोगिन हतारहतार ठेक्का रद्द गरिएको स्रोतले बतायो। स्रोतका अनुसार अख्तियारले हुवावेलाई कानुनविपरीत बिनाप्रतिस्पर्धा दिएको ठेक्काका विषयमा मुख्य सचिव लोकदर्शन रेग्मीलाई बोलाएर कानुनबमोजिम कारबाही अघि बढाउने चेतावनी दिएपछि ठेक्का रद्द गरिएको हो। अख्तियारले मुख्यसचिव रेग्मीसँग हुवावेलाई दिइएको ठेक्काको स्पष्टीकरण माग्दै कारबाही गर्ने चेतावनी दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसँगको सल्लाहबमोजिम ठेक्का रद्द गरिएको हो। रिमालले ‘कानुनविपरीत हुन्छ भने ठेक्का रद्द गरौं न त’ भनेको स्रोतको भनाइ छ।

प्रधानमन्त्रीको कार्यालयमा वार रुमको ठेक्क गैरकानुनी रहेको भनी काँग्रेसले सडकदेखि सदनमा शसक्त रुपले कुरा उठाउँदै आएको थियाे।काँग्रेसका साँसद अमरेश कुमार सिंहले प्रधानमन्त्री ओलीकै निर्देशनमा उक्त ठेक्काको प्रक्रिया अघि बढेको जुन गैरकानुनी सावित भएपछि प्रम ओलीसहित उच्च ओहोदाका ब्यक्तिहरु आर्थिक प्रभावमा परेको जस्तो लागेको बताए। उनले भन्,'यदि प्रधानमन्त्री ओली आर्थिक प्रभावमा नपरेको भए किन ठेक्का गैरकानुनी तारिकाबाट हुन्थ्यो।' त्यस्तै सत्तारुढ दल फोरकी सांसद सरिता गिरीले पनि उक्त ठेक्कामा आर्थिक चलखेल भएको बताइन्।

सार्वजनिक खरिद ऐन र नियमविपरीत यही पुस ६ गते हुवावेको बिचौलिया कम्पनीसँग सोझै वार्ता गरेर यो ठेक्का दिइएको हो। हुवावेको बिचौलिया कम्पनी चाइना कम सर्भिसेस(सिसिएस) ले पाँच करोड ४२ लाखमा ‘भिडिओ कन्फेरेन्सिङ सिस्टम’ निर्माण ठेक्का पाएको प्रधानमन्त्री कार्यालय उच्च स्रोतले बतायो।







काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन
काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन

काठमाडौं । गुठी विधेयकले धर्म, संस्कृति र सम्पदा धराशयी बनाउँछ र गुठीका जग्गा हडप्न खोज्ने ‘भू–माफिया’ हरूको स्वार्थसिद्ध गर्छ भन्दै वसन्तपुरमा विशाल जुलुस न..

‘गुठी विधेयक खारेज नगरे कडा आन्दोलन गर्ने’
‘गुठी विधेयक खारेज नगरे कडा आन्दोलन गर्ने’

काठमाडौं । ज्यापु महागुठीले आज काठमाडौमा प्रदर्शन गरेको छ । सरकारले अघि बढाएको गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शन गरेको हाे । काठमाडौंको बसन्तपुरबाट ज्यापु म..

दलहरुमा बर्षौंदेखि एकै व्यक्तिको हैकम 
दलहरुमा बर्षौंदेखि एकै व्यक्तिको हैकम 

काठमाडौं । कम्युनिस्ट नेता मोहनविक्रम सिंह ८५ वर्षका भए । उनी यसै साता नेकपा मसालको महासचिवमा चयन भएका छन् । काठमाडौँ थानकोटस्थित ग्रिन पार्टी प्यालेसमा भूमिगत शैलीमा सम्पन..

संसदीय समितिले गुठी विधेयकका सम्बन्धमा विज्ञसँग सामूहिक छलफल गर्ने
संसदीय समितिले गुठी विधेयकका सम्बन्धमा विज्ञसँग सामूहिक छलफल गर्ने

काठमाडौं । संसदीय समितिले गुठी विधेयकका सम्बन्धमा विज्ञसँग सामूहिक छलफल गर्ने भएको छ ।  संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबार बसेको बैठकले गुठ..