डा. केसीले अकास्मिक पत्रकार सम्मेलन गर्दै गरे यस्तो घोषणा, 'ओली परे चकित,प्रचण्ड भए हर्षित'


नेपालपाना प्रकाशित: २०७५-१०-११ गते
डा. केसीले अकास्मिक पत्रकार सम्मेलन गर्दै गरे यस्तो घोषणा, 'ओली परे चकित,प्रचण्ड भए हर्षित'

काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएलगत्तै आमरण अनसनमा बसेका डा. गोविन्द केसीले  अकास्मिक पत्रकार सम्मेलन गरेका छन् । त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा. केसीले पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्। १६ औं पटक सत्याग्रहमा रहेका डा. केसीले नैतिकताका आधारमा प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने माग गरेपछि नेकपा अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड हर्षित भएका छन्।

प्रचण्ड निकटका पूर्व माअाेवादी नेताका अनुसार यदि नैतिकताका आधारमा प्रधानमन्त्री ओलीले राजीनामा दिए नयाँ प्रधानमन्त्री प्रचण्ड नै बन्नेछन्।

पत्रकार सम्मेलन गर्दै डा केसीले प्रम ओली आफैले गराएको सम्झौता कार्यान्वयन नगर्ने नैतिकताबाट च्युत भएका प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने बताए। उनले भने,'आफैंले गराएको सम्झौता कार्यान्वयन नगर्ने नैतिकताबाट च्युत तथा आफ्नै विगतको निर्णयबाट विचलित प्रधानमन्त्री केपी शर्मा ओलीबाट तत्काल नैतिकताका आधारमा राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको छ।'

सरकारले जबरजस्ती र जालझेल गरि विधेयक पारित गरेकोमा उनले आपत्ती जनाउँदै यसले तीन करोड नागरिककको गुणस्तरीय र  सर्वसुलभ सेवा पाउने अधिकार भन्दा बढी महत्व पार्टीसँग साँठगाँठ भएका अमुक मेडिकल कलेजको स्वार्थलाई दिएको पुष्टि भएको बताए।

१७ औं दिनदेखि अनसनरतमा बसिरहेका डा। केसीका तर्फबाट क्षेत्रीले नै लिखित वक्तव्य पढेका थिए । आफूसँग भएको सहमति विपरित विधेयक पास भएको भन्दै जनतामाथि नै धोका भएको उल्लेख गरेका छन् । डा। केसीले अनसन फिर्ता लिएर विधेयक कार्यान्वयन गर्न सरकारले गरेको आग्रहलाई अस्वीकार गरेका छन् र आमरन अनसन कायमै राख्ने बताएका छन् ।

 


हात्तीको कारण द्रुत गतिका ट्रेन रोकियो !
हात्तीको कारण द्रुत गतिका ट्रेन रोकियो !

काठमाडौं । वन्य जन्तुहरुको संरक्षण गर्नु हाम्रो दायित्व हो । विभिन्न देशहरुले वन्य जन्तुको संरक्षणको लागि क्षेत्रहरु छुटाएका छन् । त्यस्तै उत्तर बंगालको वन क्षेत्रमा पनि वन..

उच्च अदालत पोखराका न्यायाधीश नरबहादुर शाही बर्खास्त
उच्च अदालत पोखराका न्यायाधीश नरबहादुर शाही बर्खास्त

काठमाडौं । न्याय परिषदले उच्च अदालत पोखराका न्यायाधीश नरबहादुर शाहीलाई सेवाबाट बर्खास्त गरेको छ । गोर्खा ब्रुअरीको कर विवादसम्बन्धी मुद्दामा क्षेत्राधिकार मिचेर आदेश गरेको..

दुर्लभ वन्यजन्तु पाटेबाघको छालासहित २ जना पक्राउ
दुर्लभ वन्यजन्तु पाटेबाघको छालासहित २ जना पक्राउ

काठमाडौं । पाटेबाघको छालासहित २  जना काठमाण्डौ महानगरपालिका-२७ स्थित ज्याठाबाट पक्राउ परेको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले धादिङ सिद्धलेख गाउँपालिका-४ घ..

जापानको निमन्त्रणामा भाग लिन राष्ट्रपति भण्डारी जादैँ
जापानको निमन्त्रणामा भाग लिन राष्ट्रपति भण्डारी जादैँ

काठमाडौं । जापानी सम्राट नारुहितोको शुभराज्याभिषेकको अवसरमा आयोजना हुने समारोहमा भाग लिन राष्ट्रपति विद्यादेवी भण्डारी जापान जाने भएकी छिन् । जापान सरकारको मैत्रीपूर्ण निमन..