नेपाली काँग्रेसले सुरु गर्यो आन्दोलन, ‘काँग्रेससँग जोरी खोज्नेहरु चुरचुर हुने दावी’


नेपाल पाना प्रकाशित: २०७५-१०-११ गते
नेपाली काँग्रेसले सुरु गर्यो आन्दोलन, ‘काँग्रेससँग जोरी खोज्नेहरु चुरचुर हुने दावी’

बुटवल । राजनीतिक पूर्वाग्रहबाट प्रेरित भई सरकारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल विघटनको  संघारमा पुर्याएको भन्दै नेपाली काँग्रेस रुपन्देही आन्दोलित भएको छ । 

बाँकेको सुशील कोइराला क्यान्सर अस्पताल र तनहुँको जिपी कोइराला श्वासप्रश्वास  केन्द्रलाइ संघ मातहत नराख्ने सरकारको निर्णयविरुद्ध आज काँग्रेसले बुटवलको ट्राफिक चोकमा विरोध प्रर्दशन तथा कोणसभा  गरेको छ ।

कोणसभामा बोल्ने नेताहरुले बहुमतको दम्भमा सरकारले एकलौटी रुपमा गलत निर्णयहरु गरिरहेको भन्दै ती कदम तत्काल नसच्याए आन्दोलनलाई अझ कडा पारिने चेतावनी समेत दिएका छन् । कार्यक्रममा बोल्दै काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले कसैको पनि इतिहास मेटाउने अधिकार सरकारलाई नभएको भन्दै तत्काल निर्णय सच्चाउन माग गरे ।

दश वर्षसम्म हतियार बोकेर जंगलमा बसेको तत्कालीन माओवादीलाई शान्ति प्रक्रियामा ल्याई शान्ति सुव्यवस्था कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने गिरिजाप्रसाद  र वर्तमान संविधान निर्माण गर्न विशेष योगदान गर्ने सुशील कोइराला नेपाली काँग्रेसका मात्रै नेता नभई देशकै गौरवशाली नेता भएको सभापति रज्जाकले बताए ।

उनले सरकारले देशकै गौरवशाली नेताहरुको योगदानको अवमूल्यन गरे गाउँ गाउँबाट हजारौं जनता सडकमा ओर्लिने चेतावनी समेत दिए ।  काँग्रेससँग जोरी खोज्नेहरु चुरचुर हुने दावी गर्दै सभापति रज्जाकले वर्तमान सरकार पनि समाप्तीको बाटोतिर गइरहेको टिप्पणी गरे ।

कार्यक्रममा नेताहरु रामकृष्ण खाँण, विष्णु पोख्रेल, रामप्रसाद अधिकारी लगायतले बोल्दै  गिरिजाप्रसाद र सुशील कोइरालाको नाममा रहेको अस्पतालका सम्बन्धमा गरेको निर्णयबाट सरकार पछाडी नहने सम्म काँग्रेसको आन्दोलन नरोकिने बताए ।

सभामा बोल्ने नेताहरुले प्रतिपक्ष दलको नेताबिनै संवैधानिक आयोगहरुमा अध्यक्ष नियुक्त गरेर सरकारले सर्वसत्तावादी चरित्र देखाएको भन्दै आपत्ति जनाए ।  डा।गोविन्द केसीले उठाएका मागहरु आम जनताको पक्षमा रहेकाले तत्काल तीनको सम्बोधन गरी डा।केसीको जीवन रक्षाको माग पनि गरेका छन् । भेला अघि नेता कार्यकर्ताले बुटवलको महेन्द्रपार्कबाट ट्राफिक चोकसम्म सरकारविरुद्ध नाराबाजी गर्दै रयाली निकालेका थिए ।

सरकारले केही दिन अघि बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र तनहुँको जिपी कोइराला श्वासप्रश्वास  केन्द्र बाहेक देशका अन्य ९ वटा अस्पतालाई संघीय सरकार मातहत राख्ने निर्णय गरेको थियो ।

काँग्रेसका नेतासँग नाम जोडिएकै कारण महत्वपूर्ण र ठुला अस्पताल भएपनि सरकारले ती दुई अस्पतालाई संघ मातहत नराख्ने निर्णय गरेको भन्दै नेपाली काँग्रेसले निर्णय सच्याउन माग गर्दै संघीय संसद समेत अवरुद्ध गर्दै आएको छ । बहुमतको दम्भमा सरकारले लोकतान्त्रिक पद्दति मूल्य र मान्यता विपरितका कामहरु गरेको भन्दै रुपन्देही काँग्रेस र उसका भातृ संगठनले चरणबद्ध आन्दोलनका कार्यक्रम तय गरेका छन् ।







राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो
राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो

काठमाडौं । बुधबार प्रतिनिधि सभामा बोल्दै राजपाका नेता लक्ष्मणलाल कर्णले संसद सूरु भएदेखि नै राजपाले उठाएका केही मुद्दाहरुलाई सरकारले सुन्दै नसुनेको आरोप लगाएका छन् । &lsquo..

गुठी विद्येयक फिर्ता भएपनि सरकारविरुद्ध विरोध प्रदर्शन जारी, के छ गुठीयारहरूको माग ?
गुठी विद्येयक फिर्ता भएपनि सरकारविरुद्ध विरोध प्रदर्शन जारी, के छ गुठीयारहरूको माग ?

काठमाडौं । गुठी विद्येयक फिर्ता भए पनि गुठीयारले सरकारविरुद्ध विरोध प्रदर्शन जारी राखेका छन् । गृह, सञ्चार र भूमि सुधारमन्त्रीको राजीनामा माग गर्दै माइतीघर मणडलामा उपत्यक..

कांग्रेसको अवरोधपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्न नपाउदै संसद स्थगित
कांग्रेसको अवरोधपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्न नपाउदै संसद स्थगित

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुको अवरोधका  कारण संसद स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न नपाउदै संसद स्थगित भएको हो ।  प्रधानमन्त्री..

प्रतिनिधिसभाको बैठकमा ओलीको संबोधन, गुठी विधेयकमाथि उठेका तमाम प्रश्नहरुको जवाफ दिने अनुमान
प्रतिनिधिसभाको बैठकमा ओलीको संबोधन, गुठी विधेयकमाथि उठेका तमाम प्रश्नहरुको जवाफ दिने अनुमान

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । पछिल्लो समय निकै विवादमा परेको गुठी विधेयकबारे प्रधानमन्त्री ओलीले संसदमा के धा..