नेविसंघको निशानामा प्रधानमन्त्री ओली, विमानस्थलमै लियाे यस्ताे एक्सन !


नेपालपाना प्रकाशित: २०७५-१०-१२ गते
नेविसंघको निशानामा प्रधानमन्त्री ओली, विमानस्थलमै लियाे यस्ताे एक्सन !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कालोमा कालो झण्डा देखाइएको छ। कम्युनिष्ट सरकारले दुई तिहाइको दम्भमा संविधान विपरीतका विभिन्न निर्णय गरेकोले नेविसंघका नेता तथा कार्यकर्ता हरुले कालो झण्डा देखाउने क्रममा पक्राउ परेका हुन् ।

कालो झण्डा देखाउने क्रममा केन्द्रीय सदस्य सुशील भट्ट, विद्यार्थी नेता निरञ्जन थापा , सुवास घिमिरे र सुदीप अधिकारी पक्राउ परेका हुन् ।प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डमा भएको विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा सहभागी भइ शनिबार बिहान स्वेदश फर्कने क्रममा कालो झण्डा देखाउने देखाइएको थियो।

डाभोस शहरमा आयोजित उक्त बैठकमा भाग लिन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल गत आइतबार राति त्यसतर्फ प्रस्थान गरेको थियो । यसअघि शनिबार साँझ नेविसंघले चिकित्सा शिक्षा विधेयक संसद्बाट पारित भएको भन्दै विरोध प्रदर्शन गरेका थिए ।







काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन
काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन

काठमाडौं । गुठी विधेयकले धर्म, संस्कृति र सम्पदा धराशयी बनाउँछ र गुठीका जग्गा हडप्न खोज्ने ‘भू–माफिया’ हरूको स्वार्थसिद्ध गर्छ भन्दै वसन्तपुरमा विशाल जुलुस न..

‘गुठी विधेयक खारेज नगरे कडा आन्दोलन गर्ने’
‘गुठी विधेयक खारेज नगरे कडा आन्दोलन गर्ने’

काठमाडौं । ज्यापु महागुठीले आज काठमाडौमा प्रदर्शन गरेको छ । सरकारले अघि बढाएको गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शन गरेको हाे । काठमाडौंको बसन्तपुरबाट ज्यापु म..

दलहरुमा बर्षौंदेखि एकै व्यक्तिको हैकम 
दलहरुमा बर्षौंदेखि एकै व्यक्तिको हैकम 

काठमाडौं । कम्युनिस्ट नेता मोहनविक्रम सिंह ८५ वर्षका भए । उनी यसै साता नेकपा मसालको महासचिवमा चयन भएका छन् । काठमाडौँ थानकोटस्थित ग्रिन पार्टी प्यालेसमा भूमिगत शैलीमा सम्पन..

संसदीय समितिले गुठी विधेयकका सम्बन्धमा विज्ञसँग सामूहिक छलफल गर्ने
संसदीय समितिले गुठी विधेयकका सम्बन्धमा विज्ञसँग सामूहिक छलफल गर्ने

काठमाडौं । संसदीय समितिले गुठी विधेयकका सम्बन्धमा विज्ञसँग सामूहिक छलफल गर्ने भएको छ ।  संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबार बसेको बैठकले गुठ..