पोखरामा कम्युनिष्ट सरकारविरुद्ध तरुण दलको यस्तो खबरदारी,'बहुमतको मात लाग्यो'


नेपालपाना प्रकाशित: २०७५-१०-११ गते
पोखरामा कम्युनिष्ट सरकारविरुद्ध तरुण दलको यस्तो खबरदारी,'बहुमतको मात लाग्यो'

काठमाडाैँ । कम्युनिष्ट सरकार अधिनायकवादतर्फ अघि बढेको भन्दै नेपाली कांग्रेसनिकट नेपाल तरुण दलले विरोध प्रदर्शन गरेको छ। सातवटै प्रदेशको राजधानीमा विरोध प्रदर्शन तथा सभा गर्ने तरुण दलको कार्यक्रमअनुसार शुक्रबार प्रदेश ४ को राजधानी पाेखरामा प्रदर्शन तथा विरोधसभा गरेको हो।

सरकारका पछिल्ला गतिविधि, निर्मला पन्तको बलात्कार पछि हत्या र न्याय दिन नसकेको, कांग्रेस नेताका नामका अस्पताल विघटन गर्न खोजेको, चिकित्सा शिक्षा विधेयक दुर्इ तिहार्इकाे दम्भमा पारित गरकाे भन्दै पोखरामा तरुण दलले बृहत विरोध प्रदर्शन गर्दै सरकारविरूद नाराबाजी गरेकाे हाे।

तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले नेकपा सरकार नागरिकका हकअधिकारप्रति जिम्मेवार नभएको भन्दै तरुण दलले आगामी दिनमा सडक तताउने चेतावनी दिए। उनले सरकार दुईतिहाइको भरमा संविधान विपरीत अघि बढेको बताए। देशलाई अधिनायकवाद तर्फ लैजान अहिले मुलुकमा चारथरिका कम्युनिष्ट सक्रिय भएको बताउँदै बस्नेतले सानो अंशका रुपमा एउटा सडकमा, अर्को जंगलमा, एउटा संसदमा र अर्को सरकारको रुपमा सरकारमा रहेको बताए।

तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई बचाउन सरकार नै सक्रिय भएको आरोप लगाउँदै भने, ‘वाइडबडी र सुनकाण्ड गर्ने पनि सरकारकै मानिसहरु हुन।’ उनले सुशील कोइराला र गिरिजाप्रसाद कोइरालाको नामका अस्पताल खारेज गरिए अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिए। प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारबाट घचेट्ने बेला आएको बताउँदै उनले सरकारलाई जति गालि गरेपनि नहुने उल्लेख गर्दै सिंहदरबाटै निकाल्नुपर्ने बताए।

विरोध र्‍यालीपछि आयोजित विरोध सभालाई सम्बोधन गर्नेहरूले राज्यका हरेक अंगमा कम्युनिस्ट सरकारले कम्युनिस्टकरण गरेको भन्दै आपत्ति जनाए । उनीहरूले देशभरि कम्युनिस्टहरूले शुरु गरेको अराजकता रोकन पनि माग गरेका छन् । वर्तमान सरकारको कार्यशैलीमा सुधार नभए युवा र तरुणहरूले सत्ताबाट गलहत्याउने चेतावनी समेत दिएका छन् ।प्रदर्शनमा सहभागीहरूले ओली सरकारले भ्रष्टाचारी, बलात्कारी, कालोबजारी गर्नेहरूललाई संरक्षण गरेको आरोप लगाए । उनीहरूले मुलुकलाई अधिनायकवादतर्फ लैजान थालेको भन्दै आपत्ति जनाए ।

तरुण दलका नेताहरूले कम्युनिष्टका नेताहरु निर्वाचन अगाडि बोलेका कुनै पनि कुरा पूरा नगरेको बताए । उनीहरूले निर्वाचनका बेला वृद्ध भत्ता पाँच हजार बनाएर घरघरमा ल्याइदिने भनेर केपी ओलीले सोझो जनतालाई झुक्काएको बताए । निर्मला पन्तका बलात्कारी तथा हत्यारालाई सरकारले संरक्षण गरेपछि उत्पन्न भयावह अवस्था, वाइडबडी विमान खरिद प्रकरणमा संसदीय समितिलाई स्वतन्त्रतापूर्वक छानबिन गर्न नदिन सरकारले लगाएको अंकुशपछि उत्पन्न भ्रष्टाचारको कहालीलाग्दो अवस्था लगायत जल्दाबल्दा समस्या तरूण दलले उठाउँदै आएकोछ ।

यसैगरी, संघीयतालाई धराप पार्ने किसिमले ल्याइएका विधेयक तथा सरकारका गतिविधि, गरिब जनताको ढाड सेक्ने गरी वृद्धि गरिएको कर, मधेसी तथा जनजाति समुदायको माग सम्बोधन हुने गरी संविधान संशोधन विधेयक ल्याउन प्रति चासो नदेखाएको, डा।गोविन्द केसीका माग पूरा गर्ने गरी विधेयक ल्याउन गरिएको ढिलासुस्ती, कर्मचारी समायोजनका सन्दर्भमा ल्याइएको विभेदकारी हस्तक्षेप, नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनका नाममा २३ अर्ब रुपैयाँ हिनामिना गर्न लागिएको प्रकरणलगायतका मुद्दालार्इ लाक्षित गरी तरूण दलले विरोध कार्यक्रम आयोजना गरेको हो।

सरकार विरुद्धको आन्दोलन अन्तरगत अब ५ नम्बर प्रदेशको भैरहवामा माघ १२ गते, कर्णाली प्रदेशको सुर्खेतमा माघ १३ गते र सुदूरपश्चिम प्रदेशको धनगढीमा माघ १४ गते आन्दोलन गर्ने निर्णय अनुसार विरोध कार्यक्रमलार्इ अन्तिम रूप दिएको छ।  सभामा नेपाली कांग्रेस जिल्ला सभापति कृष्ण केसी, गण्डकी प्रदेश कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, तरुण दलका उपाध्यक्ष उत्तमकुमार चापागाई, महासचिव भूपेन्द्रजंग शाही, कोषाध्यक्ष विद्वान गुरुङ, तनहुँका तरुण दल अध्यक्ष रमेश पाण्डे, पर्वतका तरुण दल अध्यक्ष राज मल्ल ठकुरी लगायतले सरकार भ्रष्टाचारमा मुछिएको, निर्मला काण्डमा सरकारले न्याय दिन नसकेको, महँगी नियन्त्रण गर्न सरकार असफल भएको टिप्पणी गरेका थिए।

 

 


प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक शुरु
प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक शुरु

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को सचिवालय बैठक शुरु भएको छ । बैठकमा पार्टी एकताका बाँकी काम टुंगो लगाइने अपेक्ष..

विद्यार्थीको पक्षमा कांग्रेसले लियो बोल्ड निर्णय, अब बोर्डिंग स्कुलको दादागिरी नचल्ने, शिक्षामन्त्रीमाथि दबाब
विद्यार्थीको पक्षमा कांग्रेसले लियो बोल्ड निर्णय, अब बोर्डिंग स्कुलको दादागिरी नचल्ने, शिक्षामन्त्रीमाथि दबाब

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले शिक्षाका नाममा भइरहेको लुटतन्त्र अन्त्यका लागि भ्रातृ संगठन नेविसंघलाई परिचालन गरेको छ। पार्टीको निर्देशनअनुसार नेविसंघले निजी श..

नेकपाको सचिवालय बैठक बस्दै
नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्दै छ । पार्टी एकीकरणको बाँकी काम पूरा गर्ने विषयमा छलफल गर्न बैठक बस्न लागेको बताइएको छ ।    प्रधानमन्त्री निवास..

‘प्रचण्ड जुनसुकै बेला प्रधानमन्त्री बन्न सक्छ, बधाई दिने पहिलो व्यक्ति मै हुन्छु’
‘प्रचण्ड जुनसुकै बेला प्रधानमन्त्री बन्न सक्छ, बधाई दिने पहिलो व्यक्ति मै हुन्छु’

काठमाण्डौ । नेपालमा जनवादी कम्युनिष्ट शाषन ल्याउने नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले दावी गरेका छन् । वैद्यले आफूहरुको क्रान्ति जारी रहेको जिकिर गर्दै कम्यु..